Quantcast
Channel: Dialogue Earth
Viewing all 314 articles
Browse latest View live

चीनको विकास सहायतामा ‘विकास’ कहाँ छ ?

$
0
0

अन्तराष्ट्रिय विकास साझेदारीको क्षेत्रमा चीन एउटा प्रमुख पात्र (अथवा मूल पात्र नै) हो भन्ने विषयमा शोधकर्ताहरू माझ सहमति स्थापित हुँदै गइरहेको छ । यो घटनाक्रमले छापाहरूमा अन्तराष्ट्रिय विकास बजेट परिचालनमा ‘चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा’ भन्ने जस्ता समाचार शीर्षकहरूलाई प्रोत्साहन गरेको छ । यस्ता समाचार शीर्षकहरूले ट्रम्प प्रशासनलाई मन नपरेको विश्व भर विकास प्रवर्द्धन गर्ने अमेरिकी नीति र चीनको अन्तराष्ट्रिय विकास नीतिबीच भिन्नता मात्रै उजागर गर्दैनन्, विश्व अर्थ व्यवस्थामा प्रभावशाली नेताको रुपमा चीनको उदयको सङ्केत पनि गर्दैछन् ।

तर यो मामिलामा पारम्परिक सोच धेरै जसो अवस्थामा भ्रामक सिद्ध भएको छ । विकासशील विश्वका सदस्य राष्ट्रहरू र अरू देशहरूतिर बढ्दो रुपमा बाहिरिने गरेको चिनियाँ पैसा कसरी विकासको काममा प्रयोग हुँदैछ र यस्तो विकासको प्रतिफल कस्तो छ भन्ने प्रश्नहरू सोध्नु भन्दा पनि साझेदार देशहरूमा लगानी भित्रिए पछि स्वतः विकास अघि बढ्ने धारणा धेरैको छ ।

चीन अन्तराष्ट्रिय विकास सहायता प्रदान गर्ने मामिलामा अब विश्वकै अब्बल देश बनेको छ भन्ने दाबीलाई  अध्ययनहरूले थप बल पुर्याएका छन् । ती मध्ये पहिलो हो एड डाटा जसले गत कात्तिकमा प्रकाशित गरेको नयाँ प्रतिवेदन ‘वैदेशिक सहयोग, चीन र आर्थिक वृद्धि: विश्व विकासमा वित्तीय श्रोत को नयाँ तथ्याङ्कले उजागर गरेका तथ्यहरू’ (एड चाइना एण्ड ग्रोथ: एभिडेन्स फ्रम ए न्यू ग्लोबल डेभेलपमेन्ट फाइनान्स डाटा सेट) ले १४० देशमा चीनको औपचारिक वित्तीय लगानी सन् २००० देखि २०१४ सम्म ३ खर्ब ५० अर्ब डलर रहेको देखाएको छ । दोस्रो ‘अध्ययन’ हो अमेरिकाको बोस्टन विश्वविद्यालयमा रहेको विश्व आर्थिक प्रशासन पहल (ग्लोबल इकोनोमिक इनिसिएटिभ) मा विभिन्न समयमा गरिएका शोधहरूको सार ।

यी अध्ययनहरूका अनुसार, चीन आफ्ना राज्य नियन्त्रित र नीति निर्देशित बैँकहरू को समूह र एसियाली पूर्वाधार विकास बैँक जस्ता बहुपक्षीय वित्तीय संस्था मार्फत विकास साझेदारीको क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेको छ ।दुवै अध्ययनहरू के देखाउन आतुर छन् भने तुलनात्मक रुपमा छोटो समयमै चिनियाँ नीति निर्देशित बैँकहरूले अमेरिका वा विश्व बैँक जस्ता बहुपक्षीय विकास साझेदारहरूको हाराहारीमा वा उनीहरू भन्दा बढि लगानी गरिसकेका छन् ।तर वास्तविकता भने समाचार शीर्षकहरू भन्दा भिन्न छ । दुवै अध्ययनले के देखाएका छन् भने चीनले गर्ने विकासमा लगानी ओइसीडी (धनी) राष्ट्रहरूले प्रदान गर्दै आएको सहायता फरक छ ।

चीनले आफ्ना दुई नीति निर्देशित बैँकहरू मार्फत गर्ने भनेको व्यापारिक सर्तसहितको ऋणको प्रवाह हो । व्यवहारिक रुपमा, चीनको ‘विकास सहायता’ भनेर बुझिने राशिको २५ प्रतिशत भन्दा कम मात्र उपदान, व्यापार सहुलियत र कम ब्याज लाग्ने ऋणका रुपमा उसले प्रदान गर्दै आएको छ । चीनले प्रदान गर्ने बाँकीको अधिकांश सहायता व्यापारिक सर्तसहितको ऋण हो ।

यसो भनि रहँदा के पनि जान्न जरुरी छ भने, चीनले अफ्रिका र एसियामा प्रवाह गर्ने बजार भन्दा सस्तो ऋण आफ्नो एक्सपोर्ट-इम्पोर्ट बैँक (आयात-निर्यात बैँक) मार्फत वितरण गर्ने गर्छ भने चिनियाँ विकास बैँक (सीबीडी) चाहिँ व्यापारिक दरमै ब्याज लिएर विदेशमा लगानी गर्ने गर्दछ । यो बैँकले दक्षिण अमेरिका देखि मध्य एसिया र रुससम्म लगानी गरेको छ ।

दुवै अध्ययनले के पनि देखाउँछन् भने, चिनियाँ सहयोग (सहुलियत दरमा दिने ऋण होस् वा बजारले निर्धारण गरेको ब्याज लगाएर) दुइ क्षेत्रमा केन्द्रित छ : उर्जा र पूर्वाधार । यसको अर्थ के हो भने चीनले प्रदान गर्ने विकास सहायताको धेरै अंश व्यापारिक कर्जाले ओगट्ने गरेको छ र उसले सहुलियत दरमा प्रदान गर्ने ऋण पनि व्यापार प्रबर्द्धन गर्ने प्रयोजनका लागि मात्रै परिचालन गर्ने गरेको छ। त्यस्तै उसले मध्यम र उच्च आय भएका देशहरूको उर्जा र यातायात क्षेत्रहरूमा ठूलो लगानी गरेको छ (उदाहरणका लागि सीबीडी मार्फत सबै भन्दा बढी ऋण भेनेसुएला र रुसमा प्रवाह भएको छ) ।

त्यसो भए यो किन समस्या हो त ?

कुनै पनि निष्कर्षमा पुग्नु अघि दुवै अध्ययनहरूले सराहनिय रूपमा चीनका नीति निर्देशित बैँकहरूको अपारदर्शी विकास सहयोग संरचनामाथि प्रकाश पार्ने कोसिस गरेका छन् । दुवै अध्ययनहरूले व्यापारिक ऋण प्रवाहमा सीबीडीको वर्चस्व रहेको देखाए पनि अध्ययनकर्ताहरूले यस्तो कर्जाले ऋण लिने राष्ट्रहरूको विकासमा कति योगदान गरेको छ भन्ने विषयमा सोधखोज नगरेको देखिएको छ ।दुवै अध्ययनका शोधकर्ताहरूले चीनको सहयोग प्राप्त गर्ने देशहरूमा कस्तो असर परेको छ भनेर हेर्न धेरै समय खर्चिए पनि उनीहरूले चीनले संसारभरका देशहरूमा विकासका वित्तीय स्रोतहरू परिचालन गर्न खेलेको योगदानलाई प्रमाण नचाहिने सत्यको रूपमा लिएका छन् ।

चीनले प्रदान गर्दै आएको ऋण विकासकै लागि नै हो भन्ने धारणा विकसित हुनुको मुख्य कारण हो : चिनिया विकास बैँकले खेलेको भूमिका ।एक अध्ययनले के सम्म दाबी गरेको छ भने, “सायद सीबीडी संसारकै सबैभन्दा ठूलो विकास साझेदार हो ।” तर अध्ययनले सीबीडीलाई को सँग तुलना गरेको हो? चीनकै राज्य नियन्त्रित बैँक र संस्थानहरूसँग ? भन्ने कुरा स्पष्ट छैन ।

चिनिया नीति निर्देशित बैँक र अन्तराष्ट्रिय विकासको सम्बन्ध विना कुनै ठोस प्रमाण स्थापित गरिएको छ । यसो किन भएको छ भने चिनियाँ नेताहरूले आफ्नो देशलाई विश्व आर्थिक विकासको ‘इन्जिन’ को रूपमा प्रस्तुत गर्ने गरेका छन् ।चीन र धनी राष्ट्रहरूको वैदेशिक सहायता नीतिमा भिन्नता छ । धनी राष्ट्रहरूले वैदेशिक सहायतालाई विकाससँग जोडेर हेर्छन् भने चीनले त्यस्तो गर्दैन ।

चीनका नीति निर्देशित बैँकहरूले चाहे सहुलियतपूर्ण ऋण प्रवाह गरून् वा बजार अनुसार ब्याज लिएर कर्जा दिऊन्; चाहे उसका संस्थानहरू वा निजी कम्पनीहरूले अन्तराष्ट्रिय व्यापार र लगानीमा सहभागी जनाऊन्, चिनिया नेतृत्व आफ्ना जनता र बाँकी विश्वले यी सबै गतिविधि चीनको विश्व विकासका लागि योगदानको रूपमा हेरून् भन्ने चाहन्छ ।

अन्ततः: चीनका नीति निर्देशित बैँकहरूको ऋण प्रवाह प्रवृत्तिलाई उसको समग्र आर्थिक-राजनीतिक नीतिसँग जोडेर हेर्न जरुरी छ । चीनका राज्य नियन्त्रित बैँकहरू व्यापारिक ऋणदाताका रूपमा उभिएका छन् र यो नीति र चीनको राज्य सञ्चालित पूँजीवाद धेरै विमेल देखिँदैन ।तर यसले के मुद्दालाई उजागर गरेको छ भने चीनको विश्व भरको लगानीका ’boutमा सतही धारणा र प्रोपोगान्डा बाट अघि बढ्दै चिनियाँ सरकारले चीन बाहिर गरेको लगानी (चाहे सहुलियतपूर्ण ऋण होस् वा बजारमा आधारित दरमा दिइएको कर्जा) ले साँच्चै चीन बाहिर विकासमा योगदान गरिरहेको छ कि छैन भनेर प्रश्न गर्न जरुरी छ ।यसो गर्नु अघि सायद विश्लेषकहरूले एउटा प्रयोगात्मक सोच अंगाल्न जरुरी छ । केही क्षणका लागि ‘विकास’ शब्द लाई चीनका गतिविधि र चिनिया विकास बैँकबाटै अलग गरेर हेरौँ ।

उदाहरणका लागि हामी यस्तो प्रश्न सोधौँ: चिनिया नीति निर्देशित बैँकहरूबाट ऋण प्राप्त गर्ने देशहरूले कर्जा कत्तिको तिर्न सक्छन् ? हामीले यस्तो प्रश्न चीनले लगानी गर्ने गरेको उर्जा र पूर्वाधार आयोजनाहरूमा विकासका ’bout पूर्वधारणा नबनाइ पनि गर्न सक्छौँ ।एड डाटा र गेगीका शोधकर्ताहरूले केही समय यी प्रश्नहरूमाथि मनन गरेको भने देखिन्छ । उदाहरणका लागि उनीहरूले चिनिया नीति निर्देशित बैँकहरूबाट वित्तीय सहयोग प्राप्त गरेका देशहरूको आर्थिक वृद्धि र आयोजनाहरूले पार्ने पर्यावरणीय तथा सामाजिक असरहरूलाई केही हदसम्म हेरेका छन् ।यसरी हेर्दा उनीहरूले के पाएका छन् भने चीनले बजारको दरमा उपलब्ध गराउने ऋणले प्रापक देशको आर्थिक वृद्धि दर बढाउन मद्दत गरेको छैन । त्यसै गरी चिनिया विकास बैँकले उर्जाका क्षेत्रमा गरेका लगानीले ती देशहरूमा पर्यावरणीय र सामाजिक समस्याहरूलाई अझै विकराल बनाउने गरेको छ ।त्यसैले हामीले यो प्रश्न सोध्न अझै जरुरी भएको छ: चीनले प्रदान गर्ने विकास सहायताले सहयोग लिने देशहरूको विकासमा योगदान गरेको छ कि छैन ? गरेको छ भने कसरी गरेको छ ?

अझै बृहत्तर दृष्टिकोणबाट हेर्ने हो भने चीनले प्राकृतिक स्रोतका धनी दक्षिण अमेरिका र अफ्रिकी देशहरूका लागि अंगालेको ‘वस्तुको सट्टा ऋण’ नीतिले उब्जाएको चासोले पनि के देखाएको छ भने चिनिया सहयोगले विकासमा कत्तिको मद्दत पुर्याउँछ भन्ने प्रश्न सोध्न जरुरी भइसकेको छ ।साँच्चै भन्ने हो भने, चीनले प्रदान गर्ने सहायताको अधिकांश हिस्सा व्यापारिक कर्जा हो र यसले सहयोग लिने देशको आर्थिक वृद्धिमा योगदान पुर्याउँदैन भन्ने विषय पत्रिकाहरूको समाचार शीर्षक बन्नु पर्ने हो । तर त्यसो भएको छैन। चीनले आफ्ना राज्य नियन्त्रित संस्थानहरूका मार्फत प्रदान गर्ने विकास सहायता पाउने देशहरूका चासोको कुरा त छ नै, यस्तो सहयोगले चीन आफैलाई पुर्याउने नाफा घाटा प्रति पनि ध्यान पुर्याउन जरुरी भइसकेको छ ।

उदाहरणका लागि सोधिनुपर्ने प्रश्नहरू हुन्: चीनका राज्य नियन्त्रित निकायले विदेशमा प्रवाह गर्ने ऋणले कस्तो नयाँ आर्थिक जोखिमको सृजना गर्दैछन् र आन्तरिक ऋणको दिगोपनामा कस्तो असर पार्नेछन् ? चिनिया अधिकारीहरू तथा बैँक र संस्थानहरूका नेताहरूले भन्ने गरेका छन् कि चीनको उर्जा सुरक्षा प्रवर्द्धन गर्नका लागि पनि राज्यले उर्जासम्बन्धी अन्तराष्ट्रिय सम्झौताहरूलाई सहयोग गर्नु पर्छ । उनीहरू के पनि भन्छन् भने चीनले हालैका वर्षमा भौतिक पूर्वाधार निर्माणमा हासिल गरेको सफलता चीनको क्षमताको दरिलो प्रमाण हो र त्यसै कारण चीनले आफ्नो देश बाहिर पनि पूर्वाधार बनाउनुपर्छ र त्यसमा लगानी पनि गर्नुपर्छ ।तर यस्तो तर्क कत्तिको जायज छ भनेर लेखा जोखा हुन जरुरी छ । यो पनि हेर्न जरुरी छ कि यी तर्कहरू सरकारले प्रदान गर्ने सहुलियत दरको वित्तीय श्रोत प्राप्त गर्नका लागि त प्रयोग भइरहेका छैनन् ?

चीन यस्तो देश हो जहाँ सरकारका नीति निर्देशित बैँकहरूले विदेशमा अर्बौ डलर कर्जा प्रवाह गरिरहेका छन् तर उनीहरूको सूक्ष्म अनुगमन र आलोचना भन्दा माथि छन् । यसो भइरहँदा चिनिया नागरिकहरूसँग भने आफ्ना नेताहरूले विकासको राम्रो काम गरिरहेका छन् भन्ने विश्वास गर्नु बाहेक अरू विकल्प देखिन्न ।

तत्कालका लागि भने सीबीडी र एक्सपोर्ट-इम्पोर्ट बैकले चीनको वैदेशिक लगानीको नेतृत्व गरिराख्ने देखिन्छ । तर चीनले आफ्नो विकास सहयोग प्रदान गर्ने निकायहरूको मात्रै नभएर दृष्टिकोणमा पनि विविधीकरण सुरु गरिसकेको छ र उ सीमा पारीका देशहरूमा वृहत्तर विकास प्रवर्द्धन गर्ने दिशा तर्फ उन्मुख रहेको देखिन्छ ।

चीनका आफ्ना एक पक्षीय नीति निर्देशित बैँकहरूको तुलनामा चीन सदस्य रहेका एसियाली विकास र ब्रिक्स जस्ता बहुपक्षीय बैँक तथा चीनले सहभागिता जनाउँदै आएका विश्व बैँक, राष्ट्र संघ जस्ता संस्थाहरूले चीन र उसका साझेदार मुलुकले गर्ने गरेको ‘विकास’को अर्थ र अवधारणासँग सम्बन्धित जटिल तर महत्वपूर्ण प्रश्नहरू तर्फ बढि ध्यान देलान् भन्ने आशा गर्न सकिन्छ ।

चीनले सन्चालन गरेको अपारदर्शी अन्तराष्ट्रिय सहयोगमा भएका अध्ययनहरूले के दखाएका छन् भने जुनसुकै संस्था मार्फत लगानी हुने भए पनि सूक्ष्म विश्लेषण र राम्रो नीति निर्माण प्राथमिक अवधारणाहरू स्पष्ट नगरि गर्न सकिँदैन ।चीनको विकास सहायता प्रणालीले खेलेको भुमिकाका र यसले विकासका नतिजाहरूमा पारेका प्रभावका ’bout गरिने कुनै पनि विश्लेषण गर्नु अघि एउटा गहन तर महत्वपूर्ण प्रश्नको उत्तर खोज्नु जरुरी छ: विकास के हो र के भयो भने त्यसलाई विकास भनिन्छ ?


विचार: ब्रह्मपुत्रको बहाव मोड्ने योजना यथार्थ भन्दा निकै पर छ

$
0
0

एउटा ठूलो नदीको बहावलाई मोडेर तिब्बतबाट सिन्जियाङ पुर्याउने योजना विज्ञानमा भन्दा भ्रममा आधारित छ, फान सिआओ भन्छन्।गत वर्षको कुरा हो, एसियाकै ठूलो मध्येको ब्रह्मपुत्र नदीको बहाव परिवर्तन गरेर तिब्बतबाट सिन्जियाङ राज्य तर्फ मोड्ने प्रस्ताव इन्टरनेटमा सार्वजनिक भएको थियो र त्यसले निकै चर्चा पाएको थियो ।

चीनका अधिकारीहरूको मानसपटलमा बेलाबखतमा यस्तै खालका बहुलठी विचारहरू आइरहन्छन् । कहिले उनीहरू हिमालयमा प्वाल पारेर हिन्द महासागरबाट न्यानो हावा चीन तर्फ ल्याउने कुरा गर्छन् त कहिले उत्तर पूर्वी चीनमा रहेको पीत सागरको (Yellow Sea) खाडीमा रहेको बोहाई सागरबाट पानी देशको उत्तर पश्चिमा रहेको सिन्जियाङ राज्यसम्म पुर्याउँछौँ भन्छन् ।

उनीहरूका विशाल परियोजनाहरूको प्रमुख समस्या के हो भने उनीहरू यस्ता ठूला निर्माणका कारण आइ पर्ने सामाजिक र पर्यावरणीय परिणामका ’boutमा सोच्नै चाहँदैनन् । पानीको सतह बढाउँदा के के डुब्ला ? मानिसहरूलाई एक ठाउँबाट अर्कोमा सार्नुको परिणाम के होला ? स्थानीय संस्कृतिमा कस्तो असर पर्ला ?

सायद ठूला आयोजनाका कुरा गर्नेहरू मानवरहित नक्साहरूलाई हेरेर काम गर्छन् । उनीहरू छिनमै एक ठाउँमा रहेको पहाडी शृङ्खलालाई मेटिदिन्छन् अनि अर्को ठाउँमा गएर नदी कोरिदिन्छन् । यो सबै जानेपछि लाग्छ उनीहरूका कुनै पनि प्रस्ताव विचारणीय नै छैनन् । तर पर्यावरणका मुद्दाहरूका ’bout सचेतना र विज्ञानका ’bout सामान्य जानकारी पनि नभएका समुदायहरूमा यस्ता परियोजनाहरूले मानिसको ध्यान आकर्षित मात्रै गर्दैनन्, वाह वाही पनि कमाउँछन् । त्यसैले यस्ता आयोजनाहरू बनाउने सोचको प्रतिवाद गर्नु जरुरी हुन गएको छ ।

पानीको बहाव मोड्ने सोच

तिब्बतको पानी सिन्जियाङसम्म पुर्याउने योजना को सूत्रपात चीनको दक्षिणका नदी उत्तर फर्काउने योजना अन्तरगतको पश्चिमी रुटको काम हुँदै गर्दा भएको थियो । योजनाका तीन प्रस्तावित रुट थिए : पूर्वी, मध्य र पश्चिमी । पूर्वी र मध्य रुटका काम समापन भइसकेका छन् भने पश्चिमी रुटको सम्भाव्यता अध्ययन अझै जारी छ । चीनको अहिलेको ध्येय भन्नु नै याङ्जी नदीको पानीको बहाव परिवर्तन गरेर पीत नदी (येल्लो रिभर)मा पानी मिसाउनु हो ।

तर यो काम सजिलो भने छैन । याङ्जी नदीको पिँद पीत नदीको भन्दा ८०-५०० मिटर होचो भएकाले याङ्जीबाट पीत नदीमा पानी पठाउन याङ्जीको सतह बढाउनु जरुरी छ । त्यसका लागि लागि तोङतिया, जिन्सा, यालोङ र दादू नदी र तिनका सहायक नदीहरूमा तटबन्ध निर्माण गर्नु पर्ने छ । यी तटबन्धहरू मध्येका अधिकांश संरचनाहरूको उचाई १५० मिटर भन्दा माथिको हुनु पर्ने छ । सबै भन्दा उच्च बाँध त २९२ मिटरसम्म अग्लो हुनेछ । त्यसै गरी विभिन्न जलाधारहरूलाई छेडेर सुरुङहरूको सञ्जालको निर्माण गर्नु पर्नेछ । सबै भन्दा लामो सुरुङको लम्बाइ १६४ कि मि हुनेछ ।

यो योजनाको सम्भाव्यतालाई लिएर विज्ञहरूका साथै चिनियाँ जनतामा पनि सन्देह छ । योजना कार्यान्वयन गर्नका लागि ३,०००-४,००० मिटरको चिसोमा निर्माण कार्य गर्नु पर्नेछ । भौगर्भिक रुपमा पनि जोखिममा रहेको यो क्षेत्रमा यातायातको पनि सुविधा छैन । प्राकृतिक विपतको जोखिम झेलिरहेको यो क्षेत्रमा जातीय र धार्मिक अल्पसंख्यकहरू बस्दछन् । यो परियोजनाको निर्माण लागत मात्रै नभएर यसको मर्मत सँभार गर्न लाग्ने खर्च पनि निकै ठूलो हुनेछ । यति हुँदा पनि आयोजना अघि बढाइन्छ भने चीनले ठूलो पर्यावरणीय र सामाजिक मूल्य पनि चुकाउनु पर्नेछ ।

त्यस्तै प्राकृतिक रुपमा बहने पानीको मात्रा आयोजनालाई चाहिने भन्दा कम हुनेछ । यदि कसै गरी पानीको बहाव मोड्न सकिए पनि चीनको सुख्खाग्रस्त उत्तर-पश्चिममा माग भए बमोजिम पानी उपलब्ध गराउन सकिने छैन । याङ्जीको तल्लो तटको पारिस्थितिक प्रणालीमा पनि पानीको बहावमा हुने परिवर्तनले नकारात्मक असर पार्नेछ । केही क्षणका लागि यी सबै पर्यावरणीय र सामाजिक मूल्यलाई नजरअन्दाज गर्ने हो भने पनि भौतिक संरचना निर्माण र त्यसको मर्मत संभार गर्न लाग्ने खर्चले नै योजनालाई असम्भाव्य तुल्याउने छ ।

तर यो भन्दा पनि ठूलो अर्को एउटा योजनाले अहिले धेरैको ध्यान आकर्षित गरेको छ । यो योजनाको चर्चा सन् १९५० देखि नै हुन थालेको जब चिनियाँ अधिकारीहरूले ब्रह्मपुत्र, नू, लाकाङ(मेकंग) र माथिल्लो याङ्जी नदीहरूबाट पानी ओसारेर देशको उत्तर-पश्चिममा पुर्याउने अवधारणामाथि विचार गरेका थिए । सन् ५० को दशकमा ठूला आयोजनाहरूको सामाजिक र वातावरणीय प्रभावका ’boutमा होस् वा पानीको प्रयोगले दिगो विकासमा पार्ने प्रभावका ’boutमा कसैलाई केही चासो थिएन । तर यो शताब्दीको सुरूवातमा जलश्रोत मन्त्रालय अन्तरगतको पीत नदी संरक्षण आयोगले तयार पारेको कार्य योजनामा भने याङ्जीलाई मात्र सम्भावित स्रोतको रूपमा हेरिएको थियो । आयोगको बुझाइमा याङ्जी बाहेकका अरू नदीहरूबाट पानी सङ्कलन गर्ने सकिने संभावना न्यून थियो ।

सुओतिआन कनाल

आयोगले तयार पारेको कार्य योजना विज्ञहरूको एक समूहलाई देखाइएको थियो र सरकारले धेरै नगरे पनि पानीका क्षेत्रमा काम गरेकाहरू माझ छलफल चलाएको थियो । सन् २००६ तिर चर्चित भएको ‘सुओतिआन कनाल’ को प्रस्ताव झन् बढी महत्त्वाकाङ्क्षी थियो ।गुओ काईले नेतृत्व गरेको टोलीले तयार पारेका प्रस्तावमा तिब्बतको पानी चीनका अरू भागहरूमा पुर्याउने कुरा उल्लेख गरिएको थियो । लाकाङ, नू र ब्रह्मपुत्रको पानी तटबन्ध र सुरुङहरूको सञ्जाल बनाई पीत नदीमा झार्ने परिकल्पना गरिएको थियो प्रस्तावमा ।

चीनको बहुचर्चित थ्री गोर्जेज तटबन्धमा काम गरिसकेका पूर्व जलश्रोत मन्त्री वाङ सुचेङ र पानी विज्ञहरू पान जियाझेङ र चियान झेङ्यिङ ले आयोजनाको खुला रुपमा विरोध गरेका छन् । पान भन्छन् : “पहिले पहिले हामीले प्रकृतिलाई आफ्नो वशमा राख्ने र उनको पुनर्संरचना गर्ने अडान राख्यौँ तर यसो गर्नाले हामीले धेरै नोक्सानी भोगेका छौँ र थुप्रै ऋण बोक्न पुगेका छौँ । हामीले अब के बुझ्नुपर्छ भने हामीले सधैं प्रकृतिबाट लिने काम मात्रै गरिरहन सक्दैनौँ । हामीले अब प्रकृतिसँग बाँच्न सिक्नै पर्छ । तिब्बतबाट सिन्जियाङसम्म पानी पुर्याउने र हिमालयमा प्वाल पारेर हिन्द महासागरबाट न्यानो हावा भित्र्याउने योजनाहरू खालि उपन्यासहरूमा सीमित रहेमा राम्रो हुनेछ । यी योजनाहरू अतिरञ्जित कल्पनाका उपजहरू मात्र हुन् ।“

सन् २०१७ को पुन: उत्थान

सुओतिआन कनालको हालै अद्यावधिक गरिएको योजना झन् चकित गर्ने खालको छ । योजनाका अनुसार एउटा ७५० किमी लामो सुरुङ बनाइने छ जसले चिङ्घाई क्षेत्रलाई तिब्बतको पठारसँग जोड्नेछ र विभिन्न सहायक सुरुङहरूको सहयोगमा यार्लुङ साङ्पो, नू र तोङतियान नदीहरूबाट पानी सङ्कलन गरिनेछ ।आयोजनाको रिपोर्टले पानी चिङ्घाईको गोल्मुडसम्म प्राकृतिक रुपमै बहने दाबि गरेको छ । तर प्रस्तावित सुरुङको सुरुवात २,००० मि भन्दा कमको उचाइबाट हुनेछ । गोल्मुड भने २,७०० मि को उचाइमा छ । त्यसैले दाबि गरिए अनुसार कसरी पानी होचोबाट अग्लोतिर बहनेछ भन्ने कुरा स्पष्ट छैन ।

दक्षिण-पश्चिम तिब्बतमा रहेका उपत्यकाहरूमा भूकम्प र पहिरोको उच्च जोखिम छ । प्रस्तावित सुरुङ द ग्रेट रभर बेन्ड भएर जानेछ । यो क्षेत्रमा ठूला भुकम्पका धक्काहरू महसुस गर्ने गरिएको छ । त्यसै गरी बेलाबखतमा पहिरोका कारण नदीको बहाव रोकिने गरेको छ र आसपासका क्षेत्रमा बाढी पनि आउने गरेको छ । यस क्षेत्रमा निर्माण गरिने ठूला आयोजनाहरूका कारण चुकाउनु पर्ने पर्यावरणीय र आर्थिक मूल्यको त कल्पनासम्म पनि गर्न गाह्रो छ ।

नदीहरूलाई आफ्नो पारिस्थितिक प्रणाली सञ्चालन गर्नका लागि एउटा निश्चित परिमाणमा पानी चाहिन्छ । त्यसै गरी निश्चित परिमाणमा पानी स्थानीय समुदायको दिगो विकासका लागि पनि चाहिन्छ । साधारणतया नदीको प्राकृतिक बहावको ३०-४० प्रतिशत भन्दा बढी पानीको बहाव परिवर्तन गरिँदैन । तर सुओतिआन कनाल बन्यो भने ८३.३ देखि ९१.५% पानी सुरुङ मार्फत अन्यत्र जानेछ । हालै अद्यावधिक गरिएको योजनामा त ‘अधिकांश’ देखि ‘सबै’ पानी स्रोतबाटै लैजाने लेखिएको छ ।

योजनामा समेटिएका सबै नदी अन्तराष्ट्रिय सीमा भएर बग्दछन् । सन् १९७२ मा वातावरणीय अधिकारसम्बन्धी राष्ट्रसंघिय सम्मेलनको घोषणाले भनेको छ: संयुक्त राष्ट्र को बडापत्र र अन्तर्राष्ट्रिय कानुन का सिद्धान्तका अनुसार राज्यहरूलाई आफ्नो स्रोतको उपयोग आफ्नै पर्यावरण नीति अनुरूप प्रयोग गर्ने अधिकार छ । तर आफ्नो क्षेत्राधिकार भित्र गरिने गतिविधिले अरू राज्यको अथवा आफ्नो क्षेत्राधिकार नभएको क्षेत्रको वातावरणमा दुष्प्रभाव पर्न नदिनु राज्यको दायित्व हुन जान्छ ।

सन् ११९२ मा गरिएको वातावरण र विकाससम्बन्धी घोषणाले समेत यो सिद्धान्तमा जोड दिएको छ । विकास मात्रै नभएर संयुक्त विकासको अवधारणा यो घोषणामा अघि सारिएको छ । तर चीनको यो योजनाका निर्माताहरूले यी सबै अन्तराष्ट्रिय मान्यताहरूको अपमान गरेका छन् । दुवै योजनाले अन्तराष्ट्रिय मान्यता नमान्न उत्तरी चीनमा सुक्खा लागेको तर्क प्रस्तुत गर्ने गरेका छन् । तर यो तर्क त्रुटिपूर्ण छ ।उत्तरी चीनका केही भाग आंशिक रूपमा भए पनि आर्द्रता छ, र सुक्खा क्षेत्रमा समेत हेक्सी करिडोर र सिन्जियाङ जस्ता मलिला क्षेत्रहरू छन् जहाँ हिमनदीको पानी बहने गरेका छन् । धेरै जसो सन्दर्भमा पानीको अभाव हुनुको मुख्य कारण वातावरणमा पुगेको क्षति र अनुचित मानव गतिविधि हुन् ।

हामीले के पनि भुल्नुहुँदैन भने उपलब्ध स्रोतकै आधारमा पारिस्थितिक प्रणालीहरू विकसित हुन्छन् ; आपूर्ति अनुसारको माग सिर्जना हुने न हो । पानीको माग पूर्ति गर्न आपूर्ति बढाउनु ठूलो गल्ती हो । हामीले एउटा ठाउँबाट चोरेर अर्को ठाउँमा भएको कमिको पूर्ति गर्नु हुँदैन । हामीले प्राकृतिक स्रोतको पनि पुन: बाँडफाँड गर्नुहुँदैन । हामी आफ्नो उद्देश्य प्राप्त गर्न असफल त हुने नै छौँ, ठूलो मूल्य पनि चुकाउने छौँ ।

चीनका मरुभूमिहरूलाई कृषियोग्य जमिनमा बदलिने दाबि यी आयोजनाहरूको छ । तर विज्ञान र प्रकृति’boutको यो लेखको बुझाइले के भन्छ भने यस्ता योजनका प्रबर्धकरूले तथ्यको सट्टा कल्पना र विज्ञानको सट्टा भ्रमको प्रयोग गरिरहेका छन् । हामीले आफूलाई सोध्नु पर्छ: किन यति धेरै मानिसहरू अझै यी योजनाहरू सम्भव छन् भन्ने ठानिरहेका छन् ?

फान सिआफ सिचुवान भौगर्भिक उत्खनन ब्यूरोका वरिष्ठ इञ्जिनियर हुन् । यो लेख www.chinadiaologue.net बाट साभार गरिएको हो ।

 

 

बङ्गलादेशको नाङ्गो डाँडामा रोहिङग्याको कष्टकर जीवन

$
0
0

पचास वर्षीय रोहिङग्या शरणार्थी तथा ८ छोरा छोरीका पिता मोहम्मद सादिक खानलाई प्लास्टिक र पातलो बाँसले बनेको आफ्नो दश फिट बाइ आठ फिटको कोठा स्वर्ग झैँ लाग्छ । यो कोठामा उनीसहित उनको परिवारका ११ जना बस्ने गर्छन्। ‘हामीलाई यहाँ कोही पनि गोली हान्न आउँदैन’, सादिकले द थर्डपोल डट नेटलाई बताए । ‘अल्लाहलाई धन्यवाद छ हामीले शान्तसंग सुत्ने सानो ठाउँ पाएका छौँ ।’ म्यानमारमा यस्तो सम्भव थिएन । त्यहाँको सुरक्षा फौजका सदस्यहरू रोहिङग्या मुसलमानहरूको घरमा छापा मार्ने गर्थे र जवान पुरुष तथा सुन्दर महिलाहरूलाई गाडीमा हालेर लान्थे ।

उनका अनुसार सेप्टेम्बर २०१७ तिर म्यानमारको सेनाले उनको भाइलाई मार्यो अनि उनको माउङ्दामा रहेको घर ध्वस्त पार्यो । उनी र अरू रोहिङग्या भाग्दै गर्दा सेनाले गोली समेत चलायो । ‘हामी रोहिङग्याहरूले यहाँ हाम्रो घर बनाउन जङ्गल फाँड्यौँ । हामी व्यापारीले टोकरीमा माछा मिलाएर राखे जसरी आफूलाई मिलाएर सुत्छौँ । कसैले अटेसमटेस सम्म गर्ने ठाउँ हुँदैन । तर पनि कसैलाई केही गुनासो छैन । हामीसँग जे भए पनि बिना कुनै डर सुत्न सक्ने टहरो त छ ।’ सादिक र अरू रोहिङग्या शरणार्थीहरूले आफ्नो वासस्थान बनाउन वनको फडानी गरेका कारण सिर्जना भएको समस्या ’bout भने उनीहरू अनभिज्ञ छन् । यसले गर्दा पहिरो जाला नि भनेर सोध्दा सादिक उल्टै प्रश्न गर्छन् ‘के नै होला र ?’

एउटा वन यसरी बिलायो

बङ्गलादेशको विपत व्यवस्थापन मन्त्रालय मातहतको शरणार्थी राहत तथा प्रत्यावासन कार्य लयले कोक्स बजारको उखिया क्षेत्रमा रहेको ३,००० हेक्टर जङ्गल अधिग्रहण गरेर त्यहाँ म्यानमारबाट भागेर आएका लाखौँ रोहिङग्यालाई वस्ती निर्माण गरेको थियो ।

अधिकांश शरणार्थीहरूलाई उखिया र तेक्नाफ क्षेत्रका बालुखली, कुतुप्लाओङ, मधुरछरा, र लम्बरीसहर जस्ता शिविरहरूमा राखिएको छ । संयुक्त राष्ट्रसंघिय शरणार्थी उच्च आयुक्तको कार्यालयका अनुसार बालुखली-कुतुपलाओङ शिविर अहिले ५ लाख ७० हजार रोहिङग्याका लागी घर मात्रै नभएर संसारकै सबैभन्दा ठूलो शरणार्थी शिविर बनेको छ ।उखियाको डाँडामा पहिले घना जङ्गल हुने गर्थ्यो र हात्ती जस्ता जङ्गली जनावर पनि यहाँ पाइन्थे तर अब यहाँ एउटा पनि रुख बाँकी छैन ।

बङ्गलादेश उष्ण वन संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक फरिद उद्दिन अहमद भन्छन्, उखियाका जङ्गलमा पाइने ‘ढाकिजोम’ (Syzqium grande),  ‘चपालिस’ (Artocar), ‘गोर्जोन’ र  ‘गमरी’ जस्ता रुखहरू बङ्गलादेशका अरू भागमा पाइन्नन् ।‘पुरै इलाकामा एउटा पनि रुख बाँकी छैन । रोहिङग्याहरूले रुखको जरा समेत उखेलेर त्यसलाई इन्धनको रूपमा प्रयोग गरे । यहाँ शरणार्थी शिविर खडा गर्ने निर्णयले पुरै जङ्गल नै सखाप भयो ।’ उनले भने अब उखिया डाँडाका रुखहरू पुन: उम्रने छैनन्। ‘त्यहाँको जङ्गल र प्रचुर जैविक विविधता अब सदाका लागि नष्ट भए । अब हामीले फेरि वृक्षारोपण गर्नुपर्छ ।’

पानी पनि हराउँदै

रोहिङग्या वस्तीमा पानीको पनि हाहाकार छ । जमिन मुनिको पानीको सतह धेरै ट्युब वेल खनेका कारण गत डिसेम्बर देखि उल्लेखनीय रुपमा घटिसकेको छ । गत सेप्टेम्बरमा यहाँ आएकी रहिमालाई यहाँको पानी समस्या ’bout राम्ररी थाहा छ । ‘पहिले (सेप्टेम्बरमा) मैले १० लिटरको गाग्री भर्न १० देखि १५ पटक मात्र पम्प चलाउनु पर्थ्यो । तर अहिले त्यति नै पानी निकाल्न न्यूनतम् ३० पटक चलाउनु पर्छ । अरू इलाकामा पनि समस्या विकराल छ’, उनले द थर्डपोल डटनेटलाई भनिन् ।

मोहम्मद मलिक भन्छन् पिउन योग्य पानीको जोहो गर्न दिन प्रतिदिन गाह्रो हुँदै गइरहेको छ । पचास फिट गहिरा ट्युब वेलहरूमा पानी सकिँदैछ र त्यसै कारण अझै गहिरा ट्युब वेल खन्नु पर्ने भएको छ ।राष्ट्रसंघले हालै मात्र रोहिङग्या समुदायले मनसुनमा सामना गर्नु पर्न सक्ने जोखिमका विषयमा एक अध्ययन गरेको थियो ।

‘कुतपालोङ र बालखलीमा रहेको संसारकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा रहेको जोखिमको विश्लेषण गर्दा करिब १ लाख शरणार्थीहरु बाढी र पहिरोको जोखिममा रहेको देखिएको छ ’, राष्ट्रसंघिय शरणार्थी उच्च आयुक्तको कार्यालयका प्रवक्ता अन्द्रेज मेहाचिचले फेब्रुअरीको सुरुतिर जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । सो अध्ययन ढाका विश्वविद्यालयको सहकार्यमा राष्ट्रसंघिय शरणार्थी उच्च आयुक्तको कार्यालय, अन्तराष्ट्रिय आप्रवासन संस्था र एसियाली विपत तयारी केन्द्रले तयार पारेका थिए । माचिच भन्छन्, ‘रिपोर्टका अनुसार एक तिहाइसम्मको क्षेत्रफल डुबानमा पर्ने छ र ८५,००० भन्दा बढि शरणार्थीले आफ्नो बासस्थान गुमाउने छन् । डाँडामा बस्ने थप २३,००० शरणार्थीहरू पहिरोको जोखिममा छन् ।’ मानवीय सहायता संस्थाहरू र बङ्गलादेश सरकारले शरणार्थीहरूका लागि बनाइदिएको शौचालय, स्नान गृह र ट्युबवेल जस्ता संरचनाहरू पनि बाढीले बगाउन सक्छ, उनले भने ।

नयाँ जोखिमहरू

ढाका विश्वविद्यालयको भूगोल तथा वातावरण विभागका प्राध्यापक ए एम एम अमानतुल्लाह खानले द थर्डपोल डट नेटलाई भने, कोक्स बजारको उखियामा रहेको रोहिङग्या वस्ति निकै जोखिममा छ ।

‘उनीहरूले सामना गरिरहेको जोखिमका ’bout बुझ्न तपाईँ कुनै विज्ञ नै हुनुपर्छ भन्ने छैन । अहिले शरणार्थी शिविर खडा गरिएको क्षेत्रमा पहिले घना जङ्गल थियो र त्यहाँ भएका रुखले माटोलाई बलियो बनाइराखेको थियो र भूक्षय हुन पाएको थिएन ।’ तर अहिले त्यहाँ रुख छैनन् र पहाडमा सडकहरू बनेका छन् । यसका कारण पानी सिधै जमिनमा छिर्नेछ र पहिरोको जोखिम बढ्नेछ ।

‘पानी पर्ने समय आउन अब केही महिना मात्रै बाँकी छ । मलाई डर छ कि यहाँ पहिरोका कारण धेरै मानिसले ज्यान गुमाउनेछन् । हामीले यहाँ शरणार्थी शिविर बनाएर जैविक विविधतामा धनी एउटा नमुना वनलाई नास गरेका छौँ ।’ खानले भने जमिन मुनिबाट पानी झिकिनुले ‘घाउ’ मा अझै ‘नुन’ थपिएको छ । जमिन मुनिको पानीको सतहमा कमी आउनुले पहिरोको जोखिम झनै बढाएको छ ।

अनौपचारिक शिविरहरूको स्थिति अझै भयावह

उखियामा रहेका सरकारी शिविरहरूमा भन्दा पनि विकराल पानीको समस्या तेकनाफ उप-जिल्लामा रहेका अनौपचारिक शिविरहरूमा छ । तेकनाफ समुद्रको नजिक पनि पर्ने भएकाले यहाँका शरणार्थीलाई पिउन योग्य पानीको व्यवस्थापन गर्न निकै कठिन छ । केही गैर सरकारी संस्थाहरूले करिब १ लाख शरणार्थी बस्ने लेडा र उन्चिपराङ शिविरहरूमा पानी वितरण गर्ने जमर्को गर्दैछन् । ‘हामीले नजिकका नदि नालाबाट पानी सङ्कलन गरेर शिविरमा वितरण गर्दैछौँ । तर अबका दिनहरूमा के हुन्छ भन्न सक्ने स्थितिमा हामी छैनौँ’, अक्सफामका एक अधिकारीले द थर्डपोल डटनेटलाई बताए ।  ‘पानीको सतह हरेक दिन घट्दो छ । हामीले ट्युब वेलबाट पानी थाप्दा घण्टौसम्म गाग्रीको लामो लाइनमा बस्नुपर्ने भएको छ ‘, लेडा शिविरमा बस्ने रोहिङग्या शरणार्थी मोकुलेसुर रहमान भन्छन् ।

शरणार्थी राहत तथा प्रत्यावासन आयुक्त मोहम्मद अबदुल कलामले द थर्डपोल डटनेटलाई भने लेडा र उन्चिप्राङ शिविरहरूले सरकारी मान्यता पाएका छैनन् । ‘हामीलाई त्यहाँको पानी सङ्कटका ’bout थाहा छ । केही गैर सरकारी संस्थाहरूले त्यहाँ पानी वितरण गर्दै छन् ‘, उनले भने ।

आफ्नो देशबाट धपाइका रोहिङग्या शरणार्थीहरू पानीका लागि काकाकुल छन् तर निकट भविष्यमा वर्षाको रुपमा आउने पानीले नाङ्गो डाँडामा बस्न बाध्य उनीहरूको समस्या समाधान गर्ने छैन ।

कमरान रेजा चौधरी ढाकामा कार्यरत पत्रकार हुन् ।

 

जापानको गङ्गटा मागले बङ्गलादेशको माछा बजार प्रभावित

$
0
0

सत्खिराको कुनै एक स्थानमा उभिएर हेरियो भने आँखाले देख्ने ठाउँसम्म माछा पोखरीहरू देखिन्छन् जहाँ नुनिलो पानीमा पाइने झिँगे माछाहरू पालिएका छन् । भारतसँगको सिमाना नजिकै रहेको दक्षिण पूर्वी बङ्गलादेशमा पर्ने सत्खिरा जिल्ला को ‘बाग्दा चिङ्ग्ररी’ स्रिम्प(एक प्रकारको झिँगे माछा) निकै लोकप्रिय छ र यसलाई संसार भर नै निर्यात गर्ने गरिएको छ ।

तर हालै आएर यहाँका किसानहरू झिँगे माछाको सट्टा हिले गङ्गटो (मड क्र्याब)पाल्न थालेका छन् । यसो गर्नुको एक मात्र कारण हो: चीन, ताइवान, सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र जापान जस्ता देशहरूमा रहेको हिले गङ्गटोको ठूलो बजार ।

स्थानीयवासी र गङ्गटो व्यापारीहरूका अनुसार धेरै जसो उत्पादन जापान निर्यात गरिन्छ जहाँ यसलाई विशेष खानाको रूपमा हेरिन्छ र यसको मूल्य पनि धेरै पर्छ । अचम्म लाग्दो कुरो के हो भने नरम छिल्का भएका यी गङ्गटाहरू प्राकृतिक रुपमा पनि बङ्गलादेशमा पाइन्छन् तर स्थानीयहरू खाँदैनन् ।

गाउँलेहरूका अनुसार हिले गङ्गटो पाल्न बनाइने २-३ फिट गहिरा पोखरीहरूमा गङ्गटा पाल्न सुरु गरेको केही वर्ष पछि अरू कुनै माछा पाल्ने नमिल्ने हुन्छ किन कि पानीमा नुनको मात्रा निकै बढेर जान्छ । अलि अलि नुन भएको पानीमा हुर्कने स्रिम्प (एक प्रकारको झिँगे माछा)लाई पनि यस्तो पोखरीमा पाल्न सकिन्न ।

सुन्दरवनको उत्तरी सीमा नजिकै रहेको तालबेरिया गाउँमा हिले गङ्गटो स्थानीय बासिन्दाहरूको रोजाइको उत्पादन बनेको छ । झिँगे माछा पाल्ने किसानहरू अहिले गङ्गटो उत्पादन गर्छन् किन की यसमा जोखिम कम छ । ‘मैले मेरो पोखरीमा झिँगे माछा पालेको थिएँ तर त्यसमा रोग लागेर सब सखाप भयो,’ तालबेरिया का निर्मल चन्द्र मण्डलले द थर्डपोल डटनेटलाई बताए ।

गाउँलेहरूका अनुसार गङ्गटो खेतीमा अरू माछा खेतीमा भन्दा लगानीको अनुपातमा धेरै नाफा कमाउन सकिन्छ । त्यसैले पनि उनीहरू गङ्गटो प्रति आकर्षित भएका हुन् । झिँगे माछा व्यापारी तथा दुई छोराकी आमा कल्पना गायेन पनि अहिले गङ्गटो खेतीमा लागेकी छिन् ।‘म अहिले गङ्गटो बेचेर प्रति वर्ष करिब ४०,००० टाका (८०० डलर) कमाउँछु । पहिले झिँगे माछा बेचेर कमाउने पैसाको दोब्बर म अहिले कमाउँछु,’ उनी भन्छिन् ।

नुनिलो जमिन

एक दशक अघिसम्म यहाँको अवस्था पुरै फरक थियो । तालबेरियाका अधिकांश कृषकले गाउँको मलिलो जमिनमा धान खेती गर्ने गर्थे । तर सन् २००९ मा सबै परिवर्तन भयो । ‘आलिया’ नामक समुद्री आँधिका कारण सामुद्रिक तटबन्धहरू भत्किए र नुनिलो पानी गाउँ भित्र पस्यो । त्यस पछि अधिकांश किसानहरू बङ्लादेशको सामुद्रिक तटमा बसोबास गर्नेहरूको अनुसरण गर्दै झिँगे माछाको खेती गर्न तिर लागे ।

सन् १९७० को दशक देखि नै बङ्गलादेशका तटीय इलाकाहरूमा झिँगे माछाको खेती गर्न सुरु गरिएको हो। झिँगे माछाले पाएको अन्तराष्ट्रिय बजारका कारण देशका कम विकसित क्षेत्रहरूमा बसोवास किसानहरूको जीवन स्तरमा निकै सुधार आएको छ ।

बङ्गलादेशको सिमाना भित्र करिब ७१० किमी लामो तटीय क्षेत्र पर्दछ जसमा करिब ५ लाख हेक्टर (५,००० वर्ग किमी) जमिन समथर ‘म्यानग्रोभ’ क्षेत्र भित्र पर्दछ । यस्तो भूभाग नुनिलो पानीमा हुर्किने माछा पालन गर्न प्रयोग गर्न सकिन्छ ।

बङ्गलादेशले सन् १९७१ मा स्वतन्त्रता प्राप्त गरेपछि द्रुत आर्थिक विकास हासिल गरे पनि यहाँका धेरै जनता अझै पनि गरिवीका कारण प्रताडित छन् । सन् २०१७ मा बङ्गलादेशको प्रति व्यक्ति आय १,५३२ डलर थियो । अन्तराष्ट्रिय मुद्रा कोषले १८६ देशहरूको प्रति व्यक्ति आयका आधारमा तयार पारेको सूचीमा बङ्गलादेशलाई १४८ औ स्थान प्रदान गरिएको थियो । बङ्गलादेश भन्दा निकै गुणा ठूलो छिमेकी भारतको प्रतिव्यक्ति आय सन् २०१७ मै १,८५२ डलर पुगेको थियो र उसले सूचीमा १४०औ स्थान प्राप्त गरेको थियो ।सानै पूँजीमा सुरु गर्न सकिने मत्स्यपालन व्यवसाय नै बङ्गलादेशको तटीय भूभागमा बस्ने किसानहरूका लागि जीविकोपार्जनको माध्यमको रुपमा हेर्ने गरिएको छ । बङ्गलादेश भित्रै पारम्परिक रूपमा माछाको ठूलै खपत हुने गरेको छ भने विदेशमा पनि यसको माग अधिक छ ।

सन् १९८० को दशक देखि सुन्दर वन (भारत र बङ्गलादेशको बीचमा रहेको संसारकै सबै भन्दा ठूलो तटीय वन) को आसपासका किसानहरूले व्यावसायिक रुपमा नुनिलो पानीमा फस्टाउने झिँगे माछाको खेती गर्न सुरु गरेका हुन् । सुन्दर वन क्षेत्रमा बसोवास गर्ने अधिकांश किसानहरू बङ्गलादेशका अरू भूभागमा बस्ने मानिसहरू भन्दा गरिब छन् ।उनीहरू नै जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपहरूबाट पिडित छन् । जलवायु परिवर्तनका कारण तटीय क्षेत्रको जमिन क्षयिकरण हुँदैछ, समुद्रको सतह बढ्दो छ र सामुद्रिक आँधिहरू झनै विनाशकारी हुँदैछन् ।

सीफूडको कमाई

स्रिम्प र गङ्गटाको व्यापार बङ्गलादेशका लागि विदेशी मुद्रा आर्जन गर्ने तेस्रो ठूलो माध्यम हो । बङ्गलादेशको अन्तराष्ट्रिय व्यापार घाटा ८.६२ अर्ब डलर पुगेको छ । सन् २०१२-१३ मा बङ्गलादेशले करिब ५० करोड ४४ लाख डलर (देशको कुल गार्हस्थ उत्पादनको करिब ४.४ प्रतिशत) बराबरको सीफूड निर्यात गरेको थियो । देशका करिब १० लाख जनता सीफूड व्यापारमा प्रत्यक्ष संलग्न छन् र थप ३० लाख ५० हजार त्यसमा आश्रित छन् ।

तर सजिलै पैसा कमाउने दौडमा किसानहरू दिगो रुपमा उत्पादन बढाउने विधि अपनाउनु भन्दा पनि तत्काल नतिजा देखिने प्रयोगहरू गर्न उद्धत देखिन्छन् । उनीहरू कहिले एन्टी बायोटिकको प्रयोग गर्छन् त कहिले पानीलाई थप नुनिलो बनाइदिन्छन् ।

सत्खिराबाट करिब १०० कि मी टाढा बगरहाट जिल्लामा पर्ने जयमणिगोला गाउँमा पनि कृषकहरूले हिले गङ्गटो उत्पादन गर्न सुरु गरेका छन् । जल वायु परिवर्तनका कारण समुद्री सतह बढ्दो छ र पानी गाउँ पस्ने सक्ने स्थानहरूमा उनीहरू गङ्गटो खेती गर्दै छन् ।जमिनमा नुनको मात्रा धेरै भएका कारण धान खेति असम्भव नै हुन पुगेको छ र यहाँका बासिन्दाहरूसँग मत्स्‍य पालन गर्नु बाहेकको विकल्प छैन ।उनीहरूको रोजाइको ‘माछा’ गङ्गटो बनेको छ । गङ्गटोमा धेरै रोगव्याधी देखिएको छैन र यहाँका मानिसलाई पनि सत्खिराका किसानहरू जस्तै के थाहा छ भने गङ्गटो खेतीमा लगानीको अनुपातमा नाफा धेरै छ ।

जयमणिगोलाका सुवोध चन्द्र गायेनाका लागि धानबाट झिँगे माछा र झिँगे माछाबाट गङ्गाटासम्मको रुपान्तरण स्पष्ट छ । ‘हाम्रो खेतमा धेरै समय नुनिलो पानी छिर्छ । माटो नुनिलो भइसके पछि त्यसमा धान लगाउनका लागि जमिनलाई कम्तीमा ३ वर्ष बाँझो छोड्नु पर्ने हुन्छ ताकी आकासबाट पर्ने पानीले सबै पखालियोस् । तर हामी जस्ता गरिबका लागि यो विकल्प बन्द छ,‘ उनले द थर्डपोल डटनेटलाई बताए ।‘झिँगे माछा खेती सम्भव त छ तर रोगब्याधीका कारण त्यसमा जोखिम धेरै छ।गङ्गटाहरूमा रोग कम लाग्छ अनि व्यापारीहरूले यसका लागि राम्रो मूल्य दिन्छन्।’

वैज्ञानिक तथ्यको आवश्यकता

दुइ छोरा र एक छोरीका बाबु गायेन भन्छन् गत वर्ष उनले गङ्गटो खेतीबाट करिव ३०,००० टाका कमाए । उनी भन्छ्न् धेरै नुन भएको पानीमा झिँगे माछा पालन गर्न सकिन्न तर गङ्गटो भने सकिन्छ ।

अधिक नुन भएको पानीमा झिँगे माछा पाल्न सकिन्न भन्ने कुराको वैज्ञानिक आधार देखिएको छैन । तर पनि सत्खिरा र बगरहाटका किसानहरू को यो विषयमा एउटै मत छ । ‘हामीले केही वर्ष झिँगे माछा पालन गरेपछि पानीमा नुनको मात्रा यति धेरै बढेर जान्छ कि पछि गङ्गटो मात्रै पाल्न सकिने हुन्छ,’ सत्खिराका चन्द्र मण्डल भन्छन् ।

स्रिम्प खेती गर्ने क्रममा उत्पन्न परिस्थितिको उपजका रुपमा हेरिएको छ गङ्गटोलाई । केही प्रजनन केन्द्रहरू स्थापना गरिए पनि गङ्गटो खेती अझै पनि प्राकृतिक स्रोतहरूमा निर्भर छ ।अन्तराष्ट्रिय बजारमा गङ्गटोको माग बढेसँगै सङ्कलकहरूको संख्या पनि ह्वात्त बढेको छ ।सन् २०१५ मा गरिएको एक अध्ययनका अनुसार, वयस्क अवस्था नपुगिसकेका गङ्गटाहरूको सङ्कलन गर्ने प्रवृत्तिका कारण प्ररकृतिमा पाइने वयस्क गङ्गटाहरूको संख्यामा कमी आएको छ ।प्राकृतिक स्रोतहरू जोखिममा रहेकाले बङ्गलादेशको गङ्गटो उद्योगलाई दिगो बनाइ राख्न स्रोतहरूको व्यवस्थापन र प्रजनन केन्द्रहरूको स्थापना जरुरी भएको छ ।

धेरै जसो अध्ययनहरू झिँगे माछा र गङ्गटा खेतीका आर्थिक सामाजिक मुद्दाहरूमा केन्द्रित हुने गरेका छन्, तर अहिलेको आवश्यकता भनेको झिँगे माछा र गङ्गटो खेतीले जमिनमा नुनको मात्रा बढेर जान्छ कि जाँदैन भनेर अनुसन्धान गर्नु हो, पावेल पार्थ भन्छन् । पार्थ बङ्गलादेश परम्परागत ज्ञानका लागि श्रोत केन्द्र (बङ्गलादेश रिसोर्स सेन्टर फर इन्डिजिनस नलेज) का विविधता, अन्तरनिर्भरता र बहुलवाद (डाइभर्सिटी, इन्टरडिपेन्डेन्सी एण्ड प्लुरलिजम) संयोजक हुन् । उनको संस्थाले स्थानीय समुदायसँग मिलेर परम्परागत ज्ञान र स्थानीय अभ्यासहरूलाई विकासका गतिविधिहरूसँग जोड्ने काम गर्दछ ।‘के कुरा चाहिँ निश्चित छ भने स्थानीय खेतीमा आएको परिवर्तनले यहाँको मान्ग्रोभ पारिस्थितिक प्रणालीमा असर परेको छ, ’ पार्थले द थर्डपोल डटनेट लाई बताए । ‘यस्तो असर कति मात्रामा परेको छ भन्ने कुराको लेखा जोखा गर्न चाहिँ एउटा सूक्ष्म वैज्ञानिक अध्ययन नै चाहिन्छ ।”

यदि बङ्गलादेशको सुन्दर वन क्षेत्रका गरिब समुदायहरूका लागि अर्को सुरक्षित व्यवसाय गर्ने मौका जुराउन सकिँदैन र गङ्गटका लागि जापानी भोक पुरा गर्नै नसक्ने गरि बढिरहन्छ भने गङ्गटा खेतीमा तत्काल ह्रास आउने कुनै कारण देखिँदैन ।विश्व व्यापारद्वारा निर्देशित माग र आपूर्तिले सञ्चालन हुने गङ्गटो खेती जस्तो व्यवसाय चलिरहँदा जोखिममा रहेको सुन्दर वनको पारिस्थितिक प्रणालीको दिगो व्यवस्थापन असम्भव जस्तै देखिन्छ ।

हिन्दूकुश हिमालयमा जलविद्युतको अर्थशास्त्र

$
0
0

हिमाली क्षेत्रमा रहेका देशहरू मध्ये चीनले जलविद्युत विकासमा सबै भन्दा राम्रो प्रगति हासिल गरेको छ र त्यसका पछाडि तीन प्रमुख कारणहरू छन् ।

पहिलो: चीनसँग आफ्नो विकासको आकाङ्क्षा पुरा गर्न चाहिने जैविक इन्धन पर्याप्त मात्रामा छैन । अहिले कार्यान्वयनमा रहेको १३औ पञ्च वर्षीय योजनामा चीनले आफ्नो आर्थिक विकास कसरी गर्ने भन्ने विषयमा महत्वपूर्ण नीतिगत परिवर्तन गरेको छ । निर्यातमा आधारित वृद्धिमा ध्यान केन्द्रित गरेको चीन अब देशै भित्र उपभोग बढाउनु पर्ने कुरामा चनाखो देखिएको छ। यो परिघटनालाई चीनमा भइरहेको तीव्र शहरीकरणसित जोडेर हेर्न सकिन्छ । त्यसैले उर्जाको माग अब बढिरहने निश्चित छ ।

दोश्रो : सरकारको उर्जामा आत्म निर्भर हुने नीति रहेकाले जलविद्युत विकासले जैविक इन्धन रहित अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि ठूलो भूमिका निभाउन सक्छ ।

तेस्रो: विश्व उष्णिकरण र जलवायु परिवर्तन का मुद्दाहरू संसारभर उठिरहेका बेला जैविक उर्जा भन्दा कम कार्बन उत्सर्जन गर्ने स्रोतहरूको प्रयोग बढाउनु वाञ्छनीय हुन गएको छ ।

चीनका नदीहरूबाट करिब ६०० गीगा वाट विद्युत उत्पादन गर्न सकिने अनुमान गरिएको छ । करिब ५०० गीगावाट आर्थिक रुपले सम्भाव्य छ । त्यसैले जलविद्युतको थप विकास र विस्तारका लागि अझै थुप्रै सम्भावनाहरू छन् ।तर दक्षिण एसियामा भने जलविद्युतको क्षमताको खासै उपयोग भएको छैन । जलविद्युत सम्भाव्यताको दृष्टिकोणले भारत संसारकै पाँचौ धनी देश हो तर कुल उर्जा उत्पादन को १२ प्रतिशत मात्र जलविद्युतबाट आउने गर्छ जब की तापमा आधारित उर्जा स्रोतहरूको योगदान ७० प्रतिशतभन्दा माथि छ ।

यसले के देखाउँछ भने भारतको अर्थतन्त्रमा जलविद्युतले खासै ठूलो भूमिका निर्वाह गर्न सकेको छैन । नेपाल र भुटान जस्ता भारतका छिमेकी हिमाली देशहरूमा सदाबहार नदीहरू र पहाडी भू बनोट भएकाले त्यहाँ जलविद्युतको अथाह संभावना छ तर उनीहरूले पनि आफ्नो क्षमता को भरपूर उपयोग गर्न सकेका छैनन् ।

अहिले आएर भारतमा निजी क्षेत्र जलविद्युतबाट पलायन हुँदैछ र यसले विश्लेषकहरूलाई चिन्तित बनाएको छ । हिमाली क्षेत्रमा जलविद्युत क्षेत्रको प्रमुख समस्या भनेको यहाँका मानिसहरूमा ‘जलविद्युत अर्थशास्त्र’ को ज्ञानको कमी हो ।

हिमाली क्षेत्रमा कुनै पनि जलविद्युत आयोजना सुरु गर्नु अघि त्यहाँको भू बनोट , नदी नालाको संरचना र कमजोर हिमाली पारिस्थितिक प्रणालीको राम्रो ज्ञान हुनु आवश्यक छ ।आजको दिनमा जलविद्युतको विकासक्रममा देखिएका धेरै जसो समस्याहरू नीति निर्माताहरूमा हिमाली क्षेत्रमा जलविद्युतको अर्थतन्त्रको समग्र ज्ञान नहुनु नै देखिन्छ।समग्र ज्ञान भन्नाले यस्तो ज्ञान हो जसका माध्यमबाट हिमाली क्षेत्रको वृहत् सामाजिक र पारिस्थितिक पक्षहरूले अर्थतन्त्रमा पार्ने असर र अर्थतन्त्रले यी पक्षहरूलाई पार्ने असरको मूल्याङ्कन गर्न सकियोस् । त्यसो गर्न नव शास्त्रीय अर्थशास्त्रले सक्दैन ।

जलविद्युतको असम्भाव्य व्यापार

जलविद्युत क्षेत्रको पहिलो प्रमुख चासो भनेको यसको व्यापारसँग सम्बन्धित आँकडाहरू हुन् ।धेरै जसो परियोजनाहरूमा लगानीकर्ताले आफूले लक्षित गरेको समयमा लगानी उठाउन नसक्दा निजी क्षेत्र विस्तारै जलविद्युत बाट बाहिरिन थालेको छ । यसका कारण हिन्दूकुश हिमालयमा जलविद्युत परयोजनाहरूको आर्थिक सम्भाव्यता माथि नै प्रश्न चिह्न खडा भएको छ ।

जम्मु काश्मिर राज्य उर्जा विकास संस्थानको हकमा यो कुरा प्रष्ट देख्न सकिन्छ । संस्थान घाटामा छ । कहिले काहीँ के पनि भन्ने गरिन्छ भने जलविद्युत बाहेकका अरू परियोजनाहरूले चाहिने भन्दा बढि विद्युत उत्पादन गरिरहेका छन् र यसका कारण विद्युतको मूल्य निकै घटेको छ । जलविद्युत उत्पादकहरूले तोकेको मूल्य अरु उत्पादकहरूको भन्दा २-३ गुणा महँगो हुने गरेको छ ।

तर हामीले के पनि बुझ्न जरुरी छ भने यो अवस्था बजारमा रहेको मागको कारणले सिर्जना भएको हो । अहिले पनि भारतको कुल मागको ७० प्रतिशत उर्जा जैविक इन्धनबाटै पुरा हुन्छ र बाँकी मागका लागि मात्रै जलविद्युत प्रयोग हुन्छ । तर यो अवस्था दीर्घ कालसम्म रहिरहन सक्दैन । भारतले कुनै दिन हरित उर्जाका स्रोतहरू खोज्नु पर्ने छ र त्यति बेला जलविद्युतको स्थिति मजबुत हुनेछ ।

जलविद्युत विकासको लागि दोस्रो बाधक (नव शास्त्रीय अर्थशास्त्रीहरू को शब्दमा) ‘लेन-देन लागत’ हो । यसको सम्बन्ध जलविद्युत क्षेत्रमा लगानी गर्न चाहनेहरूका लागि थुप्रै अदृश्य छेकबारहरूसँग छ ।वातावरण र वन जङ्गलसँग सम्बन्धित अनुमतिहरू प्राप्त गर्न धेरै समय लाग्छ र त्यसका कारण नै धेरै लगानीकर्ताहरू जलविद्युत क्षेत्रमा प्रवेश गर्न हिचकिचाइ रहेका छन् ।त्यसै गरी परियोजना कार्यान्वयनको क्रममा हिमाली नदी बहने अप्ठ्यारो भू बनोट भएका पहाडहरूले पनि उल्लेखनीय चुनौती थपेका छन् ।

लेनदेन लागत बढाउने अरू थुप्रै कुराहरू पनि छन् । परियोजना क्षेत्रमा अवैधानिक निर्माण कार्य भएका छन् र त्यहाँ बस्ने मानिसहरूलाई आफ्नो घरबाट निकालेर अर्को ठाउँमा पुनर्वास गर्न लाग्ने खर्च ठूलै हुने गर्दछ ।उचित पुनर्वासको अभावमा सामाजिक द्वन्द्वको बीजारोपण हुने गरेको छ र यसले झनै परियोजनाको लागत बढाउने गरेको छ । ब्रह्मपुत्र नदीमा बनाइएको शुबन्सरी तटबन्ध र उत्तराखण्डको तेहरी तटबन्धको मामिलामा त्यसै भएको थियो । उपयुक्त पुनर्वासको परियोजनाको अभावमा यी परियोजनाहरूका कारण द्वन्द्वको सिर्जना भएको थियो ।

त्यसै गरी तेस्रो चिन्ताको विषय हो जलवायु परिवर्तन र यसले पानीको विभिन्न पक्षमा सिर्जना गरेका अनिश्चितताहरू ।जलवायु परिवर्तनले नदीहरूमा पार्ने असरका ’boutमा यस क्षेत्रमा वैज्ञानिक अध्ययनहरूको कमी छ । सबैलाई थाहा छ कि जलवायु परिवर्तनका कारण हिमाली नदीहरूमा असर परिरहेको छ तर कस्तो असर परिरहेको भन्ने ’bout कसैलाई थाहा छैन । सबै विषयलाई सरलिकृत रूपमा बुझ्ने नवशास्त्रीय अर्थशास्त्रमा आधारित लागत-लाभ विश्लेषणले यस्ता महत्वपूर्ण मुद्दाहरूमा ध्यान दिँदैनन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०१५ मा हिन्दूकुश हिमालयका ५ प्रमुख जलग्रहण क्षेत्रमा गरेको अध्ययनले यी कुराहरू औंल्याएको छ:

क. सन् २०५० सम्ममा हिन्दूकुश हिमालयमा तापक्रम १-२ डिग्री सेन्टिग्रेडले बढ्ने छ । कुनै कुनै स्थानमा भने ४-५ डिग्रीसम्मको वृद्धि हुनेछ ।

ख. मनसुनको समय लम्बिँदै जानेछ र वर्षा झनै कम भरपर्दो हुँदै जानेछ ।

ग. हिन्दूकुश हिमालयमा वर्षाको मात्रामा औसत ५ प्रतिशतले परिवर्तन आउने प्रक्षेपण गरिएको छ । सन् २०५० सम्ममा यो आँकडा २५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

घ. वर्षाको समयमा कमि आउँदैछ तर कम समयमा धेरै पानी पर्दैछ । वर्षाको तीव्रता अझै बढ्ने प्रक्षेपण गरिएको छ ।

ङ त्यसै गरी जलवायु परिवर्तनका कारण हिमनदीहरूको पिण्डमा गिरावट आउँदैछ

जलवायु परिवर्तनका कारण सिर्जित जोखिमका ’bout चासो बढ्दो छ तर हरेक जलग्रहण क्षेत्रमा जलवायु परिवर्तनका कारण भू़ प्रयोग र स्वच्छ पानीको उपलब्धतामा पर्ने असर ’bout कमै अध्ययनहरू भएका छन् ।सन् २०१३ मा उत्तराखण्डको केदारनाथमा अचानक आएको बाढीले परियोजना प्रवर्धकहरूलाई के देखाइदियो भने यस्ता ठूला विपद्लाइ  लाई ध्यान नदिई अबका दिनहरूमा जलविद्युतको योजनाहरू अघि बढ्न सक्दैन ।

हिमाली क्षेत्रमा जलविद्युत परियोजनाहरूको लागत अत्याधिक हुनुमा अर्को कारण हो हिमालय क्षेत्रको भूकम्पिय दृष्टिकोणबाट गरिएका अध्ययनहरूको कमी ।धेरै जसो परियोजनाहरूले यो महत्वपूर्ण पक्षलाई दिनुपर्ने जति ध्यान दिएका छैनन् । निर्माताहरूलाई यो पनि थाहा छैन कि उनीहरूले बनाएका संरचनाहरूले ठूला भूकम्प थेग्न सक्छन् कि सक्दैनन् ।

तेहरी तटबन्ध पूर्ण रुपले भूकम्प प्रतिरोधी छ भन्ने गरिन्छ तर यसले हिमाली क्षेत्रमा जति बेला पनि आउन सक्ने ८.५ रिक्टरको भूकम्प थेग्न सक्छ भनेर कसैले भन्न सक्ने अवस्था छैन ।उत्तर पूर्वीय भारतमा रहेका जलविद्युत परियोजनाहरूको अवस्था पनि यस्तै छ । भुटान र नेपालका थुप्रै परियोजनाहरूमा यही नै भइरहेको छ ।

पारिस्थितिक प्रणालीले बेहोर्नु पर्ने असरहरू

बहुद्देश्यीय आयोजनाहरू बाढी नियन्त्रणका लागि प्रयोग गर्न सकिन्छ । त्यसै गरी माथिल्लो तटमा पानी भण्डारण गर्न सकिन्छ र धेरै मानिसका लागि रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।त्यसै गरि यस्ता आयोजनाहरुका कारण पारवहन र पर्यटन जस्ता सेवा क्षेत्रहरूमा पनि असर पर्ने देखिन्छ ।यति हुँदा हँदै पनि यस्ता परियोजनाहरूका कारण पारिस्थितिक प्रणालीले ठूलै मूल्य चुकाउनु पर्छ र यो कुरा सबैले जान्नु जरुरी छ ।

ठूला मूल्यहरू मध्येको प्रमुख हो तल्लो तटमा पानीको बहाव परिवर्तनका कारण पारिस्थितिक प्रणालीमा पर्ने प्रभाव ।जलविद्युत परियोजना निर्माण हुँदै गर्दा सुरुमा पारिस्थितिक प्रणालीको संरचनामा र कार्यहरूमा असर पर्छ भने कालान्तरमा यसले प्रदान गर्दै आएका सेवाहरू पनि अछुतो रहन सक्ने छैनन् ।

कमै उठ्ने गरेको अर्को महत्वपूर्ण कुरा के हो भने परियोजनाहरूले पारिस्थितिक प्रणालीमा पार्ने असरको मूल्य तोकिएको हुँदैन वा परियोजनाको लागत-लाभमा त्यसको मूल्याङ्कन गरिएको हुँदैन ।द थर्डपोल डट नेटमा हालै प्रकाशित एक रिपोर्टका अनुसार सिक्क्किमको टिस्टा नदीमा पालैपालो निर्माण गरिएका परियोजनाहरूले नदीलाई मरे तुल्य अवस्थामा ल्याइ पुर्याएका छन् ।

एक अध्ययनका अनुसार भारत र बङ्गलादेशबीच सुक्खा याममा पानीको विषयलाई लिएर हुने खिचलोको एउटा प्रमुख कारण हो सिक्किम र पश्चिम बङ्गालमा रहेका २५ जलविद्युत परियोजनाहरू ।

यस्ता सामाजिक पक्षहरूलाई शास्त्रीय अर्थशास्त्रले बुझ्न सक्दैन । यस्ता परियोजनाहरू नदीको बहावमा आधारित भनेर भनिए पनि यीनिहरूमा साना पोखरीहरू बनाइएका हुन्छन् र सुक्खा याममा यस्ता पोखरीमा धेरै पानी धेरै समयका लागि जम्मा भएर बस्छ किन भने टर्वाइन खाली केही घण्टाका लागि मात्र सञ्चालन गरिन्छ । यी कारणहरूले गर्दा जलविद्युतको सम्भाव्यतामा ह्रास आइरहेको छ र थुप्रै निजी लगानीकर्ताहरू यो क्षेत्रलाई नै छोडेर गइसकेका छन् ।

जलविद्युतको वृहत् अर्थशास्त्र

जलविद्युत परियोजनाहरूले अब दिर्घकालिन खुद नाफाको लेखा जोखा गर्दा प्रत्यक्ष देख्न सक्ने मात्रै नभएर अदृश्य पक्षहरूको पनि हिसाब राख्नु पर्ने छ । लागतको गणना गर्दा पारिस्थितिक प्रणालीमा पर्ने असरको पनि लेखा जोखा गरिनुपर्छ ।

हिन्दूकुश हिमालयमा ठूला जलविद्युत परियोजनाहरूको निर्माण निकै चुनौतीपूर्ण छ । यसमा प्राविधिक र गैरप्राविधिक दुवै कारणहरू छन् । जलविद्युत परियोजनाहरूले सामना गर्नु पर्ने जोखिमहरू सामाजिक आर्थिक र जैविक प्रकृतिका छन् । त्यसै गरी तल्लो तटमा पर्ने असर र भुकम्पिय जोखिम पनि गहन मुद्दाहरू हुन् ।

उत्तर पश्चिम भारतमा जलविद्युत विरोधी प्रदर्शन हुनुका कारणहरू मध्येका प्रमुख भनेको तल्लो तटका मानिसलाई परियोजनाहरूका कारण परेको असर हो । के देखिन्छ भने परियोजना निर्माताहरूले देखिने गरि यो समस्यालाई सम्बोधन नगरिएको देखिन्छ ।

अध्ययनहरूका अनुसार अरुणाञ्चल प्रदेशको वातावरण तथा वन मन्त्रालयले तल्लो शुवन्सरी, कामेङ र सियाङ परियोजनाहरूको वातावरण प्रभाव मूल्याङ्कन अपूरो थियो ।

यो सन्दर्भमा के भन्न सकिन्छ भने हिमाली क्षेत्रमा जलविद्युत विकास गर्नु अघि सबै सरोकार वालाहरूको पूर्ण सहभागिता चाहिन्छ । त्यसै गरी पर्यावरणीय सुरक्षामा ध्यान दिइनुपर्छ र ग्रिडसँगको अन्तरआवद्धता सुनिश्चित गरिनु पर्छ । अन्तराष्ट्रिय प्रसारण लाइनहरूका ’boutमा पनि ध्यान दिनु पर्ने हुन्छ ।

हिमालय क्षेत्रमा जलविद्युत उत्पादनसित सम्बन्धित प्रमुख मुद्दाहरू

यस क्षेत्रमा विकास गरिने जुनसुकै परियोजनाले व्यापक प्राविधिक जाँच पास गर्नु पर्छ । परियोजनाहरूले जाँचका क्रममा परियोजनासँग सम्बन्धित सबै पक्षहरूमा ध्यान दिनु जरुरी छ र चाहेर पनि रोकथाम गर्न नसक्ने प्रभावहरूको न्यूनीकरण गर्न हर सम्भव उपायहरू अपनाउनु पर्छ । त्यसै गरी सामाजिक आर्थिक र जन जिविका क्षेत्र तथा वातावरण, पानी र खाद्यान्नमा असर पार्ने काम गर्नु हुन्न ।

स्विट्जरल्यान्ड र अमेरिकामा कडाइका साथ लागु गरिएको जस्तै अनुमति पद्धति प्रयोग गरेर जलविद्युत परियोजनाहरूले वातावरण र मानिसमा पार्ने नकारात्मक असरहरू सकेसम्म न्यूनीकरण गरून् भन्ने कुरा सुनिश्चित गर्न सकिन्छ ।

जहाँ जहाँ साना जलविद्युत परियोजनाहरू निर्माण गर्न सकिन्छ त्यहाँ त्यस्ता परियोजनाहरूको विकास प्राथमिकतामा पर्नु पर्छ । यस्ता परियोजनाहरूले गाउँलाई निकै फाइदा हुन्छ । यस्ता परियोजनाहरूका कारण रोजगारीको सिर्जना हुन्छ र उनीहरूको जीविकोपार्जन पहिले भन्दा सहज हुन्छ ।

धेरै जसो ठाउँहरूमा साना जलविद्युत परियोजनाहरूलाई नै उत्तम विकल्पका रुपमा हेर्न सुरु गरिएको छ । त्यसैले साना परियोजनाहरू माथि सूक्ष्म अध्ययन हुन जरुरी छ । यदि आर्थिक नाफा नोक्सानको दृष्टिकोणले मात्रै हेरियो भने चाहिँ यस्ता परियोजनाहरू खासै नाफा मूलक देखिँदैनन् ।अहिले प्रयोग भइरहेका लागत र लाभका विश्लेषण सबै कुरालाई सरलीकृत गर्ने नवशास्त्रीय सोचाइबाट ग्रसित त छन् नै अपुग पनि छन् ।त्यसैले हिमालय क्षेत्रमा जलविद्युतको व्यापार गर्न अग्रसर हुने हो भने अहिले चलि आएको एकीकृत दृष्टिको साटो एउटा समग्र पर्यावरणीय र आर्थिक दृष्टिकोण निर्माण गर्न जरुरी छ ।

 

सफा होला त दिल्लीको यमुना नदी ?

$
0
0

अत्यधिक मात्रामा प्रदूषित यमुनाको सफाइ र यो नदीको दिल्लीसँगको पुरानो सम्बन्धलाई पुनर्जीवीत गराउने गतिविधिहरूका ’boutमा थुप्रै अध्ययनहरू भइसकेका छन् । यस्तै एक अध्ययन भारतका आवास तथा सहरी मामिला राज्य मन्त्री हरदिप पुरीले हालै मात्र भर्जिनिया विश्व विद्यालयका वास्तुकारहरू इनाकी आलदे र पङ्कज भिर गुप्ताले तयार पारेको एक अध्ययनको लोकार्पण गरे ।

इनाकी र पङ्कजलाई सो अध्ययनको ढाँचा तयार पार्न मात्रै पाँच वर्ष लागेको थियो । अध्ययन टोलीमा भारतका सरकारी निकायका प्रतिनिधिहरू र विज्ञहरू तथा अन्तराष्ट्रिय सोधकर्ताहरू र भर्जिनिया विश्व विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो । अध्ययनले एउटा उपेक्षित नदीलाई कसरी पुनजिवित गर्न सकिन्छ भनेर मात्र हेरेन त्यसले नदी र सहरविचको स्वस्थ सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान दियो ।

दिल्ली जल बोर्ड र भर्जिनिया विश्व विद्यालयबीच सन् २०१७ मा एउटा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भयो । सम्झौताका अनुसार प्रदूषणले थिलो थिलो पारेको यमुना नदीको व्यापक र बहुविषयक अध्ययन हुने भयो । वि सं २०७४ सालको जेठ महिनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्पेनको भ्रमण गरेका थिए र भ्रमण पछि जारी गरिएको संयुक्त वक्तव्यमा दुवै देशबीच जलवायु परिवर्तन र पानीको पहुँच व्यवस्थापनका मुद्दामा सहकार्य गर्ने बुँदा पनि राखिएको थियो । त्यसको लगत्तै दिल्लीमा रहेको स्पेनी दूतावासले भर्जिनिया विश्व विद्यालयसँगको सहकार्यमा भारतमा ‘स्मार्ट’ र दिगो सहरहरूको विकास गर्न स्पेनी विशेषज्ञताको प्रयोग गर्ने प्रस्ताव अघि सारेको थियो । दूतावासले भारतका विभिन्न सरकारी निकायहरूलाई एकै ठाउँमा ल्याएर अध्ययन शुरु गर्न मात्र सहयोग गरेन सहजकर्ताको भूमिका समेत निभाइदियो ।

भारतका लागि स्पेनी राजदूत होजे रामोन बारान्यानोले भने अहिले नै ठ्याक्कै कति खर्च लाग्छ भनेर भन्न नसकिए पनि यमुना नदीलाई पुनर्वित तुल्याउन र दिल्लीलाई स्मार्ट र दिगो सहरका रुपमा कल्पना र विकास गर्न करिब १ खर्ब ५० अर्ब डलर लाग्ने छ र यसो गर्न करिब ४० वर्ष लाग्नेछ । उनका अनुसार दिल्लीमा यमुना नदी बचाउन काम गर्नु पर्ने स्थानीय निकायहरूको संख्या २७ छ र अहिलेको आवश्यकता भने ती सबै निकायलाई एकीकृत गरेर एउटै बनाउनु हो । त्यसै गरी काम सुरु गर्नका लागि राजनीतिक सहमतिको पनि खाँचो छ । स्पेनसँग सहरमा नाटकीय परिवर्तनहरू ल्याएको अनुभव छ । स्पेनमा धेरै नदीको सर-सफाइ सम्बन्धी काम भइसकेको छ ।

इनाकीका अनुसार दिल्ली जल बोर्डसँगको सहकार्यको दोस्रो वर्षमा नै परियोजनाले करिब ७० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको छ । यो पैसाले अध्ययनबाट निकालिएको निष्कर्षलाई कार्यान्वयन गर्न मद्दत पुर्याउने उनको कथन छ । पाँच वर्ष लामो अध्ययनका लागि करिब १० लाख डलर खर्च गरिएको थियो र भर्जिनिया विश्वविद्यालयले उपलब्ध गराएको सो रकमले विश्व विद्यालयका प्रोफेसर र विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानहरूको प्रायोजन गरिएको थियो ।

नदीबाट टाढा छन् जनता

दिल्लीका जनता अहिले नदीबाटै बिलकुल टाढा छन् । पहिले पहिले सार्वजनिक स्थानहरूसित मानिसहरूको विशेष लगाव हुन्थ्यो तर अहिले यस्तो स्थिति रहेन । यही नै दिल्लीको वातावरणीय समस्याहरूको जड हो । यमुना नदीमा अहिले कुनै पनि जलचर बाँच्न सक्दैन। ‘करिब ७०० वर्षसम्म यमुना नदीको तटमा दिल्ली सहर विस्तार भयो । हामीलाई दु:ख लाग्छ कि यमुना नदीको बहाव परिवर्तन भएको छ । नदी मुगलहरूको दरबार भएर बग्न छाडेको त धेरै नै भइसक्यो । शाह जाहाको पालामा नदी दरबारको नजिकै बाट बहने गर्थ्यो,’ भर्जिनिया विश्व विद्यालयका वास्तुकलाका प्राध्यापक तथा अध्ययनका एक लेखक पङ्कज भिर गुप्ताले  लोकार्पणका क्रममा भने ।

अनुसन्धान प्रतिवेदनले दिएका सुझावहरू मध्येका प्रमुख हुन् : दिल्लीको नयाँ सहर विकास गुरु योजना तयार पार्ने, न्यून आय भएकाहरूका लागि बसोवासको प्रबन्ध मिलाउने, मिश्रित वस्तीहरूको विकास गर्ने, ढल तथा फोहोरको व्यवस्थापन गर्न सक्ने पूर्वाधारको विकास गर्ने र पारवहन पूर्वाधारको विस्तार गर्ने । यी सबै परियोजनाहरूको ध्येय एउटै हुनेछ: यमुनाको तटलाई सहरको ‘हरित मेरुदण्ड’ का रूपमा विकास गर्ने ।

रिपोर्टले भनेको छ कल दिल्लीमा सङ्कट गहिरिँदो छ । सबै जनताका लागि सफा पानी दिन नसक्ने सहरबाट अब छिट्टै नै पानी दिनै नसक्ने सहरमा रुपान्तरण हुँदैछ । पूर्वी यमुना नहरमा पानी पठाउनका लागि हथनिकुन्ड तटबन्ध तर्फ पानीको बहाव मोडिएको छ र यस कारण तल्लो तटमा पानीको मात्रा घटेको मात्रै होइन नदी नै सुक्न गएको छ ।

दिल्लीको आठ महिने सुक्खा याममा त यमुनामा खालि सहरको ढल र फोहर पानी मात्रै देखिन्छ । सहरमा पानीको उपभोग बढ्दै जाँदा नदीमा पानीको मात्रा त बढ्छ तर यो सबै निर्मलिकरण नगरिएको फोहर पानी हो । त्यसैले वर्षा याममा नदीमा पानीको सतह बढ्ने गरेको छ । रिपोर्टले के पनि भनेको छ भने जलवायु परिवर्तनका कारण नदीसँग सम्बन्धित पानीको बहाव सम्बन्धी हिसाबमा पनि गडबडी भएको हुन सक्छ । नदीको बहावका ’boutमा पूर्वानुमान गर्न असहज हुँदैछ र अचानक धेरै पानी पर्ने संभावना बढेर गएको छ ।

नदी तटको अतिक्रमण

परियोजनाले यमुना तटमा भएको अतिक्रमणको पनि विस्तृत अध्ययन गरेको थियो । सोधकर्ताहरूका अनुसार नदीमा बनाइएका पुलहरू र अरू ठूला पूर्वाधारले पानीको बहावलाई रोक्ने काम गर्ने गरेका छन् । यस्ता पूर्वाधारहरूले तटिय क्षेत्रको चौडाइ खुम्चाइ दिएका छन् र पानीको गति बढाइ दिएका छन् । पानीको गति बढी हुनासाथ यमुना नदीले तटबन्धहरूमा पुर्याउने क्षति बढेर जान्छ र तटिय क्षेत्रमा भूक्षयको सम्भावना पनि बढेर जान्छ ।

नदीले तटको कटान गर्दै गइरहेको छ र यसको परिणाम भयावह हुन सक्छ । करिब १०० वर्षमा आउने बाढीले तटिय क्षेत्रमा रहका होचा संरचनाहरू डुबाउने छ र पूर्वी दिल्ली पुरै जलमग्न हुनेछ । यदि दिल्लीका जलमार्गहरूको पुन: संरचना गरिएन भने यस्तो स्थिति सामना गर्नु बाहेकको विकल्प रहने छैन ।

प्रतिवेदनको लोकार्पण समारोहमा बोल्दै राज्य मन्त्री पुरीले घोषणा गरे : सरकारले नीति आयोग (भारतको सरकारी ‘थिङ्क ट्याङ्क’) का उपाध्यक्षलाई परियोजनाका सुझावहरू कार्यान्वयन गर्न एक सर्वपक्षिय संयन्त्र निर्माण गर्न निर्देशन दिइसकेको छ । उनले भने, यमुना नदीको सफाइ दिल्ली सहरको पुन: जिविकरणका लागि पनि महत्वपूर्ण छ र नदीको सफाइको काम चाँडै नै सुरु हुनेछ ।

यसो हुँदै गर्दा के पनि भयो भने दिल्ली जल बोर्ड (सहरमा पिउन योग्य पानी वितरणको जिम्मा लिएको सरकारी निकाय) का प्रमुख कार्यकारी अधिकृतलाई प्रतिक्रियाका लागी धेरै पटक फोन र इमेल गर्दा पनि उहाँसँग सम्पर्क हुन सकेन । उनको कार्यालयले दुई वरिष्ठ कर्मचारीहरूको नाम द थर्डपोललाई उपलब्ध गराए र भने उनीहरू यो आयोजनाका विज्ञ हुन् । तर उनीहरूलाई हामीले सम्पर्क गर्दा के थाहा भयो भने दुवै जनालाई बोर्ड र भर्जिनिया विश्व विद्यालयविच भएको सहमतिका ’boutमा मात्रै होइन यमुना नदी परियोजनाकै ’boutमा थाहा थिएन । नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने, ‘खासमा केही भएको छैन । खाली एउटा रिपोर्ट बनेको छ ।’दिल्लीका राज्यपाललाई थुप्रै इमेल पनि हामीले लेख्यौँ तर कुनै को जवाफ आएन ।

यमुना नदीको संरक्षण र संवर्द्धन लागि परेका वातावरणवादी तथा ‘यमुना जिये अभियान’ का अभियन्ता मनोज मिश्राका अनुसार यमुना नदी परियोजना प्रमुख कमजोरी के हो भने अनुसन्धानकर्ताहरूले पर्यावरणीय चक्रका ’boutमा सोचेका छैनन् । कुनै पनि नदीको संरक्षण गर्ने हो भने त्यसको पारिस्थितिक प्रणालीका समस्याहरूको निराकरण गर्नु जरुरी छ । उनी भन्छन्, ‘मैले बुझे सम्म यो अध्ययन सतही तरिकाले गरिएको छ । भारतका कुनै पनि पारिस्थितिक प्रणाली विज्ञसँग छलफल गरिएको छैन । हाम्रा लागि महत्वपूर्ण विषय भने पानी र नदीमा जनताको पहुँच कसरी बढाउन सकिन्छ भन्नेमा हाम्रो जोड हो । परियोजनामा माथिल्लो तहबाट नै धेरै रूचि देखिएको छ । यसपालि केही काम पनि भयो भने राम्रै हुनेछ ।

दिल्ली विश्वविद्यालयको विकृत पारिस्थितिक प्रणाली पर्यावरण व्यवस्थापन केन्द्रका पूर्व प्राध्यापक सि आर बाबु भने परियोजना प्रति त्यति सकारात्मक देखिन्नन् । ‘भर्जिनिया विश्वविद्यालय र स्पेन सरकार र जल बोर्डले प्रस्ताव गरेको नयाँ परियोजनामा खासै नयाँ केही पनि छैन । यसमा सहर र नदीका दु:खका ’bout भनिएका कुरा पहिले देखि नै हामीले भन्दै आएका हौँ, ‘ बाबुले एक प्रश्नको जवाफमा लेखे ।’परियोजनाले नदी र नदीसँग सम्बन्धित पारिस्थितिक प्राणालीको पुनजिविकरणका ’boutमा केही बोलेको छैन । त्यस्तै बाढीका बखत आउने पानीलाई कसरी जम्मा गर्ने, भुमिगत पानीको मात्रा कसरी बढाउने, बाढी नियन्त्रण कसरी गर्ने र नदीमा मिसाउनु अघि ढलको प्रशोधन कसरी गर्ने भन्ने विषयमा पनि परियोजनाले केही बोलेको छैन ।’ उनले भने देशको उच्चतम पर्यावरणीय न्यायिक निकाय राष्ट्रिय हरित न्यायधिकरणलाई यमुनाका ’boutमा दुई प्रतिवेदन बुझाइ सकिएको छ र ती प्रतिवेदनहरूलाई न्यायधिकरण र दिल्ली विकास प्राधिकरण दुवैले बुझिसकेका छन् । ती प्रतिवेदनहरूमा ५२ किमी लामो तटबन्ध, सडक, हरित पथहरू, साइकल गुड्ने बाटोहरू र मनोरञ्जन स्थलहरू निर्माण गर्न सुझाव दिइएको छ । यी सुझावहरू जनताको नदीसँगको सम्बन्ध विस्तार गर्नका लागि अघि सारिएका हुन् ।

सिमसारको पुनर्जीवीकरण

‘सिमसारहरूको पुनर्जीवीकरणले पनि ति प्रतिवेदनमा स्थान पाएको थियो र यसको कार्यान्वयन पनि हुँदै थियो । ‘यी सिमसारहरूले बाढीको समयमा जम्मा हुने लाखौँ लिटर पानी जम्मा गरेर राख्ने गर्दछन् । यसले नै भूमिगत पानीको पुनताजकिकरण हुने हो र सुख्खा याममा पनि नदीमा बहाव कायम गरिरहने हो । यी सिमसार मध्येका केहीलाई मनोरम स्थानका रूपमा विकास गर्न सकिन्छ अथवा माछा पालनका लागि प्रयोग गर्न सकिन्छ, ‘ बाबुले भने । ‘हामीले अहिले माथिल्लो तटको वजिरावाद तटबन्ध नजिकै करिब १०० एकड जमिनमा सिमसार क्षेत्रको संरक्षण गरेर यमुना जैविक विविधता उद्यान सञ्चालन गरिसकेका छौँ । यो सिमसारले करिब ५० करोड ग्यालन पानी सञ्चय गर्छ र भूमिगत पानीको पुन: ताजगिकरण गर्छ । त्यसै गरि सिमसारको प्रयोग गरेर हामीले दैनिक ५-१० लाख लिटर पानी प्रशोधन गरेर निला हौज तालमा पठाउने गरेका छौँ ।’ यी तथ्यहरूलाई केलाउँदा के देखिन्छ भने यमुनामा नदी परियोजनाले परिकल्पना गरेका धेरै जसो कामहरू अहिले नै राष्ट्रिय हरित न्यायधिकरण र दिल्ली विकास प्राधिकरणका मातहत भइ नै रहेको छ । प्रश्न के उब्जिन्छ भने यी निकायहरूले गरेका काममा आधारित भएर थप पाइला किन चालिँदै छैन ? विभिन्न निकायहरूबीच समन्वयको अभाव नै प्रमुख समस्या रहेको देखिन्छ । यसैका कारण पहिलेका योजनाहरू सफल हुन सकेनन् र यसैका कारण अहिलेको योजना पनि सफल नहुन सक्छ ।

 

लजालु हिउँ चितुवालाई तस्विरमा कैद गर्दा

$
0
0

हिउँ चितुवाहरू यस्ता लजालु जनावर हुन् जो कुनै पनि प्रकारको जीव सजिलै बाँच्न नसक्ने हिमाली भेगमा बसोवास गर्ने गर्छन् । उनीहरूको अध्ययन गर्न मनाङका फोटोग्राफर तासी घलेले स्नो लियोपार्ड कन्जरभेन्सीसँग मिलेर अन्नपूर्ण संरक्षण क्षेत्रमा क्यामेरा ट्रापहरु जडान गर्ने गरेका छन् ।उनले गर्ने गरेको काममा कुनै दिन अप्रत्याशित सफलता मिल्छ भने कुनै दिन क्यामेरा हराएको पिडा भोग्नु पर्छ । अनुसन्धानकर्ताहरूसित काम गरेर घलेले ‘नागरिक वैज्ञानिक’को भूमिका निर्वाह गरिरहेका छन् । अन्नपूर्ण पदमार्गमा जाने पद यात्रुहरूका लागि मनाङ गाउँ त्यो ठाउँ हो जहाँ सडक अन्त्य हुन्छ र हिमाली पदमार्ग सुरु हुन्छ । करिब १ लाख पर्यटक हरेक वर्ष हिँड्ने अन्नपूर्ण पदमार्ग भन्दा टाढा रहेर मनाङका फोटोग्राफर एवं फिल्ड बायोलोजिस्ट तासी घले उच्च हिमाली क्षेत्रमा क्यामेरा ट्राप जडान गर्ने र तस्विर सङ्कलन गर्नमा व्यस्त छन् । उनी संसारभर नै बिरलै मात्र देखिने जनावरहरू मध्येको एक जनावर हिउँ चितुवाका ’bout अभिलेख तयार पार्न र उनीहरूलाई नजिकबाट चिन्न तत्पर छन् ।

लुकेर सिकार गर्ने यी जनावर वातावरणमा रहेका रङहरूसँग सजिलै घुलमिल हुन सक्दछन् । यसका कारण उनीहरूलाई हिमाली क्षेत्रमा भेट्टाउन निकै गाह्रो छ । तर यो जनावरको तस्विर कैद गर्न सक्नु घलेको खुबी बनेको छ । फिल्ड बायोलोजीमा करिब १ दशकको अनुभव सँगालेका घलेलाई विश्व वन्यजन्तु कोषले सन् २०१६ मा उनले वन्यजन्तु संरक्षणमा पुराएको योगदानका लागि राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गरेको थियो । द थर्डपोल डट नेटसँगको सहकार्यमा मोङ्गाबेइन्डियाका प्रतिनिधिले हालै घलेको मनाङस्थित  गेस्ट हाउसमा भेटेर उनीसित उनको यात्राका ’boutमा कुराकानी गरेका थिए । उनलाई आखिर हिउँ चितुवाको वासस्थान रेहेको चिसो हिमाल बारम्बार चढ्ने प्रेरणा कहाँ बाट आउँछ त?

तपाईँलाई हिमाली क्षेत्रमा फिल्ड बायोलोजिस्टको जस्तो चुनौतिपूर्ण काम गर्ने केले अभिप्रेरित गर्छ ? तपाईँको काम किन महत्वपूर्ण छ ?

कोही मानिसले आफूलाई पुनर्ताजगिकरण गर्नका लागि योग गर्छन्; कसैले सङ्गीत सुन्छन्; कसैले किताब पढ्छन् त कसैले खेल खेल्छन् । म चाहिँ हिमाल तिर जान्छु । हिमाल नै मेरो योग हो । मैले जडान गरेका क्यामेराले खिचेका तस्विर र भिडियो आफ्नो ल्यापटपमा हेर्न पाउँदा स्वर्ग नै पुगेको भान हुन्छ । यही मार्चमा मैले हिमालमा रहेको क्यामेराबाट मेमोरी कार्ड निकालेर घर ल्याएको थिएँ । त्यसमा रहेको एउटा भिडियो मा डमरूहरू उनीहरूकी आमासँग तीन घण्टासम्म खेलेको दृश्य कैद भएको रहेछ । त्यो निकै नै अद्भुत थियो ।यस्ता दृश्यहरूले नयाँ तथ्यहरू तथा प्रमाणहरू उत्पादन गर्न सहयोग गर्दछन् र वैज्ञानिक समुदायलाई सहयोग पुर्याउँछ। धेरैलाई थाहा नहुन सक्छ हिउँ चितुवाले जामुन जस्तो फलफूल र सोमलताको जरा पनि खाने गर्दछ । जब यस्ता कुराहरू तस्विर र भिडियोका माध्यमबाट देखाउन सकिन्छ तब यी जनावरहरू कसरी बाँच्छन् र उनीहरूको संख्या कति छ भनेर कुराकानी गर्न सकिन्छ ।

वैज्ञानिकहरूको   नयाँ नयाँ खोज गर्ने क्रममा मैले जडान गरेका क्यामेरा ट्रापको माध्यमबाट  योगदान  गर्न पाउँदा निकै खुसी लाग्छ । म आफै पनि नयाँ पुस्तामा सचेतना फैलाउन लागेको छु । हामी (स्नो लियोपार्ड कन्जरभेन्सी मार्फत) स्थानीय विद्यार्थीहरूलाई फिल्डमा लगेर क्यामेरा ट्राप जडान गर्न सिकाउँछौँ, उनीहरूसँग क्यामेरा ट्राप किन जरुरी छ र वन्यजन्तुको संरक्षण किन गरिनु पर्छ भनेर चर्चा गर्छौँ । हामीले विद्यालयहरूमा निबन्ध प्रतियोगिता र पेन्टिङ प्रतियोगिता पनि गर्छौँ ।

म यी कार्यक्रमहरूमा सहभागी यस कारणले हुन्छु कि हामीले तालिम दिएकाहरू मध्येका केही प्रतिशत संरक्षण कार्यमा लाग्नेछन् र त्यसले ठूलो फरक पार्नेछ । हामीले हाम्रो ग्रहका ’boutमा चासो राख्ने थप मानिसलाई संरक्षण अभियानमा सरिक गराउनु पर्छ । स्कुल र कलेज जाने युवाहरूले यी प्रजातिहरूका ’boutमा जान्नु जरुरी छ । हामीले नै हो यी जनावरहरूलाई खतरामा पारेको र हामीले नै यिनको संरक्षण गर्नु पर्छ । उनीहरूको यो ग्रहमा मूल्य छ ।

तपाईँले हिमालमा वन्यजन्तु ’bout अनुसन्धान गर्ने पेसा कसरी रोज्नु भयो?

यो सबै सन् २००४मा सुरु भयो जब वन्यजन्तु विज्ञहरूले सञ्चालन गरेको एक तालिममा मैले भाग लिएँ । त्यो कार्यक्रमले मेरो जीवन नै बदलिदियो । सन् २००४ मा स्नो लियोपार्ड कन्जरभेन्सी (हिउँ चितुवा बचाउन लागि परेको एक संस्था)ले नेचर गाइडहरूका लागि तालिम आयोजना गरेको थियो । तालिमको अगुवाइ कन्जरभेन्सी की निर्देशक डार्ला हिलार्डले गरेकी थिइन् । उनी हिउँ चितुवा अध्ययनका शुरुवातकर्ता मध्येका एक रोड्नी ज्याक्सनकी श्रीमती हुन् ।

फोटोग्राफीलाई लिएर म सधैं उत्साहित रहि आएको छु र सन् १९९०को दशक देखि नै मेरो पेसा यही नै हो । यो ठाउँ (अन्नपूर्ण संरक्षण क्षेत्र) फोटोको लागि निकै राम्रो छ किन भने यहाँको भू बनोट वास्तवमै सुन्दर छ । सन् २००५ मा उनीहरू (स्नो लियोपार्ड कन्जरभेन्सी) फेरि आए र मलाई क्यामेरा ट्राप जडान गर्न सिकाए ताकी मैले स्थानिय हिउँ चितुवाहरूको सर्वेक्षण गर्न सहयोग गर्न सकूँ । मैले स्कुल पनि पास गरेको थिइन तर उनीहरूले मलाई हिउँ चितुवा र यसको वासस्थानका ’bout साधारण तालिम दिए ।

सन् २००६ मा उनीहरूले मलाई केही थान क्यामेरा ट्राप पठाइदिए । मैले नै ती क्यामेराको जडान गरेको थिएँ । मेरो ध्यान अहिले हिउँ चितुवामा छ । सुरुमा मेरो लक्ष भनेको हिउँ चितुवाको कम्तीमा एउटा फोटो खिच्नु हुने गर्थ्यो । तर तपाईँले आफ्नो लक्ष प्राप्त गरिसके पछि तपाईँको भोक अझै बढेर जान्छ र त्यसैले तपाईँको पथ प्रदर्शन गर्दछ । मलाई हिउँ चितुवाका अरू तस्विरहरू खिच्न मन लाग्यो: समूहको, जोडीको र परिवारको पनि । मेरो तस्विर खोजी अभियान मेरा लागि आवेग बन्यो र यसले मलाई सदियौ देखि वन्य जन्तु डुल्ने गरेका हिमालय पर्वतहरूको भित्रसम्म डोर्यायो ।

तपाईँले क्यामेरा ट्राप कसरी जडान गर्नु हुन्छ ?

सुरुका केही वर्षहरू सम्म त म प्राणी शास्त्री भन्दा पनि क्यामेरा जडान गर्ने मान्छे जस्तै थिएँ । सुरुमा क्यामेरा कहाँ राख्ने भन्ने कुनै निश्चित विधि थिएन; अलि धेरै स्व विवेकको विषय थियो । तर समय सँग हामीले मेसिनको गुणस्तर र हिउँ चितुवा र तिनको वासस्थान को विज्ञान ’boutमा  सिक्यौँ ।हामी हिउँ चितुवालाई मन पर्ने ठाउँहरूको खोजी गर्छौँ र त्यही हाम्रा क्यामेराहरू जडान गर्छौँ  । हामी उनीहरूले छोडेका चिन्हहरू र उनीहरूको दिसा पछ्याउँछौँ अनि मानव-हिउँ चितुवा द्वन्द्व भएका स्थानहरूको भ्रमण गर्छौँ । हामी ती ठाउँहरूमा घुमिरहने गोठालाहरूसित पनि कुराकानी गर्छौँ । हिउँ चितुवा धेरै देखिने भनेको उनीहरूलाई मिल्ने वासस्थानहरूमा हो । हामीले क्यामेरा कहाँ राख्ने भनेर सोच्दा यो कुरालाई ध्यान दिन्छौं । केही समय पछि हामी आफ्नो क्यामेरा लिन जान्छौँ । हिउँ चितुवाको फोटो कैद भएको छ भने हामी दङ्ग पर्छौँ नत्र आफैंलाई हौसला दिएर फर्किन्छौं ।

सन् २०१६ देखि हामीले क्यामेरा जडान गर्न एउटा ग्रिड प्रणालीको प्रयोग गर्न थाल्यौँ । हरेक ग्रिडमा ५ वर्ग किमी का ‘सेल’ (कोठाहरू) हुन्छन् । यो क्षेत्रमा अहिले २६ ग्रिडहरू छन् र हरेक ग्रिडमा हामीले २ वटा क्यामेरा ट्रापहरू जडान गरेका छौँ : एउटा फोटोको लागि र अर्को भिडियो को लागि । यी क्यामेराहरू एक अर्काको विपरित दिशामा राखिएको हुन्छ ताकी उनीहरूको (हिउँ चितुवाहरूको) पूरै शरिरको चित्र क्यामेरामा कैद गर्न सकियोस् । जडान गरिसके पछि हामी घर फर्किनछौँ र केही हप्ता पछि फेरि फर्किनछौँ सूचना सङ्कलनका लागि । यसरी नै हो साधारण तया सूचना सङ्कलन गरिने ।तर अहिलेसम्म हामीले खालि १३ वटा ग्रिडहरूमा मात्रै क्यामेरा ट्राप जडान गर्न सकेका छौँ । एउटै ग्रिडमा क्यामेरा जडान गर्न पनि हप्तौ लाग्छ । हामीले २ वटा स्टेसनहरू स्थापना गरेका छौँ : ५,३०० र ५,४०० मिटरको उचाईमा । यी स्टेसनहरूमा काम गर्न सबै भन्दा गाह्रो हुने गर्छ किन भने यी क्षेत्रहरू महिनौ सम्म पनि हिउँमा पुरिएर रहन्छन् ।

नागरिक वैज्ञानिक भएर काम गर्न पाउँदाको तपाईँको अनुभव कस्तो छ ? औपचारिक प्राज्ञिक डिग्री भएकाहरूसँग काम गर्दा कस्तो हुँदो रहेछ ? तपाईँलाई कहिले काहीँ आफूले पनि औपचारिक शिक्षा पाएको भए अझै राम्रो गर्थेँ जस्तो लाग्दैन ?

मैले विद्यालय शिक्षा पनि सकेको छैन त्यसैले फिल्डमा काम गर्ने जीव शास्त्रीका रुपमा काम गर्नु मेरो कल्पनाको विषय भन्दा टाढा थियो । तर म जति गहिराइमा प्रवेश गर्दै गएँ त्यति नै वन्यजन्तुलाई नजिकबाट बुझ्दै गएँ । सबै भन्दा गाह्रो काम चाहिँ क्यामेरा ट्रापबाट प्राप्त सूचनाको विश्लेषण गर्नु हो । मसँग त्यसो गर्ने क्षमता छैन । म फिल्डमा गरिने काममा खटिन सक्छु तर सूचनाको विश्लेषण म गर्न सक्दिनँ । तर यो सामूहिक प्रयास हो । म आफ्नो काम रमाएर गर्छु र वन्यजन्तुका लागि काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु ।

तपाईँको अनुसन्धान कार्यमा सबै भन्दा खुसीका र निराशाका कस्ता कस्ता क्षणहरू आए ?

कहिले काहीँ भाग्यले तपाईँलाई साथ दिन्छ । सन् २०१४ मा ४,२०० मि उचाइमा रहेको एक स्थानमा म हिउँ चितुवाका लागि क्यामेरा ट्राप जडान गर्दै थिएँ । मैले एउटा अतिरिक्त क्यामेरा लगेको थिएँ र त्यो पनि मैले जडान गरेँ। पछि मैले त्यो अतिरिक्त क्यामेरा भेटेँ । त्यो क्यामेरामा मैले केही फरक तस्विर पाएँ ।

त्यो तस्विर त पालास बिरालोको पो रहेछ । यो प्रजातिको बिरालो हिमालय क्षेत्रमा हराइसकेको  मानिन्थ्यो खास गरेर हाम्रो भेगमा। धरै समय अगाडि सन् १७७६ मा जर्मनेली प्रकृति शास्त्री पिटर साइमन पालासले मध्य एसियामा पहिलो पटक यी बिरालाहरू भेटेका थिए । त्यसैले यिनको नाम पालास राखिएको हो । यसको नेपाली नाम थिएन त्यसैले संरक्षणमा काम गर्ने साथीहरुले  यसको नाम तासी बिरालो राखिदिए (तिब्बती भाषामा तासीको अर्थ सौभाग्य हो) । त्यो बिरालोको नाम राख्न पाउँदा भाग्यमानी र गौरवान्वित महसुस गरेको छु ।

निश्चय पनि थुप्रै नरमाइला क्षणहरू पनि हुन्छन् । हामीले अहिलेसम्म तीनवटा क्यामेरा  हराइसकेका छौँ । हप्तौँसम्म योजना बनाएर अनि दिनहुँ हिँडेर जडान गरिएका क्यामेरा  सुरक्षित रहून् भनेर प्रार्थना हामीले गर्ने गरेका छौँ । क्यामेरा जडान गरेको ठाउँमा फिर्ता गएर हेर्दा क्यामेरा भेटिएन भने संसारै हराएको जस्तो महसुस हुन्छ । यो निकै नै पिडादायी हुन्छ । साधारण मानिसलाई यी क्यामेराको केही काम छैन तर पनि उनीहरूले क्यामेरा चोर्छन् । मलाई थाहा छैन किन यसो गर्छन् उनीहरू ।

अर्को समस्या भनेको हिउँ चितुवाको वासस्थानको विकटता हो। सन् २०१७ को नोभेम्बर महिनामा हामीले ५,३०० र ५,४०० मि को उचाई मा रहेका क्षेत्रहरूमा क्यामेरा जडान गरेका थियौँ । पछि ती क्षेत्रहरू पनि हिउँले ढाकिए । मार्च महिनामा ती क्यामेराहरू खोज्ने प्रयास गरेँ तर मैले पाइनँ । सायद मेमोरी कार्ड भरिइसकेको होला र ब्याटरी पनि सक्किसकेको होला । हिमालहरू काम गर्नका लागि कठिन क्षेत्र हुन् । त्यहाँको भू बनोट र ठाडा भिरहरू चुनौतिपुर्ण हुन्छन् । त्यहाँ काम गर्न प्रतिबद्धता र धैर्य चाहिन्छ ।

उच्च हिमालहरूमा बसोवास गर्ने वन्य जन्तुको संरक्षण गर्न के गरिनु पर्छ ?

लोपोन्मुख प्रजातिहरूको संरक्षण गर्नु महत्वपूर्ण छ तर यसो गर्नु चुनौतिपूर्ण छ । उदाहरणका लागि हिउँ चितुवाहरू उच्च कोटीका हिंस्रक जनावर हुन् । उनीहरूले हिमालयन ब्लू सीप (नाउर) जस्ता जनावरलाई मारेर खान्छन् । नाउर आफ्नो आहारका लागि घाँसमा निर्भर हुन्छ । उच्च हिमालयमा पनि पारिस्थितिक प्रणालीहरू हुन्छन् जसमा हरेक प्रजातिले महत्वपूर्ण भूमिका निभाइरहेका हुन्छन् । यदि हिउँ चितुवाको सङ्ख्या घट बढ भएको छ भने यसलाई पारिस्थितिक प्रणालीमा असन्तुलन आएको सङ्केतका रुपमा बुझ्नु पर्छ । भावी पुस्ताले पनि त यी सुन्दर प्रजातिलाई देख्न पाउनुपर्यो । त्यसैले हामीले उनीहरूलाई संरक्षित राख्नु पर्छ ।

सबै भन्दा महत्वपूर्ण कुरा भनेको हामीले यी प्रजातिहरूलाई महत्व दिनुपर्दछ । हामीले पहिले उनीहरूको महत्व बुझ्नुपर्दछ । त्यसपछि यदि हामी तिनीहरूको संरक्षण गर्न चाहन्छौं भने तिनीहरूको आनीबानी र तिनीहरूले सामना गर्नु परेका खतराहरूको ’boutमा गहिरो रूपमा बुझ्नु जरुरी छ । यसो गर्न वैज्ञानिक अनुसन्धान बाट मात्र सम्भव छ । हिउँ चितुवाका ’boutमा हामीलाई जति धेरै थाहा हुन्छ त्यति नै हामी उनीहरूलाई के चाहिएको हो राम्ररी बुझ्न सक्छौँ र उनीहरूलाई बाँच्न मद्दत गर्ने कदमहरू चाल्न सक्छौँ ।

यो सामग्री मोङ्गाबे इण्डिया र द थर्ड पोलको सहकार्यमा तयार पारिएको हो ।

 

के चीनको ‘भविष्यको शहर’को नमुना अनुकरणीय छ ?

$
0
0

करिब एक वर्ष अघि सियोङ आन शहरको योजना सार्वजनिक हुँदै गर्दा यसलाई चिनियाँ राष्ट्रपति सी चिन फिङले देखेका उच्च गुणस्तरीय शहरीकरणको सपनाको अनुपम उदाहरणको रुपमा हेरिएको थियो । यो परियोजना ‘आगामी सहस्राब्दी को लागि नै महत्वपूर्ण’ हुने भनिएको थियो ।हरित, अभिनव र अत्याधुनिक सियोङ आनलाई वायु प्रदूषण, पानीको हाहाकार र अनियन्त्रित शहरीकरण जस्ता ‘सहरी रोगहरू’ को समाधानको रूपमा चित्रण गरिएको छ ।सियोङ आनको समर्थनमा हालै सुरु गरिएको अन्तराष्ट्रिय अभियानको क्रममा चिनियाँ विदेश मन्त्रि वाङ यीले भने, यो शहर अब आउने शताब्दीको नमुना हुनेछ र यो ‘भविष्यको शहर’ हुनेछ ।

सरकारले सियोङ आनलाई हरित शहरीकरणको प्रयोगशालाको रुपमा विकास गर्न चाहेको छ र शहरका स्रोतहरूले धान्न सक्ने भन्दा जनसंख्या बढ्न नदिने वाचा गरेको छ । सियोङ आनलाई ‘सफा बिजुली’ (चीनमा प्राकृतिक ग्याँसलाई पनि सफा उर्जा मानिन्छ) बाट सञ्चालन गरिनेछ । शहरमा उत्पादन हुने आधा विद्युत नविकरणीय स्रोतहरूबाट आउने अपेक्षा गरिएको छ ।

चीन सियोङ आनलाई योजनावद्ध शहरीकरणको नयाँ नमुनाको रुपमा पेस गर्दै यसलाई उच्च प्रविधि, खोज र दिगो वित्तीय प्रणालीको केन्द्र बनाउन चाहन्छ । शहरले अबका ५ वर्षमा सहरी पूर्वाधार लगानी गर्ने १ खर्ब युआन हरित वित्तीय प्रणालीबाट ल्याउने योजना बनाएको छ । यसरी प्राप्त स्रोतको प्रयोग पारदर्शी हुने र यसले वातावरणलाई समेत सकारात्मक प्रभाव पार्ने उनीहरूको ठम्याई छ । सडकको तहमा हेर्ने हो भने सियोङ आनको ठूलो भाग हरित क्षेत्रको रुपमा विकसित गरिने भनिएको थियो । योजनाकारहरू चाहन्थे कि शहरमा मानिस मैत्री वातावरण बनोस्, बेइजिङको जस्तो धेरै ठूला ठूला सडकहरू नहून् ।

चीनका इको शहरहरूको कथा

हरित शहर वा क्षेत्रहरूको विकासको प्रयोग गर्ने मामिलामा चीन कहिले पनि हिच्किचाउदैन । जियाङसी राज्यमा रहेको यिचुन शहरले सन् १९८६ मा नै चीनको पहिलो हरित शहर हुने आफ्नो चाहनाको घोषणा गरिसकेको थियो । अस्टिन विलियम्सको किताब चाइनाज् अर्बन रेभोलुसन : अन्डरस्ट्यान्डिङ चाइनिज इको सिटिज (चीनको सहरी क्रान्ति : चिनिया इको शहरहरूको नालिबेली) का अनुसार दक्षिण-पश्चिम चीनको गाइचु राज्यको गुइयाङ शहरले सन् २००४ मा इको शहरमा आफूलाई रुपान्तरण गर्ने र फोहोर रहित चक्रिय अर्थतन्त्रको अनुसरण गर्ने पहिलो शहर बन्ने उद्‍घोष गरेको थियो ।

सन् २००८ मा साङ्घाई र हबेई प्रान्तको बाओडिङ शहर चीनकै पहिलो न्यून कार्बन प्रणाली र हरित जीवनशैली अपनाउने शहरहरू बने । चीनले उर्जा र प्राकृतिक स्रोतहरूको संरक्षण गर्न देशका विभिन्न स्थानहरूमा हरित औद्योगिक क्षेत्रहरूको पनि स्थापना गर्यो ।

विलियम्का अनुसार, यी कार्यक्रमहरूले मिश्रित सफलता हासिल गरेका छन् । केही शहरहरू तथ्याङ्कलाई तोडमरोड गरेर आफूले राम्रो काम गरिरहेको देखाउन समेत उद्धत भएका छन् । उदाहरणका लागि : केही हरित शहरहरूले आफ्नो सहरी केन्द्रहरूको मात्रै प्रदूषण मापन गर्छन् र उद्योगहरू भएका शहर बाहिरका क्षेत्रहरूको प्रदूषण मापन गर्दैनन् ।

लरेन्स बर्क्ली नेसनल ल्याबोरेटोरीले हालै सञ्चालन गरेको चीनले आधिकारिक रुपमा घोषणा गरेका न्यून कार्बन शहरहरूको अध्ययन भन्छ, ‘धेरै जसो शहरहरू अझै पनि कार्बन उत्सर्जन गर्छन् र उर्जाको चर्को प्रयोग गर्छन् ‘ र ‘उनीहरू न्यून कार्बन उत्सर्जन गर्ने शहर बन्न र हरित प्रणालीमा जान उनीहरूले अझै धेरै काम गर्नु पर्ने देखिन्छ ।’ तर रिपोर्टका लेखकहरूले बाह्रौं पञ्चवर्ष योजना (सन् २०१० -२०१५) को क्रममा यो सन्दर्भमा प्रगति भने हासिल भएको स्विकारेका छन् ।

के सियोङ आन फरक हुनेछ ?

चीनका अधिकांश हरित शहरीकरण योजनाहरूको नेतृत्व स्थानीय सरकारहरूले गरेका छन् । तर सियोङ आन परियोजना भने केन्द्रीय योजनाको अङ्ग हो । सियोङ आनको ‘न्यू एरिया’ विकास गर्न चाहनुमा चीनको प्रमुख उद्देश्य बेइजिङ माथिको बोझ कम गराउनु हो । चीनका दुई ठूला नयाँ शहरहरू सेनजेन र साङ्घाईको पुदोङ न्यू डिस्ट्रिक्ट को बिडो थाम्ने शहरका रुपमा पनि सियोङ आनलाई हेरिएको छ ।

तर यसले योजना निर्माणको माथि बाट तल (टप डाउन) प्रणालीलाई नै बलियो बनाउने देखिन्छ । ब्रुकिङ्स इन्सचिट्युटका चेङ ली भन्छन् सियोङ आनको न्यू एरियाले राष्ट्रपति सीको प्रशासनको नीति निर्माण र कार्यान्वयन गर्ने क्षमता जनता समक्ष देखाउने छ ।

अझ विस्तृत रुपमा भन्ने हो भने, नेतृत्वको पर्यावरणीय सोचको आधारमा शून्यबाट विशाल शहर निर्माण गरिएको यो पहिलो घटना हुनेछ ।

हरित वित्तीय प्रणालीको प्रयोग

सियोङ आनको हरित अभियान अन्तर्गत शहरमा नवीनतम् हरित वित्तीय प्रणालीको प्रयोग गरिनेछ । यस्तो प्रणाली स्थानीय खोलाहरू सफा गर्न, कम उर्जा खपत गर्ने भवनहरू निर्माण गर्न र सार्वजनिक पारवहन प्रणालीको विकास गर्न सदुपयोग गरिनेछ ।सियोङआनको न्यू एरियामा हरित वित्तीय प्रणालीको सम्भाव्यता ’boutको अध्ययनको नेतृत्व गरेका चाइना ग्रिन फाइनान्स कमिटीका अध्यक्ष मा जुनका अनुसार शहरका नयाँ परियोजनाहरू सुरु गर्न खर्बौ युआन पूँजीको आवश्यकता पर्ने अपेक्षा गरिएको छ ।

रिपोर्टले सियोङआनमा गैर पारम्परिक वित्तीयकरणको प्रयोग गर्न सकिने ठूलो सम्भावना माथि प्रकाश पारेको छ । त्यसै गरी परियोजनाको सुरु देखि नै दिगोपनको सोचलाई कार्यान्वयन गर्न सकिन्छ । रिपोर्टका अनुसार परियोजनामा निजी र सरकारी पूँजी आकर्षित गर्ने सबै भन्दा ठूलो तरिका हरित पूर्वाधारहरूलाई बैङ्क मैत्री बनाउनु हो । ‘सियोङ आनको हरित पूर्वाधारमा गर्न लागिएको लगानीको आकार ठूलो छ र यसको लगानी उठ्न लामो समय लाग्नेछ । त्यसै गरी शहरको राजश्व सङ्कलन कति हुनेछ भन्ने पनि अहिले यकिनका साथ भन्न सकिन्न । त्यसैले यसका लागि सरकारको नियमित बजेट भन्दा बाहिरका नवीनतम् वित्तीय स्रोतहरू खोज्नु जरुरी छ । यस्ता नवीनतम् स्रोतहरूले बजार र राज्य दुवैको नयाँ व्यापारलाई मलजल गर्न सक्ने क्षमताको भरपूर उपयोग गर्न सक्छन्’, रिपोर्टमा भनिएको छ ।

रिपोर्टका लेखकहरूले चेतावनी दिएका छन् कि वित्तीय प्रणालीका ’boutमा जानकारी र यस क्षेत्रमा अनुभव भएका मानिसहरूको कमीले परियोजनाको हरित वित्तीय प्रणाली अपनाउने चाहनामा वाधा पुर्याउन सक्नेछ । तर पनि स्थानीय तहमा विशेषज्ञहरूको कमी खासै चिन्ताको विषय बनेको छैन ।’सियोङआन अब हबेई राज्यको सियोङ आन मात्रै रहेन, यो अब चीनको सियोङ आन भएको छ । देशमा रहेका हरित वित्तीय प्रणालीका जानकारहरू छिट्टै नै परियोजनालाई सहयोग गर्न आउनेछन् । खासमा भन्ने हो भने यो प्रक्रियाले गति लिइसकेको छ । चीनका नीति निर्देशित बैङ्क तथा अन्य वित्तीय संस्थाहरूले अहिले यो परियोजनामा लगानी गर्ने ’bout सोचिरहेका छन् ‘, बैङ्किङ क्षेत्रमा काम गर्ने एक स्रोतले बतायो ।

चीन बाहिर पनि सियोङ आनलाई सहयोग गर्ने संरचनाहरू तयार हुँदैछन् । मा जुनको चाइना ग्रीन फाइनान्स कमिटी र लण्डन शहर मिलेर बेलायत-चीन हरित वित्तीयकरण केन्द्रको स्थापना गरेका छन् । केन्द्रले वित्तीय प्रोडक्टहरूको विकास गर्ने छ जसको प्रयोगले सियोङ आनका केही परियोजनाहरूमा लगानी गरिनेछ । लण्डनका लर्ड मेयर चार्ल्स बाउम्यान भन्छन्, सियोङआन ‘ संसारकै सबै भन्दा स्मार्ट र दिगो शहर बन्ने क्षमता राख्दछ ।”मैले आफ्नै आँखाले देखेको छु,’ केही महिना अघि सियोङआन पुगेका बाउम्यानले भने । ‘म निकै व्यग्रताका साथ हेरिरहेको छु हाम्रो केन्द्रले कसरी परियोजनालाई सहयोग गर्न सक्छ भनेर ।’

सियोङ आनको सफा बिजुली

सियोङआनको योजनामा हाल विकासकै क्रममा रहेका थुप्रै प्रविधिहरूलाई आत्म साथ गर्ने भनिएको छ । शहरको विद्युतिय ग्रिड सञ्चालन गर्ने स्टेट ग्रिड कर्पोरेसनका अनुसार शहरको १००% विद्युत सफा हुनेछ । उसले यो प्रक्रियालाई बयान गर्न छुट्टै शब्द नै बनाएको छ : ‘पुन: विद्युतीकरण’ । यसो गर्न कर्पोरेसनले विद्युत सञ्चय प्रविधिमा हुने परिवर्तनलाई तुरुन्तै लागू गर्ने, एकीकृत सोर्य उर्जा प्रणालीको प्रयोग गर्ने र विद्युतिय सवारी चार्जिङ गर्ने पूर्वाधारको विकास गर्ने उपाय अवलम्बन गरेको छ । न्यू एरियामा बनाइने यी पूर्वाधार स्मार्ट र सफा हुनेछन् ।

सियोङ आनमा माग हुने उर्जाको ५२% हिस्सा विद्युतले पुरा गर्नेछ । यो अनुपात पेरिस र टोकियो जस्ता ठूला शहरहरूको भन्दा बढी छ । सियोङ आनको विकासका लागि हालै तयार पारिएको गुरु योजना अन्तर्गत शहरले आफ्नै भू-तापीय स्रोतको पनि सदुपयोग गर्नेछ । प्राकृतिक ग्यास र दाउराले पनि शहरको उर्जाको मागको केही हिस्सा पूर्ति गर्नेछन् ।

तर स्थानीय रुपमै उत्पादन गरिएको विद्युतले भने शहरको मागको निकै सानो हिस्सा मात्र पूर्ति हुनेछ । शहरमा खपत हुने विद्युतको अधिकांश हिस्सा अल्ट्रा हाई भोल्टेज प्रशारण लाइनका माध्यमबाट उत्तरी हबेई राज्य र भित्री मङ्गोलिया बाट ल्याइने विद्युतले पूरा गरिनेछ । यी स्थानहरूमा वायु र सौर्य उर्जा पर्याप्त मात्रामा उपलब्ध छन् ।

यहाँ के पनि हेक्का राख्न जरुरी छ भने सफा विद्युत को चिनिया परिभाषाले न्यून कार्बन उत्सर्जन गर्ने नविकरणीय उर्जाका स्रोतहरूलाई मात्रै जनाउँदैन । सरकारी मापदण्ड अनुसार ग्याँसबाट सञ्चालित प्लान्टहरू पनि हरित परियोजनाका रूपमा सूचीकृत हुन्छन् । बेइजिङ र साङ्घाई जस्ता ठूला शहरहरूले पनि प्रशारण लाइन मार्फत बाहिरी क्षेत्रहरूबाट विद्युत भित्र्याउँछन् र यो विद्युत प्रायः जैविक इन्धनको प्रयोग गरेर नै उत्पादन गरिएको हुन्छ ।

पर्यावरणीय चुनौतीहरू

सियोङ आनलाई दिगो विकासतर्फ डोर्याउने प्रतिवद्धता प्रशंसनीय भए पनि यहाँका हरित गतिविधिहरूमाथि प्रश्न उठाउन सकिन्छ ’cause यो शहरमा लामो समय देखि पानीको अभाव छ । त्यसै गरी शहरका ’round अनगिन्ती स-साना फोहर, तथा छाला धातु प्रशोधन गर्ने प्लान्टहरू र गार्मेन्टहरू देखा पर्न थालेका छन् र यिनीहरूले स्थानीय अर्थतन्त्रमा टेवा पुर्याएका छन् ।’सियोङ आनमा पर्यावरणीय जोखिम भएका स्थानहरू छन् । बैँक तथा वित्तीय संस्थाहरूले यहाँ लगानी गर्दा सामाजिक र आर्थिक जोखिमको लेखा जोखा गरेर मात्रै आफ्नो स्रोत परिचालन गर्नु पर्ने छ’, बैङ्क क्षेत्रको स्रोतले बतायो ।

ग्रिनपिस पूर्वी एसियाका झाङ काईले चीनमा बामे सर्दै गरेको हरित वित्तीय प्रणालीलाई दुई ठूला समस्याहरूको उजागर गरे : परियोजनाको वर्गीकरण र पारदर्शिता । यदि यी दुई समस्याहरूलाई समाधान गरिएन भने सियोङ आनको महत्त्वाकाङ्क्षी योजनाले अवरोधको सामना गर्नु पर्ने हुन सक्नेछ ।चीनको हरित परियोजना मापदण्ड प्रचलित अन्तराष्ट्रिय मापदण्डसित मेल खाँदैन । चिनियाँ मापदण्डका अनुसार कुनै कुनै वातावरणमा हानि पुर्याउन सक्ने परियोजनाहरूलाई समेत हरित भनेर वर्गीकरण गर्न सकिन्छ । चीनले आगामी केही महिनाहरूमा वर्गीकरण मापदण्डको संशोधन गरेर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

दिर्घकालमा सियोङ आनले पानीको अभाव बेहोर्नु पर्ने देखिन्छ । चिनिया विज्ञान प्रतिष्ठानले हालै जारी गरेको चेतावनीमा भनिएको छ उत्तर चीनकै सबैभन्दा ठूलो सिमसार क्षेत्र बाइयाङदियाङ तालको नजिकै रहेर पनि सियोङ आनको भूमिगत पानीको तह डरलाग्दो दरमा घट्दै छ । यसका कारण जमिन भासिने क्रम भने बढ्दो छ ।वैज्ञानिकहरू के पनि भन्छन् भने जलवायु परिवर्तनका कारण हुने मौसमी प्रक्रियामा हुने गडबडीका कारण सन् २०२६-२०४६ को बीचमा सियोङ आनको अवस्था खस्किने देखिन्छ ।

सियोङ आनको नमूना

सियोङआन चुनौतीहरूको माझमा घेरिए पनि परियोजनाले चीनमा बहु आयामिक प्रभाव पार्नै देखिन्छ । नेतृत्वको दूरदर्शिताको उपज शहर सियोङआन चीनमा नयाँ प्रकारको शहरीकरणको नमुना हुनेछ ।फाइनान्स कमिटीका अध्यक्ष मा जूनको धारणा पनि त्यस्तै छ । उनी भन्छन् सियोङ आनको नमूना अरु ठाउँमा पनि फैलिन सक्छ ’cause चीनले बेल्ट एण्ड रोड अभियान अन्तर्गत एसिया, युरोप र अफ्रिकामा थुप्रै पूर्वाधारमा लगानी गर्दैछ । तर अभूतपूर्व राजनीतिक समर्थन र ठूलो स्तरमा विशेषज्ञहरूको सहभागिताले सियोङ आनलाई एउटा अपवाद बनाइदिन सक्छ जसलाई अरू ठाउँमा अनुसरण गर्न सकिनेछैन । ‘हरित वित्त को कुरा गर्ने हो भने, मलाई लाग्दैन सियोङ आनको नमुना अरू शहरहरूमा अनुसरण गर्न सकिन्छ ‘, ग्रिनपिसका झाङ भन्छन् ।

उनका अनुसार गुवाङदोङ, गुइचु, जियाङसी, झेजियाङ र सिन्जियाङ जस्ता हरित परियोजनाहरूले सियोङआनको जस्तो राजनीतिक समर्थन पाएका छैनन् । त्यसैले यी शहरहरूले (सियोङ आनले होइन) हरित वित्तीय प्रणालीको प्रयोग कसरी गरिरहेका छन् भन्ने तथ्यले चीनमा हरित वित्त कत्तिको सफल भइरहेको छ भन्ने देखाउनेछन् ।

त्यसै गरी, सियोङ आनलाई आफ्ना बासिन्दाहरूको विद्युतको माग पुरा गर्न कुनै समस्या हुने छैन किन भने उसले सजिलै बाहिरबाट बिजुली किन्न सक्छ । सियोङ आनसित थुप्रै पैसा छ र बलियो राजनीतिक समर्थन पनि छ । ‘यो सब बेइजिङ र साङ्घाई जस्तै हो,’ सियामेन विश्वविद्यालयको उर्जा अर्थशास्त्र केन्द्रका निर्देशक लिन बोचियाङले भने । ‘सियोङआन शून्यबाट निर्माण गरिँदै छ त्यसैले यहाँ फेन्सी सोचहरू प्रयोगमा ल्याउन सकिन्छ, स्मार्ट ग्रिड बनाउन सकिन्छ अनि विकेन्द्रिकृत सौर्य प्यानल जडान गर्न सकिन्छ । तर यो नमुना अरू ठाउँमा अनुसरण गर्न त्यति सजिले छैन ।’

सियोङ आनको निर्माण प्रक्रियालाई चिनिया प्राज्ञ र सञ्चार माध्यमहरूले देश बाहिर भएका यस्तै प्रयोगहरूसित तुलना गरेका छन् । उदाहरणका लागि बेलायतको मिल्टन केन्स र जापानको त्सुकुबालाई सम्झने गरिन्छ । दुवै शहर सन् १९६०को दशकमा स्थापना गरिएका थिए र दुवैको लक्ष राजधानी (लण्डन र टोकियो) माथिको दवाव कम गराउनु थियो । विशेष गरि त्सुकुबाको आकाङ्क्षा सियोङआनको जस्तै नमुना शहर बन्ने थियो जहाँ विश्वविद्यालय र अन्वेषण केन्द्रहरू फस्टाउन सकून् । तर दुवै परियोजानले अपेक्षाकृत सफलता हात पार्ने सकेनन् । केही सहरी योजनकारहरू भन्छन्, केन्द्रीकृत योजना निर्माणले यस्तो काम सम्भव छैन भन्ने अमेरिकाको सिलिकन भ्यालीको उदाहरणले देख्न सकिन्छ । सिलिकन भ्याली राज्यद्वारा कम नियन्त्रित थियो र परिवर्तनका लागि खुल्ला पनि ।

सोयोङ आनमा भइरहेको प्रयोग बेलायत र जापानको भन्दा फरक परिवेशमा भइरहेको छ त्यसैले यसको कथा बेग्लै हुन सक्ला । सियोङ आन कत्तिको सफल/असफल भयो भनेर जान्न केही दशक भन्ने प्रतीक्षा नै गर्नु पर्नेछ ।


अछ्रो थरको नुन खानीका कामदारलाई गरिवीले दिएको घाउ

$
0
0

अछ्रो थारमा बस्ने मानिसहरूका लागि नुन सङ्कलन आय आर्जन गर्ने एक मात्र तरिका हो । सिन्धको अछ्रो थार मरुभूमि यहाँको प्राकृतिक छटा, बालुवाका ढिस्का तथा तालहरूका कारण प्रख्यात छ । करिब २,३०० वर्ग किमिमा फैलिएको नुनिलो ‘श्वेत मरुभूमि’ मा प्राकृतिक रुपमा नुनले जमिन ढाक्ने  भएका कारण यहाँ थोरै मात्र रुख बिरुवा देखिन्छन् । यसका कारण यहाँका मानिसहरूले थोरै मात्र गाईवस्तु पाल्न सक्छन् र मानिसहरू जीविकोपार्जनका लागि यहाँको नुन उत्पादन हुने आठ तालहरूमाथि निर्भर छन् ।

सिन्ध क्षेत्र मुदाकर, बुसरियो, सेनहारी र पानीवारी जस्ता नुन तालहरूको घर हो । भारी वर्षा पछि यी तालहरूमा पानी भरिन्छ अनि नुन सतहमा थिग्रिन्छ । नुन तालहरू पानीले सिञ्चित गरेको क्षेत्रबाट नुन र अन्य खनिज बगाएर ल्याउनुले बन्छन् । पानी वाष्पीकरण हुन्छ तर नुन भने बाँकी रहन्छ । चाहिएको जति बाक्लो भएपछि नुन उत्खनन गरिन्छ र पछि प्रशोधन गरिन्छ । यस्तो खालको उत्खनन संसारका कुनै कुनै ठाउँहरूमा मेसिनले गर्ने गरिन्छ तर अछ्रोका ताल नजिकै झुपडी बनाएर बसेका महिला तथा पुरुषले यो सबै काम हातले गर्दछन् ।

श्वेत मरुभूमिमा जीविकोपार्जनका कमै अवसरहरू उपलब्ध हुन्छन् (फोटोः अख्तर हफीज)

अछर कोल्हीले नुन तालमा काम गरेको धेरै वर्ष भयो । उनको हात, खुट्टा र पाखुरा सबैमा नुनको लेप लागेको छ । काटेको ठाउँमा आफै किनेर ल्याएको औषधि लगाएका कारण उनको खुट्टामा हरिया टाटाहरू देखिन्छन्।’यो समाद बन्ड (स्थानीय बजारमा पाइने गुँद) हो । नुन तालमा काम गर्दा मलाई धेरै जसो चोट लाग्छ । म यो बन्ड लगाउँछु ’cause अरू केहीले पनि नुनलाई घाउभित्र जानबाट रोक्न सक्दैन हामीले यो बन्ड गाएर काम गर्न सक्छौँ ।

स्वास्थ्य सेवाको अनुपस्थितिका कारण कामदारहरू धेरै जसो गुँदले आफ्ना घाउहरू टाल्ने गर्दछन् । समाद बन्ड न त औषधि हो न त मलम नै । विभिन्न घरायसी सामानहरू जोड्न प्रयोग गरिने समाद बन्ड सिकर्मीहरूले प्रयोग गर्दछन् । तर उत्खननमा संलग्न कामदारहरू भने यसको लेप बनाएर नुनको कडा सतहमा काम गर्न प्रयोग गर्दछ ।अछर भन्छन् , ‘हामीले घाउमा लाउन कुनै औषधि पाउँदैनौँ । नुन छिर्नबाट बचाउन यो गुँद हाम्रा लागि पर्याप्त छ ।’ घाउ धेरैजसो हात र औँलाका टुप्पाहरूमा हुन्छ । नुन सङ्कलन गर्नेहरूले नुनको ब्लक बनाएर बेच्छन् ।उनीहरूले हातमा घसेर नुनलाई सानो धुलो बनाउँछन् । नुनका तीखा र साना कणहरूले काट्न सक्ने भएकाले उनीहरूको खुट्टाले पनि मूल्य चुकाउनुपर्छ । नुन यहाँका मानिसहरूको जीविकोपार्जनको श्रोत हो भने उनीहरूको घाउको कारण पनि हो ।

सानै देखि तालमा काम गर्न थालेका हुन् अचर । उनी बिहानै आउँछन् र बेलुका ६ बजे सम्म काम गर्छन् । सयौं अरू मजदुरहरू जस्तै उनी घण्टौँ खन्ने र नुनको ढुङ्गा फुटाउने गर्दछन् । खन्ने र फुटाउने काम सकिएपछि उनीहरू नुनलाई धुन्छन् र बोरामा हालिन्छ । यी मजदुरहरू निम्न स्तरको जीवन यापन गर्न बाध्य छन् । उनीहरूसित न स्वास्थ्य सेवाको पहुँच छ न घण्टौँ हिँडेर स्वास्थ्य चौकी जाने पैसा नै छ । ताल नजिकै काठ र परालले बनाइएको झुपडीमा बस्ने महिला तथा पुरुषहरूसँगै काम गर्छन् । तर उनीहरूको आयले उनीहरूलाई गरिवीको रेखा मुनि नै राख्दछ। ताल ’round बस्ने मानिसहरूसित यस्तो खालका झुपडीहरू बनाउने मात्र पैसा छ ।

आठ जना लोडरहरूले एक पटकमा ट्रकमा नुन लोड गर्ने गर्दछन् । एकजना लोडरले एक ट्रक बराबर ४०० पाकिस्तानी रूपैयाँ (२.५८ डलर) पाउँदछ । बोरा भर्ने मजदुरहरूले प्रति महिना ३,००० पाकिस्तानी रूपैयाँ (१९.३८ डलर) पाउने गर्दछन । बोरा बान्नेहरूको तलब २,३०० पाकिस्तानी रूपैयाँ छ । तर एउटा बोराका लागि अछरले १.५ रूपैयाँ मात्र पाउँदछन् ।’हामीले आफ्नो श्रमको मूल्य पाएका छैनौँ । तर हामीसित अरू कुन उपाय छैन’, अचर भन्छन् । उनका बाबु पनि नुन सङ्कलक थिए । ‘सायद मेरो छोरा पनि नुन सङ्कलक नै हुनेछ ।’

श्रमको शोषण

यसरी सङ्कलन गरिएको नुन देशको एउटा भागबाट अर्को भागसम्म ढुवानी गर्ने गरिन्छ तर पुरै व्यापार चक्र अनौपचारिक रुपमा काम गर्ने ठेकेदारहरूको हातमा छ । उनीहरू कुनै पनि श्रम कानुन मान्दैनन् ।

अछ्रो तालको नुन देशभर ढुवानी गरिन्छ । फोटो अख्तर हफीज

पाकिस्तानको श्रम कानुनमा सामाजिक सुरक्षा वीमाको प्रावधान छ तर कानुन विपरीत उनीहरूलाई कुनै सुविधा दिइएको छैन । तर एक ठेकेदारले भने कामदारहरूको कुनै गुनासो नरहेको बताउँछन् । ‘कामदारहरू आफै सस्तो ज्यालामा काम गर्न तयार हुन्छन् । यहाँका स्थानीयहरूले यो काम पुस्तौं देखि गर्दै आएका छन्, उनीहरू हामीसित खुसी नै छन्’, नाम उल्लेख नगर्ने सर्तमा उनले भने ।

उनले भने, ‘उनीहरूको कुनै पनि सुरक्षा उपकरण प्रयोग नगरी काम गर्ने बानी छ । यसो गर्दा घाउ चोट लाग्नु सामान्य कुरा हो तर स्थानीय रुपमा उपलब्ध औषधिको प्रयोग गरेर घाउको उपचार गर्छन् । उनीहरूको स्वास्थ्य चिन्ताजनक स्थितिमा छैन ।’ उनले भने जस्तै कामदारहरूको स्वास्थ्य चिन्ताजनक स्थितिमा नहोला तर ठेकदार र सरकारलाई उनीहरूको स्वास्थ्यको चिन्ता नै छैन भन्ने आकलन पनि उनको भनाई बाट गर्न सकिन्छ । तालको नजिकै रहेको बख्रजी गाउँका १८ वर्षीय किर्षनले नुनको बोरा भर्न थालेको ६ वर्ष भइसकेको छ ।

करिब १२ वर्ष पुगेपछि बालबालिकाहरू पनि आफ्नो बुवा आमाको पद चाप पछ्याउँदै नुन उत्खनन गर्न आउन सुरु गर्छन् । फोटो अख्तर हफीज

‘मैले यो काम मेरा लोडर बाबुसँगै गर्ने गरेको छु । मैले बोरा भर्छु र उनले बोरालाई ट्रकमा लोड गर्छन् । जाडो महिनामा काम गर्न गाह्रो हुन्छ, तर के गर्नु ? हामीसित अरू उपाय केही छैन।’ किर्षन र उनका बुवाको आयमा नै उनीहरूको परिवार आश्रित छ । ठेकेदारहरूलाई ज्याला बढाइदेओ भन्दा उनीहरूले काम छोडेर जान भन्ने गरेको उनी भन्छन् । ‘यहाँ सस्तोमा काम गर्ने अरू धेरै बेरोजगार मानिसहरू छन्’, ठेकेदारहरूले उनलाई सुनाउँछन् । धेरै जसो कामदारहरू न त सुरक्षाका उपकरणहरू प्रयोग गर्दछन् न काम गर्दा सावधानी नै अपनाउँदछन् । अहिले खिप्रो र हाथोङ्गो नजिकका ३ तालहरूमा नुन उत्पादन हुन्छन् । यहाँ करिब ५० महिला कामदारहरू काम गर्छन् ।

तालको नजिक राखिएका नुनका बोरा (फोटो अख्तर हफीज)

महिला कामदारहरूको पीडामा ध्यान दिने कोही छैन

पचास वर्षीय जमुना बाई तालसित जोडिएको गाउँमा बस्छिन् । उनको काम नुनलाई तालको पानीले धुनु र सफा गर्नु हो । ‘हामी एउटा निम्न स्तरको जीवन बाँच्न बाध्य छौँ । म तन्नेरी हुँदा मैले यो काम गर्न सुरु गरेको थिएँ, अहिले म बुढी भइसकेँ। समग्रमा न हाम्रो दिन बदलिएको छ न रात नै ।’ ‘नुन धुने बेला धेरै जसो घाउ हुन्छ । मैले कहिले काहीँ प्लास्टिकले बेर्छु (आफ्नो हातखुट्टा) तर कति दिन सम्म बेर्नु ? यो दिगो समाधान होइन ।’

जमुना बाईको परिवारका सबै सदस्यहरूले यही नै काम गर्छन् । उनका छोराहरू बोरा बान्ने काम गर्छन् ।’नुनले हाम्रो छाला र मांसपेशी सडेको छ । हामीले उपचारका लागि औषधि पाउँदैनौँ । हामीले यो काम अरू कुनै उपाय नभएर र गरिवीका कारण गरेका हौँ । हामीसितै काम गर्ने केही महिलाहरू गर्भवती छन् तर उनीहरूले आराम गर्न विदा माग भने उनीहरूले ज्याला पाउनेछैनन् र उनीहरूका बालबच्चाले दुःख पाउनेछन् । मलाई मेरो नातिलाई स्कुल पठाउने मन छ तर हाम्रो वर-पर स्कुल नै छैन ।’

मीठो पानीको सुविधा

एक जना समाज सेवीले हालै बख्रजी गाउँमा चारवटा मीठो (पिउने) पानीका धारा जडान गरिदिएका थिए । धारा जडान भएपछि सधैं टाढासम्म हिँडेर पानी ओसार्नु पर्ने वाध्यता भएका गाउँलेहरूले पहिले पटक आफ्नै आँगनमा पिउने पानी थाप्न पाएका छन् । अभियन्ता निहाल वाधवानी भन्छन्, ‘ विचरा कामदारहरू साह्रै गाह्रो अवस्थामा काम गर्न वाध्य छन् । उनीहरूलाई कुनै पनि सुरक्षा उपकरण दिइँदैन भने र थाहा पाउँदा म आश्चर्यचकित भएको थिएँ । नुन सङ्कलन र लोड गर्ने महिला तथा पुरुष कामदारहरूको हात र खुट्टामा घाउ भएको मैले देखेको छु । उनीहरूका लागि औषधि पसलहरू छैनन् । धेरै समय नुन पानीमा काम गरिसके पछि उनीहरूको खुट्टा अपाङ्ग हुन जान्छ र घाउमा सङ्क्रमण हुन जान्छ । यस्ता सङ्क्रमण पुरै शरीरमा फैलन्छ र निको हुन धेरै समय लाग्दछ ।

उनी भन्छन्, सबैभन्दा नजिकैको स्वास्थ्य चौकी गाउँबाट निकै टाढा छ र दिनभर थकाउने काम गरेपछि उनीहरू त्यहाँ गएर सहयोग माग्ने अवस्थामा हुँदैनन् । प्रान्तीय सरकार मातहतको सिन्ध शिक्षा फाउन्डेसनले हालै एउटा स्कुल स्थापना गरेको छ । तर स्कुल बख्रजी गाउँबाट १० किमी टाढा छ र यसै कारण उनीहरू त्यहाँ पढ्न जाँदैनन् । पाकिस्तानमा न्यूनतम् मासिक तलब रु १७,००० (११० डलर) तोकिएको छ तर व्यवहारिक रुपमा यो लागू भएको छैन ।

कानुनी सहायता समाजका कार्यक्रम व्यवस्थापक जमील जुनेजो भन्छन् कामदारहरूको सुरक्षा सुनिश्चित गरिनु पर्छ । सिन्ध सरकारले सन् २०१७ मा जारी गरेको व्यावसायिक स्वास्थ्य तथा सुरक्षा कानुनले यसो गर्नु भनेको छ, उनले भने । कानुनले रोजगारदातालाई वस्तु, सामग्री र पदार्थको उपयोग, भण्डारण, व्यवस्थापन र ढुवानी गर्दा श्रमिकहरूको स्वास्थ्यमा चोट नलाग्ने गरी र कुनै पनि जोखिम नहुने प्रबन्ध मिलाउन भनेको छ । त्यस्तै कार्य स्थलमा श्रमिकहरू र अन्य व्यक्तिको सुरक्षा र स्वास्थ्यलाई असर गर्ने शारीरिक, रासायनिक, जैविक, रेडियोलोजिकल, एर्गोनोमिक, सामाजिक तथा मानसिक वा अन्य कुनै पनि खतराहरू नियन्त्रण र रोकथामका लागि व्यवस्था गर्न पनि भनेको छ ।

जुनेजो भन्छन्, ‘कुनै पनि कामदार, चाहे ऊ नुन खानीमा काम गरोस् वा अरू कुनै उद्योगमा, उसले एउटै प्रकृतिको स्वास्थ्य र सामाजिक सुरक्षा चुनौतीहरूको सामना गर्नु पर्दछ । कार्यालय समय पश्चात् गरिएको कामको पारिश्रमिक पाइन्न । यो कामदारको अधिकारको हनन मात्रै नभएर मानव अधिकारकै हनन पनि हो । तर सबैलाई लाग्छ उनीहरूको स्वास्थ्य ‘चिन्ताजनक’ अवस्थामा छैन ।

 

गङ्गटा ह्याचरीको विस्तारले बङ्गलादेशमा जगायो आशा र आशङ्का

$
0
0

बङ्गलादेशमा पहिलो पटक मानव निर्मित ह्याचरीले गङ्गटा उत्पादन गरेको छ । समुद्रमा माछा तथा गङ्गटा मार्न जाँदा हुने जोखिम कम गर्न र गङ्गटा खेतीको माध्यमबाट स्थानीय मानिसहरूको आर्थिक स्थिति सुधार्ने तर्फको पहिलो कदमको रुपमा यसलाई हेरिएको छ ।सरकारले हरेक वर्षको केही समय गङ्गटाको सङ्ख्या घट्न नदिनका लागि गङ्गटा मार्न प्रतिबन्ध लगाउने तयारी गरेको स्थितिमा ह्याचरीमा गङ्गटाको उत्पादन हुनुलाई महत्वपूर्ण मानिएको छ । सरकारी प्रतिबन्धको ठूलो असर तटिय क्षेत्रमा बस्ने गङ्गटामा निर्भर समुदायको आयमाथि परेको छ ।

जमिन मुनिको पानीमा समुद्रको नुनिलो पानी मिसिनु यस क्षेत्रको अर्को ठूलो समस्या हो । बङ्गलादेशको तटिय क्षेत्रमा रहेका थुप्रै खोलानालाहरू निकै नुनिलो भइसकेका छन् र यसका कारण यी नदीहरूमा पाइने थुप्रै माछाहरू लोप भइसकेका छन् । पानी अत्यधिक नुनिलो हुनाले यसमा भाइरसको सङ्क्रमणको असर बढेर गएको छ । यसका कारण सिङ्गो माछा खेती नै प्रभावित भएको छ । अहिलेसम्म गङ्गटाले मात्रै यस्तो परिवर्तन झेल्न सक्ने देखिएको छ ।

गङ्गटा पाल्न बनाइएका पोखरीहरू फोटो (बनानी मल्लिक)

यसका कारण केही विज्ञहरू गङ्गटा खेतीलाई जलवायु अनुकूलन र आय आर्जनको स्रोतको रुपमा विकास गर्न चाहन्छन् । यसो गरिनाले जापान, चीन र इन्डोनेसियासम्म ठूलो परिमाणमा गङ्गटा निर्यात गर्ने दक्षिण पश्चिमी बङ्गलादेशको पारिस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राख्न सकिने छ। यहाँ फस्टाउँदै गरेको व्यवसायका कारण सुन्दरवनको सामनागोर थाना अन्तर्गतको गबुरा र भखिरा जिल्लामा प्राकृतिक रुपमा जन्मिएका गङ्गटाहरूको वृद्धि र विकासका लागि प्रत्युत्पादक भएका छन् । गङ्गटाको खेतीले यस्तो अवस्थाबाट पार लगाउन सक्छ ।

द थर्डपोलसँग कुरा गर्दै बङ्गलादेशको पारिस्थितिक प्रणाली र जैविक विविधताका ’bout अनुसन्धान गरेका पवल पार्थ भन्छन्, ‘नरम खबटा भएका गङ्गटाले सुन्दरवनका कडा खबटा भएका गङ्गटाको वासस्थान नास गर्न सक्छन् । कडा खबटा भएका गङ्गटाले मात्र अण्डा पार्न सक्छन् तर नरम खबटा भएका गङ्गटा खानका लागि उपयुक्त हुन्छ । यदि प्राकृतिक रुपमा नरमबाट कडा खबटा निर्माण हुने प्रक्रिया रोकिएमा प्रजनन रोकिनेछ र सामुद्रिक पारिस्थितिक प्रणालीको सन्तुलन खलबलिनेछ ।

 

निर्यातकर्ता मोहम्मद सेलिम वयस्क गङ्गटा तयार पार्दै (फोटोः बनानी मल्लिक)

कोस्ट ट्रस्ट नाम गरेको एउटा राष्ट्रिय गैर सरकारी संस्थाले पल्ली कर्म सहायक फाउन्डेसनको आर्थिक र प्राविधिक सहयोगमा कोक्स बजारमा गङ्गटाको ह्याचरी स्थापना गरेको छ । स्थानीय जनतालाई लक्षित गरेर उनीहरूका लागि ठूलो स्तरमा आय र रोजगारीको अवसर सिर्जना गर्नका लागि गङ्गटा ह्याचरी कार्यक्रम सञ्चालन गरिएको हो,फाउन्डेसनका सहायक प्रबन्धक मोहम्मद मोसराफले बताए ।

गङ्गटा कार्यक्रमका वरिष्ठ संयोजक मिजान रहमानले द थर्डपोललाई बताए अनुसार , सुरुमा आठ महिना पहिले महेशखाली नदीको टापुबाट ३० वटा पोथी गङ्गटा यहाँ ल्याइएको थियो । उनीहरूलाई ४२ दिनसम्म ह्याचरीको ‘मदर’ युनिटमा राखिएको थियो जहाँबाट उनीहरूले अन्डा पारेका थिए । अन्डाबाट बच्चा निस्किन ३२ दिन लाग्यो । करिब १,००० भुराहरू बाँचे । बिजुलीको अभाव, पानीमा नुनको कमी र अन्डाका लागि चाहिने औषधि र खाना पर्याप्त मात्रामा उपलब्ध नहुनुका कारण अझै धेरै भुरा उत्पादन गर्न सकिएन ।

‘गङ्गटाका अन्डालाई प्रति हजार भागको २८-३० भाग नुन चाहिन्छ तर महेशखाली नदीको पानीमा नुनको मात्र प्रति हजार भागको २४ भाग मात्र छ । यसका कारण थुप्रै अन्डा खेर गए,’ उनले बताए । माघ देखि जेठ महिनाको बीचमा पानीमा नुनको मात्रा बढ्छ त्यसैले गङ्गटा ह्याचरीहरू त्यो बेला अलि राम्रोसित काम गर्न सक्छन् । तटिय क्षेत्रहरूमा दोहन गरिएका कारण प्राकृतिक रुपमा पाइने गङ्गटाको सङ्ख्यामा ठूलो गिरावट आएको छ ।’स्थानीय माझी समुदायले बितेका दश वर्षमा विना रोकटोक धैरै माछा र गङ्गटा मारेको छ । यसका कारण माछा र गङ्गटाको सङ्ख्या ह्वात्तै घटेको छ,’ सतहिरा जिल्लाका वृद्द सुधामोइ माझी भन्छन् ।

यसो हुँदै गर्दा नयाँ रोगहरू र अनैतिक अभ्यासहरूका कारण बङ्गलादेशको झिङ्गे माछा निर्यातमा ह्रास आएको छ । ‘अहिलेको स्थितिमा गङ्गटाको अन्तराष्ट्रिय माग अत्यधिक भएकाले यसको निर्यातले राहत दिन सक्छ ‘, कोक्स बजार स्थित बङ्गलादेश मत्स्‍य अनुसन्धान केन्द्रका विज्ञान अधिकृत जाकिया रहमान भन्छिन् ।’हामीले आफ्ना स्थानीय कृषकहरूलाई तालिम दिनुछ र उनीहरूको औषधि र दानामाथिको पहुँच बनाउनुपर्नेछ,’ उनले भनिन् ।

बक्सामा गङ्गटा हुर्काइँदै (फोटो बनानी मल्लिक)

बक्सामा गङ्गटा हुर्काइँदै (फोटो बनानी मल्लिक)

हाल गङ्गाटको मूल्य ६००-७०० टाका (७.०७-८.२५ डलर) प्रति किलो छ , तर वैशाख महिनातिर चीनमा मनाइने एक चाडका कारण माघ बढ्छ र मूल्य १,५००-२,००० टाका (१७.६७-२३.५६ डलर)सम्म पुग्दछ ।

सावधानी जरुरी

तर गङ्गटा ह्याचरी स्थापना गर्नु नै सर्वोत्तम उपाय हो भन्नेमा सबै एकमत छैनन् । वन तथा प्रकृति विज्ञ इस्तियाक उद्दिन अहमद भन्छन्, गङ्गटा ह्याचरीहरले वातावरणमा पार्न सक्ने दिर्घकालीन नकारात्मक प्रभावको कुनै अनुसन्धान गरिएको छैन । ‘गङ्गटा खेतीका असरहरूका ’boutमा बुझ्न हामीलाई केही समय लाग्छ,’ उनले भने । तर उनले तटिय क्षेत्रका खेतीयोग्य जमिनमा ह्याचरी बनाइँदै गरिएकाले सो क्षेत्रमा अन्ततः नुनको मात्रा बढ्ने बताए । ‘गङ्गटा खेतीका लागि प्रयोग भइरहेको खेतीयोग्य जमिन अन्ततः बाँझो हुनेछ । त्यसमा धान वा तरकारी फलाउन सकिने छैन,’ अन्तराष्ट्रिय प्रकृति संरक्षण संघका पूर्व राष्ट्रिय प्रतिनिधि समेत रहेका अहमदले भने ।

अब के गर्नु पर्ला त भन्ने प्रश्नको उत्तरमा उनी भन्छन्, तटिय क्षेत्रमा गङ्गटा, झिङ्गे माछा र अन्नबालीका लागी छुट्टा- छुट्टै जग्गा तोकिनुपर्छ । जल संरक्षणमा काम गर्ने ढाका स्थित नागरिक समाजका सदस्यहरूको संस्था रिभराईन पिपलका महासचिव शेख रोकोन भन्छन्, तटिय क्षेत्रमा गङ्गटा खेतीका दुई ठूला नकारात्मक असरहरू देखिएका छन् ।

पहिलो असर हो प्राकृतिक रुपमा पाइने भुरा र अन्य साना जलचरहरूको अधिक प्रयोग । कृषकहरूले आफूले हुर्काएका गङ्गटालाई खुवाउन अधिक मात्रामा भुरा र अन्य साना जलचर समाउँछन् । यसले अरू जीवहरूको खाद्य चक्रमा समेत असर पुग्ने गरेको छ ।दोस्रो असर पानीमा पर्छ । गङ्गटा ह्याचरीहरूमा प्रयोग हुने पानी अप्रशोधित र प्रदूषित हुन्छ , यस्तो पानीलाई गङ्गटा खेती गर्न बनाइएको तटबन्धमा प्वाल खोपेर वा पाइपको सहायताले नाली बनाएर प्राकृतिक नदी नालामा मिसाइन्छ । यसका कारण वातावरण मात्र नभएर तटिय क्षेत्रमा बस्ने समुदायको स्वास्थ्यमा समेत असर परेको छ ।

वन्यजन्तु बने भुटानी कृषकहरूका लागि चिन्ता

$
0
0

महिनौसम्म आफ्नो खेत रातभर रुङेकी जात्सोम र उनको परिवारले आफ्नो आलु वालीबाट गत वर्ष करिब ९२,००० नुल्त्रम कमाएका थिए । उत्तर पूर्वी भुटानको हाआ जिल्लाको याङथाङ गाउँमा आलुबाट भएको अहिलेसम्म कै सबैभन्दा बढि कमाई हो यो । सोही वर्ष उनका गाउँका धेरै जसो कृषकहरूको करिब ४० प्रतिशत आलु जङ्गली बँदेलले सखाप पारिदिएका थिए ।

कृषि तथा वन मन्त्रालयका अनुसार देशभर नै जङ्गली जनावरले वाली नास गर्ने र घर पालुवा जनावर मार्ने समस्या देखिएको छ । सन् २०१७ को देशको अवस्था प्रतिवेदनमा ७० प्रतिशत किसानहरूले जङ्गली जनावरले वाली नास गरेको बताएका थिए भने १२ प्रतिशतले जङ्गली जनावरले आफ्नो गाईवस्तु मारेको बताएको उल्लेख छ ।

भुटानका ७,६५,००० मानिस मध्ये ६० प्रतिशत कृषि र गाई वस्तु पालनमा प्रत्यक्ष रुपमा आश्रित भएकाले मानव वन्यजन्तु द्वन्द्वको मुद्दा सधैं महत्वपूर्ण हुँदै गएको छ । विगतका दशकहरूमा बढ्दो वन्यजन्तु आक्रमणका कारण कृषक समुदाय जोखिममा परेको अधिकारीहरू बताउँछन् । वर्षको करिब ४-५ महिना किसानहरू रातभर आफ्नो वाली रुङ्दै बिताउँछन् । सक्नेले आफै वालीको सुरक्षा गर्छन् । तर अरूले भने स्थानीय भाषामा ‘सङ्ध’ भनिने विषालु तीर तथा खोरहरू प्रयोग गर्ने गरेको स्थानीय नेताहरूले बताए ।

द्वन्द्वमा चुकाउनु परेको मूल्य

जङ्गली जनावरले केही किसानहरूको ज्यान पनि लिएका छन् भने देशभर थुप्रैलाई घाइते बनाएका छन् ।गत डिसेम्बरमा भारतको सीमा नजिकै पर्ने समत्सेमा एक जना ६९ वर्षीय महिलालाई हात्तीले मारेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अधिकारीहरूलाई वन्यजन्तु आक्रमणको समस्या’bout तत्काल कदम चाल्न आग्रह गरेका थिए । त्यस्तै हालै मात्र १४ वटा भालुद्वारा आक्रमणका घटना र २० जना मानिस वन्यजन्तुको आक्रमणमा घाइते भएका समाचारहरू प्रकाशमा आएका छन् ।

विश्व वन्यजन्तु कोष भुटानका निर्देशक तान्डिन वाङ्दीका अनुसार धेरै जसो द्वन्द्वका घटना जनावरले वाली नास गरेपछि वा गाई वस्तु खाएपछि सुरु हुने गरेको देखिन्छ । शाही भुटान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले कृषकहरू माझ हालै गरेको एक सर्वेक्षणमा जङ्गली कुकुर, चितुवा र बाघका कारण उनीहरू चिन्तित भएको पाइएको थियो । त्यस्तै वन्यजन्तुले गाईवस्तुमाथि आक्रमण गर्नु उनीहरू र मानिसहरूबीच द्वन्द्व बढ्नुको प्रमुख कारण भएको पाइएको छ । यसो हुनाले मानिसहरूले प्रतिशोधका लागि जनावर मार्ने अवस्था सृजना हुने देखिन्छ ।

मानव वन्यजन्तु द्वन्द्व भुटानमा जारी संरक्षण अभियानका लागि प्रमुख चुनौती रहेको कुरा पनि सर्वेक्षणबाट पत्ता लागेको थियो । “दक्षिण भुटानमा मानिस र हात्तीवीचको द्वन्द्व बढ्दो छ । हात्तीले राती आएर वाली नास गर्दछ”, तान्डिन वाङ्दी भन्छन् । सायद बढ्दो जनसङ्ख्याले हात्तीहरूको वासस्थानमा अतिक्रमण भएर यसो भएको हुन सक्छ ।

खतरनाक जालहरू

अहिलेसम्म मानव वन्यजन्तु द्वन्द्वका कारण कति जनावर मारिए भन्ने तथ्याङ्क नभएको तान्डिन वाङ्दीले बताए । कसै कसैले परम्परागत जाल र खोरहरूको प्रयोग गरेर जनावरलाई धपाउन खोजे पनि यस्तो अभ्यास सबैतिर गरिँदैन। दगनाका जिल्ला कृषि अधिकृत डी सी भण्डारीले  आफूले त्यस्ता जालहरू नदेखेको बताए । त्यस्ता जालहरूको प्रयोग गैरकानुनी हो । तर मानिसहरूले देशका विभिन्न भूभागमा यस्तो जाल थाप्ने गरेको चर्चा हुने गरेको छ ।

गत महिना पश्चिमी जिल्ला पुनखामा विषालु तीर लागेर एउटा कुकुरको मृत्यु भएको उक्त जनावरको उपचार गर्ने कोसिस गरेकी पेमा जात्सो बताउँछिन् । यस्तो अभ्यासले जनावर मात्र नभएर मानिसलाई समेत हानि पुर्याएको छ । सन् २०१५ को जनवरीमा सिराङमा एक जना ४९ वर्षीय पुरुषलाई स्थानीय कृषकले थापेको जालमा परेर विषालु तीर लागेको थियो । त्यस्तै दगनाकी एक किशोरी वाली जोगाउन आफ्नै बुवाले थापेको जालमा परेकी थिइन् । त्यही वर्ष झेमाङ्ग जिल्लाका अर्का पुरुष विषालु तीर लागेर मरेका थिए ।

एक अर्का भेटेरिनरी डाक्टरका अनुसार तीर लागेपछि जनावर नबाँचोस् भनेर मानिसहरूले तीरलाई विषमा डुबाउने गरेका छन् । जङ्गली जनावरलाई लक्षित गरेर थापिएका परम्परागत जालमा घर पालुवा जनावर फसेका थुप्रै दृष्टान्त उनीसित छ । पुनखामा वाली जोगाउन थापिएको पासोमा फसेका ध्वाँसे चितुवा जस्तो दुर्लभ जनावर लगायतका जन्तुहरूलाई उद्धार गरेको वन अधिकारीहरू बताउँछन् ।

जालमा परेको दुर्लभ ध्वाँसे चितुवा (फोटोः छेन्छो छिरिङ, कृषि तथा वन मन्त्रालय)

के नियमहरूले जनावर मार्न प्रोत्साहित गरिरहेका छन् ?

जनावरहरूको जोखिम बढ्दै गएकाले मानिसहरूले प्रतिशोध साध्न जाल थाप्ने गरेको वरिष्ठ वन रक्षक फु छिरिङले बताए ।

तर कृषकहरूले वन विभागको स्वीकृती लिएर मात्रै जाल थाप्न पाउने उनले बताए । त्यस्तै कुनै जनावर मारिएमा अधिकारीहरूलाई सूचित पनि गर्नु पर्ने हुन्छ । यस्तो नियमले वन्यजन्तु मार्न प्रोत्साहन हुने त होइन भन्ने चिन्ता जागेको छ । तर स्वीकृती नलिई थापिएका पासोमा परेर जनावरहरू मारिएमा जरिमाना हुन्छ ।

त्यस्तै वन ऐनको अनुसूची १ मा सूचीकृत बाघ र चितुवा जस्ता जनावरहरूलाई मार्न पाइँदैन । सन् २०१७ मा जारी यो कानुनले अनुसूची १ मा सूचीकृत जनावरहरूलाई विशेष अनुमति प्राप्त गरेको वा मानिसको जीवन सङ्कटमा परेको अवस्थामा बाहेक सिकार गर्न, मार्न, विष खुवाउन, समात्न, ओसारपसार गर्न र घर पालुवा जनावरको रुपमा पाल्न पाइँदैन ।

त्यस्तै आत्मरक्षा गर्नुपर्ने वा निजी जग्गामा रहेको सम्पत्ति जोगाउनुपर्ने वा रोग नियन्त्रण गर्नु पर्ने अवस्था सृजना भएकोमा बाहेक यस्ता जनावरहरूलाई मार्न, जालमा पार्न, ओसारपसार गर्न वा पाल्न पाइँदैन । कानुनले यदि कसैले आफ्नो खेतको सुरक्षा गर्दा कुनै जनावर मरेमा उक्त व्यक्ति उपर कारबाही नहुने बताएको छ । यसरी मारिएका जनावरका पित्त, बिणा र प्वाँख जस्ता बहुमूल्य अङ्गहरू भने वन विभागलाई बुझाउनु पर्ने हुन्छ । यस्तो नीतिको समस्या के हुन्छ भने प्रमुख प्रजातिहरूको संरक्षण हुन्छ भने अरू जनावरहरू लोपोन्मुख हुँदै जान्छन् ।

विद्युतीय तार वारले दिएको समाधान

भुटानभर नै सस्तोमा पाइने विद्युतीय तार वारको प्रयोग गेरेर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने प्रयास थालिएको छ । सन् २००९ र २०१७ का वीचमा देशभर करिब २,७७३ किमी विद्युतीय तार वार जडान गरिसकिएको छ । यस्ता तार वारहरूले हालको वर्षमा वन्यजन्तुद्वारा हुने आक्रमणहरूमा निकै कमी ल्याएको वाङ्देउफोद्राङ जिल्लाका सहायक प्रमुख कृषि अधिकृत धोदोले बताए । ‘बाह्रौँ योजनाको अन्त्य (सन् २०२३ सम्ममा) १५ वटै क्षेत्रमा विद्युतीय तारबार विस्तार गर्ने योजना छ,’ धोदोले बताए । उनका अनुसार वाङ्दूका पाँच क्षेत्रमा करिब आधि खेतहरूमा विद्युतीय तार वार जडान गरिसकिएको छ ।अरू क्षेत्रहरूमा करिब ७० प्रतिशत खेतहरूमा तार वार जडान गरि सकिएको छ ।

भुटान सरकारले बाँडेको विद्युतीय तारबार जडान गरेर वन्यजन्तुको समस्याको समाधान खोजिँदै छ । (फोटो दावा गेल्मो)

फोब्जिका र गङ्गटे जस्ता स्थानहरूमा आलु कृषकहरूले समेत विद्युतीय तार वार जडान गर्न थालेका छन् । यसो गरिनाले उनीहरू आफ्नो खेत कुरेर बसिरहनु परेको छैन । सरकारले सरसामान र प्राविधिक सहयोग उपलब्ध गराउँछ भने स्थानीयले काठका भाटा खोज्नु पर्ने हुन्छ । कृषकहरूले सरकारको कदमको स्वागत गरेपनि विद्युतीय तार वारले मात्र समस्याको दिगो समाधान नदिने तान्डिन वाङ्दी बताउँछन् ।

वाङ्दीले विश्व वन्यजन्तु कोष भुटानले अझ बढी समग्र रुपमा द्वन्द्व ’bout बुझ्ने पहलको थालनी गरेको बताए । यस्तो पहल अन्तर्गत मानिस, मानिसका सम्पत्ति र जनावरका वासस्थान सबै सुरक्षित राख्ने उपायको खोजी हुँदैछ । यसो भनिरहँदा परम्परागत जालहरू वन्यजन्तुको चोरी सिकारीका लागि प्रयोग भइरहको हुनसक्ने चेतावनी वन अधिकारीले दिएका छन् । केही महिना अघि मात्रै थिम्पु अगाडिको ठूलो बुद्द स्तूपा (बुद्ध पोइन्ट) नजिकै अधिकारीहरू ५० वटा पासो निष्क्रिय पारेका थिए । ‘म वन रक्षक भएर काम गरेको २० वर्षमा म र मेरो टोलीले करिब ३,००० पासोहरू निष्क्रिय पारेका छौँ’, फुब छिरिङले बताए ।

 

बाढीसित एक्लो लडाइँ लड्छन् असामका जनजाति

$
0
0

बाढी हरेक वर्ष आउँछ‘, भारतको असाम राज्यमा ब्रह्मपुत्र नदीले बनाएको जुली टापुकी अधबैँसे बासिन्दा राजेश्वरी डोले भनिन् । हरेक वर्ष आउने प्रकोपसँग लड्न सरकारले केही गर्छ वा केहि गर्न नै खोज्छ भन्नेमा उनलाई विश्वास छैन । तर पनि सरकारले खेतीका लागि थप बिउ वितरण गरिदियोस् भन्ने उनको अपेक्षा छ । बाँसबाट बनेको आफ्नो घरमा गाउँका अरू महिलाहरूसित बसेर उनले द थर्डपोलसित कुराकानी गरिन् । गाउँका अरू घरहरू जस्तै काठको फल्याकमाथि जमिनबाट करिब ४ फिट माथि उठाएर उनको पनि घर बनाइएको छ ।

बाढी आउनु अघि र आइसकेपछि सरकारले पिडितहरूलाई गाँस, बास र कपास उपलब्ध गराउनै पर्छ भन्ने ’boutमा राजेश्वरी र ‘मिरी’ पनि भनिने मिसिङ समुदायका ५०० गाउँलेहरूलाई थाहा छैन । सुबन्सरी नदीको तटमा रहेको यो गाउँमा दशकौँ देखि हरेक वर्ष बाढी आउने गरेको छ ।

राजेश्वरी डोले (दायाँ) र तेङ्गो पेगु (दायाँबाट दोस्रो) । फोटो: वर्षा तोरगाल्कर

संसारकै सबैभन्दा ठूलो नदी निर्मित टापु मजुलीको दक्षिणमा ब्रह्मपुत्र र उत्तरमा खरकुतिया जुवी र सुबन्सी नदीहरू बहने गर्दछन् । सय वर्ष अघिसम्म ८८० वर्ग कि मी मा फैलिएको यो टापु हाल आएर भूक्षयका कारण३५२ वर्ग कि मी मा खुम्चिन पुगेको छ ।भारतको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको भारतीय प्रविधि केन्द्र र आईआईटी मन्डीले भारतीय भूभागमा पर्ने हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम ’bout गरेको अध्ययनका अनुसार देशका १२ हिमाली राज्यहरू मध्ये असाम सबैभन्दा जोखिममा रहेको छ । नदीको तटमा वा नदीले बनाएको टापुमा बसोवास गर्ने अधिकांश मानिसहरूसित सूचना र पूर्वाधारको पहुँच छैन । यसका कारण उनीहरू थप जोखिममा परेका छन् ।

सबैभन्दा बढी जोखिममा परेकाहरू

भारतीय संविधानको जनजातिहरूको अनुसूचीमा रहेका मिसिङजाती आदिवासी समुदायहरू माझ पनि सिमान्तकृत वर्गमा पर्दछ । स्वायत्त मिसिङ परिषद्का अनुसार पूर्वोत्तर भारतको ब्रह्मपुत्र र सुबन्सरी नदीको तटमा बसोवास गर्ने एक मात्र जाती मिसिङ हुन् ।

असममा उनीहरूको जनसङ्ख्या ७ लाख छ भने अरूणाञ्चल प्रदेशमा यो सङ्ख्या ३०,००० पुगेको छ । उनीहरू जीविकोपार्जनका लागि कृषि, माछा तथा बङ्गुर पालन र सिलाई बुनाईमा निर्भर छन् । सन् २००१ को जनगणना अनुसार ६० प्रतिशत मिसिङहरू साक्षर छन् । पुरुषहरूको साक्षरता दर ७१ प्रतिशत छ भने महिलाहरूको ४८ प्रतिशत । यो आँकडा अनुसूचीमा रहेका जातिहरूमध्ये पुछारबाट दोस्रो हो

सन् २०११ को जनगणना अनुसार मजुलीका १,६५,००० बासिन्दाहरू मध्ये ४० प्रतिशत मानिस मिसिङ समुदायका हुन् । मिसिङ स्वायत्त परिषदका अध्यक्ष परमानन्द चयनगीया भन्छन्,’९० प्रतिशत मानि कृषि, माछा तथा बङ्गुर पालनमा निर्भर छन् । उनीहरूको साक्षरता दर ६० प्रतिशत भए पनि बेरोजगार छन् ।

पार्थ ज्योति दास असामको सबैभन्दा ठूलो सहर गुहाटीमा रहको वातावरण संरक्षणमा काम गर्ने अरन्याक नामक संस्थामा कार्यरत छन् । उनले वर्षौँ देखि यस क्षेत्रमा भूक्षयको अध्ययन गर्दै आएका छन् ।बाढी, भूक्षय र हिमाली क्षेत्रबाट बगेर आउने उब्जनी नहुने बालुवा नदीको तटमा बसोवास गर्ने समुदायले भोग्नु परेका प्रमुख मुद्दा हुन्‘, उनले भने । विगतका केही वर्षहरूमा बाढी आउने समय, यसको आवृत्ति र वेग अनियमित भएकाले समुदायलाई यससँग जुझ्न गाह्रो परेको छ । पहिले पहिले समुदायहरू वैशाख देखि असाढसम्म बाढी आउँछ भनेर सचेत थिए र आफै त्यसका लागी तयारी गर्थे ।

राजेश्वरी भन्छिन्, ‘हामीलाई थाहा छ कि वैशाख देखि असाढसम्म बाढी आउँछ । त्यसैले हामी बाढी आउनु अघि घर फेरि बनाउनुका साथै सरसामान, दाउरा, खानेकुराको जोहो गर्छौँ र गाईवस्तु तथा बङ्गुरका लागि फल्याक माथि छुट्टै घर बनाउँछौँ ।

स्थानीयहरूलाई कुनै सरकारी निकायले बाढीका ’bout पूर्व सूचना दिन्छ भन्ने थाहा छैन । बाढी आएको बेला उनीहरू डुङ्गामा चढेर ओहोरदोहोर गर्दछन् । सबै जसो परिवारहरूसित काठको डुङ्गा छ ।अर्की स्थानी तेङ्गो पेगु भन्छिन्, पानीको सतह ५६ फिट बढ्यो भने उनीहरू उच्च भूभाग भएको मजुलीको मध्य भाग तिर जान्छन् । बाढी आएको बेला दाउरा भिज्छ, पकाउन गाह्रो हुन्छ । हाम्रा कुखुरा र बङ्गुरहरू मर्छन् । बिउ पनि नास हुन्छ र रबि बालीको बिउ फेरि किन्नु पर्ने हुन्छ ।

सिलाई बुनाईमा पोख्त मिसिङ महिलाहरू बाढी आएको बेला फल्याक माथि बनाइएका घरको बरन्डामा बसेर समय काट्छन् । फोटो: वर्षा तोरगाल्कर

भयानक बाढी आएको बेला पनि मानिसहरूले बस्ने स्थान पाउँथे तर यो सबै परिवर्तन हुँदैछ । पेगु भन्छिन्, ‘सामान्यतः वैशाखमा एक वा दुई पटक बाढी आउँथ्यो र पानी एक देखि दुई हप्ता रहन्थ्यो । तर सन् २०१८ मा तीन पटक बाढी आयो र आफूलाई बचाउन हामी (टापुको) मध्य भागतिर भाग्यौँ ।

स्थानीय सामुदायिक विद्यालयका शिक्षक अनिकेत चौहान भन्छन् समुदाय प्रशोधित पानी पिउनुपर्छ भन्ने कुराका ’bout बेखबर छ । हरेक घरको आँगनैमा हाते पम्प छ । पानी प्रशोधन गर्ने कुनै सुविधा यहाँ छैन । बाढी पछि पानी दूषित हुन्छ र पानी प्रशोधन गर्ने सुविधा नभएकाले उनीहरू त्यसै पिउन बाध्य छन् ।

 

नागेश्वर पेगु निर्माणाधिन सिमेन्ट टेट्रा पड देखाउँदै । काम नसकी छोडिएको छ ।फोटो: वर्षा तोरगाल्कर

 मजुलीको कुलामुवा गाउँमा सुबन्सरी नदीको किनारमा भूक्षय नियन्त्रण गर्न निर्माणाधीन सिमेन्ट टेट्रा पडमा लगाएर झुन्ड्याइएको छ । सरकारले टापुमा भूक्षय रोक्न केही गरिरहेको छ भन्ने यसले देखाउँछ । चौबीस रोपनी जग्गा भएका नागेश्वर पेगु आफ्नो खेतमा धान, दाल र तरकारी बाली लगाउँछन्केही वर्ष अघि निर्माण गरिएका ५६ टेट्रा पडहरूले भूक्षय रोक्न सक्दैनन् । यस्ता टेट्रापडहरूको पर्खाल नै बनाइनुपर्छ ।बाढी आएपछि पानी नगएसम्म स्थानीय समुदायले खेती गर्ने अवस्था रहँदैन ।

आम्दानी नभएपछि हामीसित तरकारी किन्ने पैसा हुँदैन,’ तेङ्गो पेगुले भनिन् । उनीहरूसित पैसा भए पनि गारमुर र जोरहाट सहरसम्म पुगेर सामान किन्न वा स्वास्थ्य सेवा लिन सहज छैन । बाढीले बाटोमा पनि क्षति पुर्याउँछ । बाढीका कारण सम्पर्कविहिन हुन पुगेका र बढ्दो जोखिममा रहेका मिसिङ जाती सरकारी निकायको नजरबाट नै मिसिङ‘ (हराएका) छन् ।

 द थर्डपोलले स्थानीय जिल्ला प्रशासनसँग गाउँलेहरूलाई बाढीका ’boutमा पूर्व सूचना दिने, उनीहरूलाई ओत लाग्ने ठाउँ, खानेकुरा र शुद्ध पानीको व्यवस्था गर्ने कस्तो व्यवस्था गरिएको छ भनेर प्रश्नहरू पठाएको छ । उनीहरूबाट उत्तर आएमा यो रिपोर्ट अद्यावधिक गरिनेछ ।

बेमौसमी वर्षा र कोभिड-१९ बन्दाबन्दीको मारमा दक्षिण एसियाका कृषक

$
0
0

दक्षिण एसियाका किसानहरू विपद तर्फ उन्मुख छन् । भित्र्याउने बेला हुँदै गर्दा मार्च महिनामा भएको बेमौसमी वर्षाका कारण हिउँदे बाली नास भयो । असिना र मेघ गर्जनसहितको वर्षाका कारण भारत र पाकिस्तानमा गहुँ, आलु, चना, तोरी र तरकारी नास भयो । बङ्गलादेशमा अमन चामलको पनि यही हालत भयो ।

अहिले आएर कोभिड-१९ को प्रकोपका कारण किसानहरू आफ्नो खेतमा बचेको बाली समेत भित्र्याउन पाइरहेका छैनन् । न उनीहरूले बाली काट्ने कामदारहरू पाएका छन् न त आफ्नो उत्पादनलाई बजारसम्म लैजाने साधन नै । मार्च २४ को मध्यरातमा सुरु भएको बन्दाबन्दीका कारण सबै कामदारहरू घरैमा वा क्वारेन्टिन केन्द्रहरूमा बस्न बाध्य छन् । बन्दाबन्दी (लकडाउन) कहिलेसम्म लम्बिने हो कसैलाई थाहा छैन ।

बजारमा आफ्नो उत्पादन पुर्याउन नपाउनु त छर्दै छ, मर्मत पसलहरू पनि बन्द भएका कारण किसानहरूले आफ्नो बिग्रिएका मेसिनहरू समेत बनाउन पाएका छैनन् ।

भारतमा ढिलै भए पनि केही राज्यहरूको यो सङ्कटतर्फ ध्यान गयो र उनीहरूले खेतीलाई बन्दाबन्दीको समयमा पनि जारी राखिनु पर्ने अत्यावस्यक सेवाको रुपमा सूचीकृत गरे । तर राज्य सरकारको यो निर्णय न कामदारहरूसम्म पुगेको छ न घर बाहिर निस्कने जो कोहीलाई पनि पिट्ने प्रहरीसम्म नै । उत्तर प्रदेश सरकारले खुद्रा व्यापार केन्द्रहरू खोल्न आदेश दिएको छ तर कम्तीमा एक जिल्लामा स्थानीय अधिकारीहरूले बिहान २ देखि ५ बजे सम्म मात्र बजार खोल्न सुरक्षित हुने निर्णय गरेका छन् ।

यस्तो निर्णयका कारण एकदमै कम किसानहरूले मात्र आफ्नो उत्पादन बजारसम्म लान पाउँछन् । यो सङ्कट कस्तो बेलामा आएको छ भने देशको सबैभन्दा धेरै अन्न उब्जाऊ हुने पश्चिमोत्तर क्षेत्रमा मार्च महिनामा औसत भन्दा ८० प्रतिशत बढी पानी परेको थियो । मध्य भारतमा औसत भन्दा दोब्बर पानी परेको थियो ।

सन् २०२० को मार्च महिनामा भारतमा अहिलेसम्मकै बढि पानी परेको मार्च हो । यो अवधिमा देशभर नै औसत भन्दा ४६ प्रतिशत बढी वर्षा भएको छ । भारतीय मौसम विभागका अनुसार पूर्वोत्तर भारतमा मार्च २६ देखि अप्रिल १ सम्मको अवधिमा औसत भन्दा २३५ प्रतिशत बढी पानी परेको थियो । यस्तो वर्षाले काट्न तयार भइसकेको गहुँको बालीमा क्षति पुर्याएको थियो । मध्य र पूर्वी भारतमा मार्च महिनाको तेस्रो र चौँथो साता औसत भन्दा करिब दोब्बर पानी परेको थियो । महिनाको सुरुतिर भारी वर्षाले राजस्थान, हर्याणा र उत्तर प्रदेशमा लगाइएको तोरी र आलु नाश गरेको थियो ।

उत्तर प्रदेशका ३५ जिल्लामा मात्रै मार्च महिनाको मध्य तिर आएको असिना र भारी वर्षाका कारण करिब भारू २.५५ अर्ब (३ करोड ३६ लाख डलर) बराबरको बालीमा क्षति पुगेको थियो । यसका कारण ५ लाख भन्दा बढी किसानहरू मारमा परेको एक निजी मौसम पूर्वानुमान संस्था स्काईमेटको रिपोर्टमा उल्लेख गरिएको छ ।

जलवायु परिवर्तन

हालैका वर्षहरूमा जलवायु परिवर्तनका कारण हुने गरेको असाधारण वर्षाले भारतका कृषकहरूको पिडा झन् थपेको छ । वर्षाको समय र मात्रामा आएको परिवर्तनका कारण बाढी, पहिरो र खडेरी जस्ता चरम मौसमी घटनाहरू घट्ने मात्र नभइ बेमौसमी वर्षा र खडेरीका कारण अन्न उत्पादनमा समेत असर पर्ने भारतीय मौसम विभागका अध्ययनहरूले देखाउँछन् । उदाहरणका लागि सन् २०१५ को मार्चमा मा भारी वर्षा र असिनाले उत्तर भारतमा हिउँदे बालीमा ठूलो असर पारेको थियो ।

कोरोना भाइरसको प्रकोप सुरु हुँदा भारतका साना किसानहरू लगातर दुईवटा असफल बालीको मार झेल्दै थिए । किसानहरूले हालै भोग्नु परेको घाटा सन् २०१९ को गृष्म यामको घाटा पश्चात् आइ लागेको छ । गत वर्षको मनसुन एकदमै असाधारण थियो । जुन र जुलाईमा पानी परेन भने अगस्ट र सेप्टेम्बरमा भारी वर्षा भयो र यसका कारण विशेष गरी साना किसानहरू मर्कामा परे । धान र भटमासको उत्पादन १२ प्रतिशतले झरेको स्काईमेटको रिपोर्टले देखाएको छ । यो वर्षको कुरा गर्ने हो भने, ‘ उत्तर प्रदेशमा हिउँदे बालीले अपूरणीय क्षति भोगिसकेको छ’, किसान जागृति मञ्च कृषक संघका सुधीर पनवार भन्छन् ।

कोभिड१९ को कहर

अहिले आएर किसानहरू कामदारको कमी, घट्दो मूल्य र बजारमा सीमित पहुँच जस्ता समस्याहरू झेलिरहेका छन् । उचित योजनाबिना नै बन्दाबन्दी गरिएकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू आत्तिए र यसका कारण सन् १९४७ मा भारत र पाकिस्तान छुटिँदाको झल्को दिने गरी मानिसहरू धमाधम घरतिर लागे । यसका कारण खेतमा काम गर्ने मानिसको सङ्ख्यामा ठूलो कमी आयो । पश्चिमोत्तर भारतमा धेरै जसो काम मेसिनबाट हुने भए पनि किसानहरू अन्न ओसारपसार गर्न मौसमी कामदारहरूमा निर्भर हुन्छन् । चालकहरू नपाएर मेकानिकल हार्भेस्टर चलाउन समेत गाह्रो भएको छ । देशको अन्य भूभागहरुमा दग्ध प्रशोधन गर्ने उद्योगहरूमा र गोदामहरूमा समेत कामदारको अभाव देखिएको छ ।

टुटेका आपूर्ति शृङ्खलाहरू

बन्दाबन्दीको हप्तौँपछि सम्म पनि देशभरका आपूर्ति शृङ्खलाहरूमा अझै पनि अवरोध छ । राज्यहरूको सिमानामा हजारौँ मालबाहक सवारीहरू अड्किएका छन् । उनीहरूलाई अघि बढ्ने आदेश दिइएको छ तर त्यसको कार्यान्वयन भएको छैन । गाईवस्तुलाई खुवाउने दानाको आपूर्ति पनि कम छ र यसका कारण किसानहरू थप मर्कामा परेका छन् ।

‘बजारमा कुखुराको मासुको आपूर्ति नै छैन ’cause गजिपुर मण्डी (थोक बजार) बन्द छ,’ दिल्ली बाहिर रहेको नोयडा शहरका पसले इद्रिस मोहम्मदले भने । गजिपुर बजार भारतको राजधानी क्षेत्रको सबैभन्दा ठूलो थोक बजार हो । ‘हामीले कुखुरा पाल्ने किसानहरूले कुखुराहरूलाई ओसारपसार गर्न नपाएकाले गाडेको रिपोर्ट हामीले सुनेका छौँ,’ मोहम्मदले भने ।

आपूर्तिमा समस्याका कारण किसानहरूले आफ्नो उत्पादनका लागि पाउने मूल्य ह्वात्तै घटेको छ । महाराष्ट्रमा कृषकहरूले आफ्नो गोलभेँडाका लागि प्रति किलो भारू २ मात्र पाएका छन्, पन्जाबमा तरकारीको भाउ भारु १२ बाट भारु १ प्रति किलोमा झरेको छ । तमिलनाडूमा भारू ४८ प्रति दर्जन पर्ने अण्डाको भाउ भारू २४ मा झरेको छ ।

हाल देशमा विद्यमान स्थितिका ’boutमा कृषि अर्थविद् देविन्द्र शर्मा भन्छन्, ‘ बन्दाबन्दीको अवस्थामा कृषि गर्न सकिन्नँ । अरू उद्योगमा जस्तो सटर बन्द गरेर तीन महिना पछि फेरि खोल्छु भन्न मिल्दैन । कृषि निरन्तर गरिनु पर्ने कार्य हो । यसमा तल झार्ने सटर हुँदैन ।

‘ ‘बन्दाबन्दीका कारण तरकारी कृषकहरूमा सबैभन्दा बढी असर परेको छ,’ शर्माले भने । ‘आपूर्ति शृङ्खला चलायमान गर्ने अत्यावस्यक भइसकेको छ’, उनले भने ।

कृषि अभियन्ता रमनदिप सिंह मन का अनुसार तरकारी कृषकहरूले आफ्नो बाली उखेलेका छन् ’cause उनीहरूको उत्पादन किन्ने कोही छैन । ‘यस्ता दृश्यहरू भारतभर देखिन्छन्,’ मनले ट्विटरमा भने । ‘आपूर्तिमा समस्या भएन तर माग र आपूर्ति शृङ्खलामा समस्या आयो ।’

यथेष्ट भण्डारण छ

समस्याहरूका बाबजुद भारतमा निकट भविष्यमा खानेकुराको अभाव नहुने देखिन्छ । सन् २०१९-२० मा भारतमा २९ करोड २० लाख टन खाद्यान्न उत्पादन हुने प्रक्षेपण गरिएको छ । आधिकारिक तथ्याङ्कका अनुसार मार्च महिनामा सरकारी खाद्य संस्थानसित ८ करोड ८० लाख गहुँ र धान मौज्दात रहेको छ ।

भारतसित २ करोड १० लाख टन खाद्यान्न ‘बफर’ मौज्दातमा (‘अपरेसनल’ मौज्दात र सामरिक मौज्दात जोडेर ) छ । त्यस्तै गरिबका लागि प्रोटिनको महत्वपूर्ण स्रोतको रुपमा रहेको दालको २२ लाख ५० हजार टन मौज्दात रहेको छ । देशसित आफ्नो नागरिकहरूलाई एक वर्षसम्म खुवाउन पुग्ने अन्न छ । तर पाकिस्तान र बङ्गलादेशमा अवस्था त्यति सहज छैन ।

तर दक्षिण एसियाका सबै देशहरूमा वर्षाका कारण बाली नास भएको र उत्पादनको उचित मूल्य नपाएका कारण ग्रामीण घरधुरीको आयमा कमी आउने देखिन्छ । भारतका ८० प्रतिशत किसानसँग सीमित जमिन र स्रोत छ र उनीहरू यस्तो झट्टका सहन सक्दैनन् । महामारीको समयमा स्वास्थ्यका लागि अनपेक्षित खर्च गर्नु पर्ने स्थिति सिर्जना भएमा उनीहरू फेरि गरिवीको रेखा मुनि धकेलिन सक्छन् ।

अन्तराष्ट्रिय श्रम सङ्गठनका अनुसार कोभिड-१९ का कारण संसारभर १९ करोड ५० लाख मानिसहरू बेरोजगार हुन सक्छन् । ‘भारतमा करिब ९० प्रतिशत जनता अनौपचारिक क्षेत्रमा काम गर्ने भएकाले अनौपचारिक अर्थतन्त्रमा काम गर्ने ४० करोड मानिस सङ्कटका कारण गरिवीमा अझै डुब्ने देखिन्छ’, अन्तराष्ट्रिय श्रम सङ्गठन भन्छ ।

‘नयाँ रंगिला’ को उद्धारसँगै अर्को वन्यजन्तु विवादतर्फ नेपाल

$
0
0

सम्वत् ०७६ कात्तिक ३ गते आइतबारको बिहान काठमाडौँमा पशु अधिकारसम्बन्धी एक संस्था चलाउने स्नेहा श्रेष्ठ दैनिक पत्रपत्रिका पल्टाउँदै थिइन् । एउटा दैनिक पत्रिकाको एङ्कर स्टोरीमा उनको आँखा पर्‍यो ।

सिराहा जिल्ला सदरमुकाम लाहानभन्दा केही बाहिरको एउटा गाउँमा भालुलाई नचाएर जीविका चलाउँदै आएका एक युवाको कथा थियो त्यो । स्पष्टतः संवाददाताले दुई ओटा उद्देश्य राखेका थिए : पाठकलाई ती व्यक्तिको अनौठो दिनचर्या’bout जानकारी दिई रोमाञ्चित बनाउने र उनको कमजोर जीविका’bout अलिकति सहानुभूति जगाउने ।

तर, श्रेष्ठले न त रोमाञ्चित महसुस गर्न सकिन्, न त उनमा उक्त व्यक्तिप्रति दया उत्पन्न भयो । पत्रकारले मान्छेले रमाइलो मानून् भनेर लेखेको समाचारले त उनलाई दुःखी पो बनायो ।

दुःखी यस अर्थमा कि उनलाई त्यो भालु घुमाउने व्यक्तिको भन्दा पनि भालुको माया लाग्यो । “त्यसैले मैले तत्कालै सिराहा जाने निर्णय गरेँ । त्यो भालुलाई उद्धार गर्छु र मान्छेको बन्धनमा बस्नुपर्दाको यातनाबाट मुक्ति दिन्छु भन्ने सोचेँ,” उनी सुनाउँछिन् ।

स्नेहा श्रेष्ठसंग धुथरु [तस्विर: लक्ष्मीप्रसाद ङाखुसी]

सोही साँझ ‘स्नेहाज् केयर’ नामको आफ्नो संस्थाको एक टोली लिएर श्रेष्ठ लाहानतर्फ लागिन् । भोलिपल्ट बिहान हुँदा भालु नचाउने घुमन्ते अन्तै पुगिसकेका थिए । त्यसैले पर्सिपल्ट मात्र श्रेष्ठको टोलीले उनलाई फेला पार्‍यो ।

एकवर्षे भाले ‘धुथरु’को अवस्था अध्ययनमा टोली व्यस्त हुँदा उसलाई नचाउने व्यक्तिले भने सुइँकुच्चा ठोकेछन् । टोलीको उद्देश्य पनि धुथरुको उद्धार नै भएकाले उसले उक्त व्यक्ति’bout खासै ध्यान पनि दिएन । श्रेष्ठको एक मात्र योजना थियो : भालुलाई उद्धार गरी भारतको एक संरक्षण केन्द्र (स्याङ्चुअरी) मा पठाउने, जहाँ अन्य नेपाली अधिकारकर्मीले दुई वर्षअघि ‘रङ्गिला’ नामको यस्तै भालुलाई पठाएका थिए ।

गैरसरकारी संस्थाका रूपमा दर्ता भएको उनको संस्थालाई अन्तरदेशीय हस्तान्तरणको अधिकार भने थिएन । तर उनलाई पर्याप्त विश्वास थियो कि सरकारले कानुनसम्मत तरिकाले भालुको हितका लागि उपयुक्त कदम चाल्नेछ ।

तर उद्धारको छ महिना बितिसक्दा पनि धुथरु आज संरक्षण केन्द्र पुग्न सकेको छैन । देशको एक मात्र चिडियाघरको साँघुरो क्वारन्टिनमा उसका दिन बितेका छन् । धुथरुको उद्धारसँगै उसको संरक्षण हुनुको सट्टा वन्यजन्तु संरक्षण सम्बन्धी सरकारी अधिकारी र गैरसरकारी अभियानकर्मीहरूबिच एउटा गम्भीर विवाद सल्किएको छ ।

नेपाली भूमिमा भेटिएको वन्यजन्तु नेपाल सरकारको सम्पत्ति भएकाले धुथरुलाई भारत वा अन्य देशका संरक्षण केन्द्रमा हस्तान्तरण गर्न नसकिने सरकारी दाबी रहँदा गैरसरकारी अभियानकर्मीहरूले एक जङ्गली जनावरको ‘राष्ट्रियता’लाई मुद्दा बनाएर उसको सर्वोत्तम हितमा बाधा पुर्‍याउन नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण समुदायले महिनौँको विवादपछि रङ्गिला हस्तान्तरण गरिएको घटना बिर्सन नपाउँदै नेपालमा सुरु भएको यो विवादले भोलि आउन सक्ने अन्तरदेशीय वन्यजन्तु संरक्षण सम्बन्धी अन्य मुद्दाहरूलाई सुझबुझपूर्ण तरिकारले समाधान गर्न नेपाल सरकार तयार नरहेको सङ्केत गरेको छ ।

रङ्गिलालाई भारतीय स्याङ्चुअरीमा बुझाइनुभन्दा करिब आठ वर्ष अगाडि नै यसै गरी उद्धार गरिएको अर्को भालुलाई पनि भारत पठाइएको थियो । यद्यपि रङ्गिलाको नजिर ताजा नै रहेकाले सरकारले सहज रूपमा धुथरुलाई भारत पठाउँछ भन्ने श्रेष्ठको विश्वास थियो ।

धुथरुको उद्धारमा श्रेष्ठको संस्था एक्लै रहेको जस्तो देखिए पनि उक्त भालुलाई नेपालमा राख्नुभन्दा भारतमै पठाइनु उपयुक्त हुन्छ भन्ने उनको अडानमा अन्य अधिकारकर्मीको पनि साथ रहेको छ । “दुईदुई ओटा नजिर भइसकेको अवस्थामा यस्ता विषयमा विवाद हुनुहँदैनथ्यो,” दुबै घटनामा सक्रियतापूर्वक लागेका अधिकारकर्मी निरज गौतम बताउँछन् ।

“तर होइन नि, यो त फरक घटना हो,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई भन्छन्, “परार रङ्गिलाको सन्दर्भमा हामीसँग उक्त भालु भारतबाट नेपाल ल्याइएको हो भन्ने पुष्टि गर्ने कागजी प्रमाणहरू थिए । यस पालि त्यस्तो केही पनि छैन । त्यसैले सुपुर्दगीको आग्रह हामीलाइ मन परेन।”

तर जेन गुडल इन्स्ट्ट्यिुट नामक अन्तर्राष्ट्रिय संस्थाको तर्फबाट रङ्गिला विवादमा सक्रिय रहेका गौतम भने रङ्गिलाको सुपुर्दगी पनि भट्टराईले भनेजस्तो सजिलै नभएको बताउँछन् । त्यस बेला पनि सरकारी अधिकारीहरूले अधिकारकर्मीको कुरालाई ध्यान दिएर सुनेका थिएनन्, त्यसैले राजनीतिक नेतृत्वको साथ पाएपछि मात्र उक्त निर्णय सम्भव भएको थियो । “रङ्गिला पठाउने निर्णय पनि विभागले होइन, मन्त्रीपरिषद्ले गरेको थियो,” गौतम भन्छन् ।

धुथरु उद्दार हुनुअघि [तस्विर:लक्ष्मीप्रसाद ङाखुसी ]

त्यस बेला पनि रङ्गिला भारतकै हो भन्ने पुष्टि गर्नका लागि अधिकारकर्मीसँग ठोस प्रमाण थिएनन्, अन्य ‘सफ्ट’ तथ्य नै हाबी थिए । “हामीले भन्यौँ कि नेपालमा भालु नचाउने चलन नै छैन । नेपालमा यस्तो चलन भए पनि भारतीयकै प्रभावमा यस्तो भइरहेको छ । फेरि यस्तो भालुलाई जहिले पनि हामी खुला सीमा क्षेत्र नजिकै मात्र भेट्छौँ । त्यसैले यो भालु भारतबाटै आएको वा ल्याइएको हुनुपर्छ ।”

गौतमको दाबी सम्भवतः सही हुन सक्छ ’cause नेपालको पहाडी र हिमाली क्षेत्र भालु वा अन्य जनावर नचाउने चलनसँग अपरिचित छ । तराईमा भने यस्ता घटना फाट्टफुट्ट सुनिन्छन् । हुन त भारतमै पनि यो चलन हराउने सङ्घारमा छ । त्यसैले एघार वर्ष अगाडि ब्याङ्लोरबाट राजु नामक एक नचुवा भालुको उद्धार हुँदा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उसलाई ‘भारतको अन्तिम नचुवा भालु’ भने । दुई वर्ष अगाडि रङ्गिलाले पनि त्यही नाम पायो । धुथरुको विवाद समयमै सुल्झिएन र अन्तर्राष्ट्रिय सञ्चार माध्यमको आँखामा पुग्यो भने यसले पनि सम्भवतः ‘अन्तिम नचुवा भालु’को नाम पाउनेछ ।

रङ्गिलाका हकमा पेस गरिएका प्रमाण हाल धुथरुका हकमा पनि लागू हुने देखिन्छन् । उसलाई नचाउने व्यक्तिले दैनिक पत्रिकामा समाचार लेख्ने पत्रकारलाई बताए अनुसार उनकी हजुरआमाले आफ्नो बिहेमा आफ्ना भारतीय आमाबाबाट दाइजोमा एक जोडी नचुवा भालु दाइजो पाएकी थिइन् । आज उनले नचाइरहेको धुथरु पनि सोही जोडीको तेस्रो वा चौथो पुस्ताको सन्तान हो । “तर, सरकारी अधिकारीहरूले मलाई डिएनए परीक्षण गरेर हुन्छ कि कसरी हुन्छ सो भालु भारतकै हो भनेर प्रमाणित गर्नू भनेका छन्,” श्रेष्ठ भन्छिन्, “तर प्रमाणै चाहिएको हो भने उनीहरूले त्यसो गर्नु नि । हुन त उनीहरूलाई उसको संरक्षण हुने गरी हस्तान्तरण गर्नु नै छैन ।”

सरकारी अधिकारीहरूसँग बहस गर्दागर्दा श्रेष्ठ थाकिसकेकी छिन् । उनी वातावरण मन्त्री शक्ति बस्नेतसम्म पुगिसकिन् । तर समाधान निस्किएको छैन । श्रेष्ठ अहिले पनि उसलाई भारतीय प्रमाणित गर्न केके गर्न सकिन्छ भनेर सोच्दै छिन् ।

यसको समाधानका लागि गौतमको सुझाव भने अलिक फरक छ । वन्यजन्तुलाई प्रकृति सिवाय मानवनिर्मित राष्ट्रियताका सीमाहरूको कुनै मतलब नहुने भएकाले सबैले राष्ट्रियताको बहसलाई त्यागी उसलाई निःसर्त संरक्षण केन्द्रलाई हस्तान्तरण गर्नुपर्ने उनको माग छ ।

अल्छीलाग्दो पारामा रुखका हाँगामा झोक्राएर बस्ने स्वभावका कारण अङ्ग्रेजीमा ‘स्लथ’ (अल्छी) भनिने यस विशेष जातिका भालुहरू बङ्गलादेश, भारत, नेपाल र श्रीलङ्कामा भेटिने ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि’ (साइट्स) सचिवालयको भनाइ छ । भुटान, चीन, मेक्सिको र मङ्गोलियामा पाइने मेलर्सस युर्सिनस प्रजातिलाई साइटिस् को पहिलो अनुसूची (अति सङ्कटापन्न जीवको सूची)मा राखिएको छ भने अन्य देशमा पाइने यस जीवलाई दोस्रो अनुसूचीमा । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन (आइयुसियन)को रेडलिस्टमा पनि यसलाई जोखिममा रहेका जीवको सूचीमा राखिएको छ ।

श्रीदेवीको भूतले तर्साउन छाडेन

धुथरुलाई निःसर्त अन्यत्र हस्तान्तरण गर्नुपर्ने गौतमको मागका पछाडि अर्को खास कारण छ । रङ्गिलासँगै उद्धार गरिएको एक पोथी भालु श्रीदेवीको सदर चिडियाखानामा मृत्यु भएको उनले आफ्नै आँखाले देखेका छन् । गौतम मात्र नभई वर्ल्ड एनिमल प्रोटेक्सन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको समेतको दाबी के छ भने चिडियाखानामा राम्रो स्याहार नपाएरै श्रीदेवीको निधन भएको हो । धुथरुलाई पनि महिनौँसम्म चिडियाखानामै राखिराख्ने हो भने त्यही दुर्दशा दोहोरिने उनीहरूको ठहर छ ।

दुई वर्ष अगाडि श्रीदेवीको मृत्यु र रङ्गिलाको सुपुर्दगीपछि चिडियाखानामा उद्धार गरिएको भालु ल्याइएको यो पहिलो पटक हो । यसबिचमा चिडियाखाना व्यवस्थापनमा खासै परिवर्तन भएको छैन ।

“निश्चित हुन त सकिँदैन, तर राम्रो स्याहारको अभाव अनि बेवास्ताकै कारण श्रीदेवीको मृत्यु भएको हो कि भनेर शङ्का गर्ने पर्याप्त आधारहरू छन्,” गौतम भन्छन्, “स्याङ्चुअरीमा योभन्दा फरक अवस्था हुन्छ । जनावरहरूका लागि काम गर्ने भनेर दाबी गर्ने हामी उनीहरूको संरक्षणका लागि चिडियाखानालाई राम्रो विकल्प कहिल्यै पनि मान्न सक्दैनौँ ।”

वन्यजन्तु संरक्षणको अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि चिडियाखानाको उद्देश्य प्रदर्शनी तथा सिकाइ सहजीकरण हो भने स्याङ्चुअरीको ध्येय नै वन्यजन्तुलाई यथासम्भव जङ्गली वातावरण प्रदान गर्नु हो । त्यसैले यी दुई संरचनालाई तुलना नै गर्न नमिल्ने र एउटाको विकल्प अर्को हुन नसक्ने बताउँछिन् अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण विशेषज्ञ क्यारोल बक्ली । “प्राकृतिक वातावरणमा हरेक दिन कैयौँ माइल हिँड्ने भालु र हात्तीजस्ता जनावरलाई पनि चिडियाखानामा थुनेर, बाँधेर राखिन्छ । यसले गर्दा ती जनावरको मानसिक तथा शारीरिक स्वास्थ्य विग्रिन्छ,” उनी भन्छिन्, “तर कुनै  स्याङ्चुअरीको अन्तिम उद्देश्य नै पुनर्स्थापना अर्थात् जनावरलाई सम्भव भएसम्मको स्वस्थ प्राकृतिक वातावरण प्रदान गर्नु हो ।”

बक्लीको भनाइमा सहमति जनाउँदै श्रेष्ठ भन्छिन् ,” सदर चिडियाखानामा धुथरुलाई असाध्यै सानो पिँजडामा राखिएको छ,” । आफूले अलिकति ठुलो पिँजडा बनाइदिने प्रस्ताव गर्दा चिडियाखानाका अधिकारीहरूले अनुमति नदिएपछि ती अधिकारीहरू पशुको अधिकार र कल्याणप्रति संवेदनशील छैनन् भन्ने निष्कर्ष निकालेकी छिन् उनले ।

तर यस्ता आलोचनाका अगाडि चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेल रक्षात्मक देखिन्छन् । “सायद् उहाँहरूलाई हामी यहाँ जीवजन्तुको कसरी स्याहार गर्छौँ भन्ने थाहा छैन होला । नेपालले वन्यजन्तु संरक्षणमा धेरै उदाहरणीय काम गरिसकेको छ र हामी पनि सकेसम्म राम्रो गरिरहेका छौँ,” उनको दाबी छ, “हाम्रो पनि अन्तिम उद्देश्य जनावरहरूलाई दुःखबाट मुक्त गर्नु नै हो । नत्र किन हामी उनीहरूलाई उद्धार गरेर यहाँसम्म ल्याउँथ्यौँ ?”

बन्दी बनेको धुथरु [तस्विर: लक्ष्मी प्रसाद ङाखुसी]

यद्यपि चिडियाखानामा थुनिएका जनावरले हिँडडुल गर्ने पर्याप्त स्वतन्त्रता नपाएको कुरा भने उनी पनि स्वीकार गर्छन्, तर त्यसका लागि स्थान अभावलाई दोष दिन्छन् । कुरा अगाडि बढ्दै जाँदा सरकारले बारम्बार चिडियाखाना विस्तार गर्ने वा सार्ने कुरा गर्ने, तर कार्यान्वयन गर्न नसक्ने भन्दै उनी आफैँ गुनासो गर्न थाल्छन् ।

पोखरेलसँग पनि गुनासो गर्ने हक त छ किनकि उनी सरकारी अधिकारी होइनन् । चिडियाखाना सरकारी सम्पत्ति भए पनि यसको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आएको छ, जुन सरकारी निकाय होइन । कोष छुट्टै ऐनद्वारा स्थापित र सञ्चालित स्वायत्त निकाय हो र सरकारको अनुरोधमा उसले चिडियाखानाको व्यवस्थापनको जिम्मा लिएको मात्र हो । चिडियाखानाका नीतिगत विषयमा निर्णय गर्ने जिम्मा वन्यजन्तु संरक्षण विभागकै हो । तर विभागसँग चिडियाखानाले हाल भोगिरहेका यस्ता समस्याको समाधानका विषयमा ठोस योजना नहुँदा भोलि यस्ता समस्या बढ्ने आँकलन गर्न सकिन्छ ।

भोलि के होला : आश गरौँ, भर नपरौँ

वन्यजन्तुको संरक्षणका लागि चिडियाखाना सर्वोत्तम विकल्प होइन भन्ने कुरामा विभागकै प्रमुख भट्टराईको पनि असहमति छैन । त्यसैले त उनको दाबी छ कि आगामी दिनमा रङ्गिला र धुथरुजस्ता जीवजन्तुलाई सरकार आफैँले व्यवस्थापन गर्ने गरी योजना बन्दै छ ता कि जनावरको राष्ट्रियता’bout फेरि बहस गर्नुनपरोस् ।

“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको पाँचौँ संशोधनले उद्धार तथा पुनस्र्थापना केन्द्रको स्थापना’bout बोलेको छ । त्यसै कानुनमा आधारित भई सरकार सातै प्रदेशमा यस्ता केन्द्रहरू खोल्ने योजनामा छ,” भट्टराई सुनाउँछन् ।

नेपालका सबै राष्ट्रिय निकुञ्जदेखि चिडियाखानाको व्यवस्थापन अनि वन्यजन्तु संरक्षणका विविध आयामलाई समेट्ने कानुन हो : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन । यस बाहेक रङ्गिला तथा धुथरुका सन्दर्भमा लागू हुने अन्य कानुन छैनन् । त्यसैले संशोधनमा भएको उद्धार तथा पुनस्र्थापना केन्द्रको व्यवस्थाले नै त्यस्ता मुद्दाहरूलाई सम्बोधन गर्न सकिने अधिकारीहरूको दाबी छ ।

तीन वर्ष अगाडि पारित उक्त संशोधनले सरकारलाई मात्र नभई निश्चित सर्त पूरा गरेर जोसुकै व्यक्ति वा संस्थालाई कुनै वन्यजन्तुका लागि उद्धार तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न अधिकार दिएको छ । तर यसका लागि कुनै निर्देशिका वा कार्यविधि नबनेका कारण यसको कार्यान्वयन भने हालसम्म हुन सकेको छैन । “सबै कुरा हुन्छ, तर समय त लागिहाल्छ नि,” भट्टराईको आश्वासन छ, “हाम्रो जस्तो अति कम विकशित देशमा यस्तै हो ।”

कुनै वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि नेपालले अन्य देशको सरकारलाई उक्त वन्यजन्तु उपहार दिन सक्ने व्यवस्था पनि संशोधनमा छ । यद्यपि विदेशस्थित कुनै संरक्षण केन्द्रलाई कुनै जीवको संरक्षकत्व हस्तान्तरण गर्ने’bout भने संशोधन मौन छ । यसको अर्थ के हो भने धुथरु जसरी उद्धार गरिएका जीव अर्को देशको हो भन्ने प्रमाणित नभएसम्म उसलाई अर्को देशमा लैजान दिनका लागि सरकार बाध्य हुँदैन ।

धुथरुको उद्धार गर्ने श्रेष्ठ पनि नेपालमै कुनै विकल्प भइदिइएको भए आफूले भारत नै लैजानुपथ्र्यो भनेर जिद्दी नगर्ने बताउँछिन् । तर नेपाल सरकारसँग त्यसका लागि उपयुक्त स्रोतसाधन र संरचना छैन । आफ्नो असक्षमता स्वीकार पनि नगर्ने, अनि विदेश पठाउन पनि रोक्ने सरकारको प्रवृत्तिले यस्तो समस्या वर्षौँसम्म यथावत् रहने हुन् कि भन्ने डर छ अधिकारकर्मीहरूलाई ।

“नेपालमा वन्यजन्तुको आश्रयस्थल दिनानुदिन साँघुरिँदै छ । यसले गर्दा धेरै वन्यजन्तुहरू सडक तथा मानव बस्तीमा आउने खतरा छ । अर्थात्, हामीले भोलिका दिनमा यस्ता धेरै जनावरहरू उद्धार गर्नेछौँ,” गौतम भन्छन्, “तर हामी (समग्र राष्ट्र)ले पशु कल्याणको विषयलाई गम्भीरतापूर्वक लिन कहिल्यै सकेनौँ, जसका कारण उनीहरूले आजीवन दुःख पाउने भए ।”

सरकारले चाहाने हो भने यस्ता जनावरलाई नेपालभित्रै संरक्षण गर्न सकिने यथेष्ठ सम्भावना रहेको गौतमको दाबी छ । “ठाउँ नै भएन भन्ने कुरा सही होइन । चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा यस्ता वन्यजन्तुलाई राख्न सकिन्छ,” उनको सुझाव छ, “तर दुःखको कुरा के हो भने त्यसका लागि पनि हामीसँग कुनै व्यवस्था छैन ।”

हुन त भट्टराईसँग त्यसको पनि जवाफ छ । “व्यावहारिक कठिनाइ धेरै छन् । सबै जीवजन्तुलाई एकै ठाउँमा छाडिदिन मिल्दैन । उनीहरूलाई छुट्टाछुट्टै हावापानी र प्राकृतिक वातावरण चाहिन्छ । हामीले ती सबै कुरा विचार गर्नुपर्छ,” उनको भनाइ छ, “तिनको व्यवस्थापन र संरक्षणका लागि दक्ष जनशक्ति र भेटेरिनरी डाक्टर चाहिन्छन् । सबै थोक हुन्छ, तर समय लाग्छ ।”

यसैबिच छ महिना क्वारेन्टिन बस्दा धुथरुको स्वास्थ्यमा सुधार आएको दाबी गर्दै विभागले उसलाई चिडियाखानामा प्रदर्शनीका लागि छाडिदिने तयारी गरेको छ । अर्थात् उसले साँघुरो पिँजडाबाट मुक्ति पाउनेछ र अलिक फराकिलो पिँजडामा सर्नेछ । तर प्रदर्शनीका लागि राखिएको फराकिलो पिँजडामा पहिल्यैदेखि चार ओटा भालुहरू खाँदिएर बसेकाले त्यो धुथरुका लागि खुकुलो हुन नसक्ने श्रेष्ठको भनाइ छ ।

“आज आएर यस्तो देख्नुभन्दा त,” उनी भन्छिन्, “सरकारलाई जानकारी नै नदिई धुथरुलाई सिधै भारत पठाइदिन्थेँ । बरु त्यसका लागि मै जेल जान किन नपरोस् ।”

तस्वीर : लक्ष्मीप्रसाद ङाखुसी

(द थर्ड पोल लागि प्याकुरेलले तयार गरेको  रिपोर्ट नेपालको  अनलाइनखबर मा अनुवाद  गरेर छापिएको थियो )

 

‘के हामी जनावर हौँ?’दक्षिण एसियाको लकडाउनको मारमा आप्रवासी कामदारहरू

$
0
0

दक्षिण एसिया भर कोभिड-१९ले मानिसहरूको जीविकोपार्जनमा ठूलो असर पारेको छ । विश्वका अन्य क्षेत्रहरूमा जस्तो उच्च सङ्क्रमण र मृत्यु दर यहाँ नदेखिए पनि यहाँ जारी लकडाउनका कारण आप्रवासी कामदारहरूमा परेको असरले दक्षिण एसियाका अधिकांश देशहरू स्तब्ध भएका छन् । यसले समस्याग्रस्त पहाडी तथा ग्रामीण समुदायहरूबाट कामदारहरूलाई धकेलिरहेको अवस्थाप्रति सरकारहरूको ध्यान केन्द्रित गर्नु पर्ने आवश्यकता देखिन्छ ।

दक्षिण एसियामा विगतका केही दशकहरूमा कृषिबाट हुने आम्दानीमा वृद्धि भएको छैन । अब आएर जलवायु परिवर्तनका कारण हुने खडेरी र डुबानका कारण गरिब कामदारहरू ठूलो स्तरमा सहरी क्षेत्रतिर लागेका छन् । तटिय क्षेत्रहरूमा बढ्दो समुद्री सतहका कारण जमिनमा नुनको मात्रा बढेको छ र धर्ती बाँझो भएको छ । यसका कारण दसौँ लाख मानिसहरू समस्यामा परेका छन् र पहिले देखि नै हताश भएर अन्यत्र जागिर खोज्दै हिँडेकाहरूको भिडमा सामेल भएका छन् ।

पहाडी क्षेत्रमा बसोवास गर्ने समुदायहरू लगायत अन्य समुदायहरूमा कसरी पुरुष कामदारहरू पलायन हुँदैछन् भन्ने ’bout थुप्रै रिपोर्टहरू प्रकाशमा आए पनि सहरी क्षेत्रमा आफ्नो श्रमबाहेक बेच्ने केही नभएका पुरुषहरुको अवस्था प्रति थोरै मात्र ध्यान पुग्ने गरेको छ । विदेशमा र दक्षिण एसियामा लकडाउन जारी रहँदा यस्ता मानिसहरूको हताश जीवनको दर्दनाक चित्र प्रस्तुत हुन्छ । आफ्नो जीविकोपार्जन गर्ने माध्यम नै अकस्मात् बन्द भएपछि उनीहरू एक दिनबाट अर्कोसम्म बाँच्नका लागि समेत सङ्घर्षरत छन् ।

भोकमरीको नजिक

‘आप लोगो के सेहतके लिये आप लोग हमेँ बन्द करके रखा है (तपाईँहरूले आफ्नो स्वास्थ्यका खातेर हामीलाई बन्द गरेर राख्नु भएको हो)’,  भारतका लक्ष्मण खतिक भन्छन् ।

इन्दोरको कोभिड-१९ क्वारेन्टिनका एक स्वयम् सेवकको फोन सापटी लिएर गरिएको कलमा उनको मनमा भरिएको तिक्तता झल्किन्थ्यो । उनको आफ्नो फोनमा भने कल गर्ने ब्यालेन्स नै बाँकी थिएन ।

अधिकारीहरूले क्वारेन्टिन छाडेर जान दिए नै भने पनि १० वर्ष लामो घर बनाउने अनुभव भएका डकर्मी कथिकसित आफ्नो घर लैजाने पैसा छैन ।  मध्य प्रदेशमा पर्ने उनको गाउँमा गत हिउँदमा उनले छरेको गहुँ काट्ने कृषि कामदार नै छैनन् ।

कथिकलाई उनी र उनी जस्ता अरू २०० आप्रवासी कामदारहरूलाई कोभिड-१९ को संक्रमण फैलिनबाट रोक्न यो केन्द्रमा राखिएको हो भनेर सुनाउनु बेकार छ । ‘हामी यो नयाँ विमारीका कारण मर्नु भन्दा पहिले भोकले मर्नेछौँ’, उनले जवाफ दिए । ‘हामीले हिजो अनि आज के खायौँ थाहा छ? खिचडी । दिनको एक समय एक पटक । यस्तो कोच्चिएर, २०० जनाका लागि ४ वटा ट्वाइलेट भएको ठाउँमा कसरी बस्नु? के हामी जनावर हौँ ?’

के तपाईँले आफ्नो परिवारसित कुरा गर्न पाउने भएको छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘मरो फोनमा ब्यालेन्स हुन्जेल त गरेँ । मैल घर पैसा पठाउन नपाएको एक महिना भइसक्यो । उनीहरूले रासन किन्नु पर्छ र गाउँको किराना पसलमा धेरै उधारो भइसकेको छ । भगवानको कृपाले नहोस्, तर मेरा आमाबुबा बिरामी भए भने उनीहरूले डाक्टरको पैसा कसरी तिर्लान्, औषधि कसरी किन्लान् ?’

सरकारले अप्रिल २० बाट निर्माणसँग सम्बन्धित काम पुनः सुरु गर्न सकिने बताएको छ, तर कथिक आशावादी छैनन् । ‘म कहाँ गएर काम गर्नू ? सरकारले दियो भने म दैनिक मजदुरीको काम पाउनका लागि मानिस उभिने चोकमा गएर उभिन सक्छु । तर त्यही कामका लागि अरू आठ जना मानिस पनि लाइनमा हुनेछन् । ज्याला नराम्ररी घट्नेछ । मैले पहिले दिनको भारू ४०० कमाउँथे, अहिले त भारू १०० कमाएँ भने पनि आफूलाई भाग्यमानी ठान्नुपर्ने अवस्था छ ।’

इन्दोरबाट सयौं किमी टाढा यमुना नदीको तटमा रहेको नयाँ दिल्लीमा राम पालको अवस्था झन् नाजुक छ ।बिहारबाट आएर भारतको राजधानीमा विद्युतीय रिक्सा चलाउने गरेका उनी नदीको किनारमा फ्याँकिएका आधा कुहिएका केराका कोसा खाँदै गरेका मानिसहरूको माझमा देखिएका थिए ।

‘पहिला त मलाई लाज लागेको थियो यसो गर्न । टिभी रिपोर्टरहरूले देखे भनेर झन् लाज लागेको थियो । तर अहिले त्यहाँ गएर सहि गरेछु जस्तो लाग्छ । उनीहरूले मलाई टिभीमा देखाए र त्यसपछि हामीले दिनको दुई प्याकेट खानेकुरा पाउने गरेका छौँ । हामीले ती केराहरू देख्नु अघि हामी मध्ये अधिकांशले तीन दिन देखि केही खाएका थिएनौँ ।’

मार्च २४ को मध्यरात देखि लकडाउनमा रहेको भारतमा राम पालको कथा दर्दनाक रुपमा सबै माझ परिचित भइसकेको छ । सार्वजनिक सवारी साधन बन्द गरिएकाले करिब ८०० किमी पर रहको घर हिँडेर जान लागेका पाललाई लकडाउनको दौरान बिचैमा रोकिएको थियो । उनको दुर्भाग्य, उनलाई एउटा पर्याप्त खाना नभएको तर भिडभाड भएको क्वारेन्टिन केन्द्रमा राखियो । एक दिन सयौं मानिसहरू केन्द्रबाट जबर्जस्ती बाहिर निस्किए र नदीको तटमा घुम्न थाले । यही मौकामा उनीहरूले केराको थुप्रो भेटे ।

उनी आफ्नो परिवारका ’boutमा कुरा गर्न चाहँदैनन् । ‘पैसा नभएको बेला उनीहरूको अवस्था कस्तो होला भन्ने आस गर्नु भएको छ ? म घरतिर हिँड्दै गर्दा केही पैसा लिएर हिँडेको थिएँ, तर मैले त्यो पैसा खाने कुरामा खर्च गरेँ । अब घर जानुको अर्थ छैन । मैले मेरो अनुहार कसरी देखाउनु? मेरी श्रीमती र बच्चाहरूले के भन्ठान्लान् ? म कस्तो मर्द हुँ ?’

पाकिस्तानमा पनि उस्तै कहानी

सरकारले कोभिड-१९का कारण लकडाउन घोषणा गर्दा पाकिस्तानको राजधानी इस्लामावादको एक निजी घरमा भान्सेको काम गर्ने ४६ वर्षीय रोशन खान आफ्नो गाउँमा वार्षिक विदामा थिए ।

‘मैले जसका लागि काम गर्थेँ उनीहरूले मलाई नबोलाएसम्म नआउनु भनेका छन्,’ पाकिस्तान शासित काश्मिरको पुँच जिल्लाको सदरमुकाम रावलकोट नजिकैको आफ्नो घरबाट उनले फोनमा भने ।

स्थिर आय नभएका रोशन खानले आफ्नो परिवारका लागि खानेकुरा र किराना किनेर अहिलेसम्म पाकिस्तानी रुपैयाँ १६,००० खर्च गरिसकेका छन् । ‘पैसा सकिएकाले अब उधारोमा दैनिक उपभोगका सामान किन्न थालको, पसलेलाई १९,००० रुपैयाँ त तिर्नै बाँकी छ । पिर पञ्जल पहाडी शृङ्खलाको काखमा रहको सानो गाउँ सिङ्घोलामा सबैले सबैलाई चिन्छन्, त्यसैले पसलेले उधारोको पैसा मागेका छैनन् । ‘तर मलाई लाग्छ एक दिन छिट्टै नै उसले माँग्नेछ ।’

गाउँमा उनका लागि कुनै काम छैन । सामानहरू ठाडो उकालो पार गरेर मानिसहरूको घर-घरमा पुर्याउनुपर्ने भएकाले केही छिमेकीहरूले भरियाको काम गरेर पैसा कमाएका छन् । भर्खरै घाँटीको शल्यक्रिया गराएका रोशनले यसो गर्न सक्दैनन् । ‘मैले भारी श्रम गर्न वा गह्रौं सामान उचाल्न सक्दिनँ । मैले गरेँ भने मेरो घाँटी र टाउको निकै दुख्छ अनि सास फेर्न असहज हुन्छ ।’

उनले आफ्नो रोजगारदातासित पैसा मागेका छैनन् । उनी भन्छन् उनलाई पैसा माग्न लाज लाग्छ र ‘उनीहरूले पनि दिने चासो देखाएका छैनन् ।’

सरकारले कही गर्देला भनेर पनि उनलाई आस छैन । सन २००५ को भुकम्प पछि सरकारले क्षतिपूर्ति दिन्छु भनेर बाचा गरेका मानिसहरू मध्ये एक हुन् रोशन । ‘मैले सरकारले बाचा गरेको २ लाखमा जम्मा रु ७५,००० पाएँ । चार लाख खर्च गरेर एउटा सानो घर बनाएँ तर घरको काम  अझै सकिएको छैन । सन् २००७ देखि म आफ्नो ऋण तिर्दै आएको छु । मैले अझै ७ लाख तिर्नुछ ।’ कोरोनाभाइरसका कारण सिर्जित समस्याका कारण उनको बेचैनी बढेको छ ।

सिन्ध सरकारले तीन हप्ता अगाडि सबै खाजा घरहरू बन्द गर्ने आदेश दिएपछि  कराचीको डिफेन्स फेज ४ मा रहेको एउटा रेष्टुरेण्टमा वेटरको काम गर्ने ४३ वर्षीय मोहम्मद खलिल काममा जान पाएका छैनन् । उनकै जस्तो हाल तीनवटा कोठामा रू २४,६०० भाँडा तिरेर बस्ने अरू १२ जनाको पनि छ । लकडाउनका कारण कोही पनि घर जान पाउँदैन ।

‘मेरा साहुजीले दिनको रू ३०० दिन्थे र राम्रा दिनहरूमा औसतमा रू ५०० जति टिप्स कमाउथेँ’, खलिलले भने । आजकल उनी र उनका साथीहरू नजिकैको असहायहरूलाई सहयोग गर्ने संस्थाले बाड्ने खाजा पाउँछन् । आफूसित भएको खानाले उनीहरूले बेलुकाको छाक टार्छन् ।

पुँच जिल्लामा बस्ने उनकी श्रीमती र चार छोराछोरी उनले पठाउने पैसामा आश्रित छन् । तर खलिलसित घर पठाउने पैसा छैन । ‘अहिलेका लागि मेरा दाजुले उनीहरूको हेरचाह गरिरहेका छन् । के हुँदैछ भन्ने थाहा भएको भए म कुदेर घर जान्थे र उनीहरूसित बस्थेँ ।’

आफ्नो घर मात्रै फर्किन पाएको भए केही न केही काम पाइन्थ्यो भन्नेमा उनी ढुक्क छन् । केही नभए पनि स्थानीय सरकारले सस्तो दरमा बाड्ने खाने कुरा त उनले पाउँथे । ‘हाम्रो गाउँमा महिलाहरू खासै घर बाहिर निस्किँदैनन् । त्यसैले यस्तो सेवा  लिनु पर्यो भने उनीहरू लाज मान्छन् । उदाहरणका लागि मेरी श्रीमतीलाई यस्तो सेवाको ’boutमा आएको एसएमस पढ्न आउँदैन न त मेसेजिङ सेवाको प्रयोग गरेर आफ्नो परिचय पत्र पठाउन नै आउँछ ।’ त्यसैले सरकारले दिने सहायता उनीसम्म पुग्ने छैन ।

खलिलका रोजगारदाताले सहयोग‍को हात बढाएका छैनन् । त्यही पनि यसमा उनलाई कुनै दुखेसो छैन । ‘हामी केही मात्रै कामदार भएको भए उहाँले हामीलाई सहयोग गर्नुहुन्थ्यो । तर हामी यति धेरै जना छौ सबैको ध्यान राखून् भन्ने आशा राख्नु अवाञ्छनीय हुन्छ ।’

नेपालको आप्रवाह दुर्घटना

देशभर लकडाउन लागू हुनु एक हप्ता अघि मात्र ओम थापा मगर संयुक्त अरब इमिरेट्सबाट आफ्नो घर मकवानपुर जिल्ला फर्किएका थिए ।

‘एउटा खानेकुरा वितरण गर्ने कम्पनीमा काम गर्थेँ । म दुई महिनाका लागि घर आएको, अब काममा फर्किन पाइन्छ कि पाइन्न थाहा छैन । मेरा साहुले ‘हेरौँ के हुन्छ’ भनेका छन्’, फोनबाट द थर्डपोलसित कुरा गर्दै उनले भने ।

उनले तत्कालै सोधे, ‘हामी जस्ताका लागि काठमाडौंमा केही अवसर होला त?’ पाँच जनाको परिवारमा कमाउने एक जना मात्र भएकाले उनको भविष्य अँध्यारो देखिन्छ ।

पश्चिम एसिया, दक्षिण कोरिया र भारत जस्ता देशहरूबाट हालैका दिनहरूमा लाखौँ आप्रवासी कामदारहरू आफ्नो घर फर्किएका छन् । विदेश जानलाई तम्तयार भएर बसेका हजारौं मानिसहरू सराकारले श्रम स्वीकृती जारी गर्न बन्द गरेकाले बिचल्लीमा परेका छन् ।

गत १० वर्षमा नेपालले पश्चिम एसिया, मलेसिया र अरू देशहरूमा काम गर्न ३५ लाख कामदारलाई अनुमति दिएको छ । कोभिड महामारी फैलिनु अघिसम्म हरेक दिन २,००० मानिस आफ्नो परिवारलाई भर पेट खुवाउने काम गर्न देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर जान्थे । नेपालको १३ खर्ब बराबरको अर्थतन्त्रको एक तिहाइ जति पैसा कामदारहरूले घर पठाउने गर्थे । सन् २०१८ मा नेपालले रू ८ खर्ब ७९ अर्ब बराबरको आप्रवाह पाएको थियो जस मध्ये १५ प्रतिशत भारतबाट आएको थियो ।

विदेशबाट कामदारहरूले पठाउने गरेको आम्दानीका कारण नेपालमा गरिवीको रेखा मुनि रहेकाको जनसङ्ख्या सन् १९९० ताकाको ४२ प्रतिशत बाट सन् २०१५ मा २४ प्रतिशतमा झरेको थियो । नेपाली कामदार जाने देशहरूमा केही महिनासम्म लकडाउन लम्बियो भने यो प्रतिशत बढ्ने आंकलन स्थानीय मिडियामा गर्न थालिएको छ । सन् २०१५ मा नेपालले आफ्नो दिगो विकास लक्ष्य योजना अन्तर्गत सन् २०३० सम्ममा गरिवीको रेखा मुनि रहेका जनसङ्ख्याको अनुपातलाई ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । कोभिड-१९ का कारण सिर्जित आर्थिक उथलपुथलले यो लक्ष्यलाई थप कठिन बनाइदिएको छ ।

सन् २०१८ मा एसिया फाउन्डेसेनले तयार पारेको आप्रवासी कामदारहरूको अवस्था प्रतिवेदनले भन्छ, ‘ नेपाल जस्तो विदेशी आम्दानीमा भर पर्ने देशमा आप्रवाहमा सानो गिरावट आयो भने पनि देशको आर्थिक स्वास्थ्यमा ठूलो असर पर्न सक्नेछ ।’ नेपाल सरकारसँग अहिले पनि महामारीको आर्थिक दुस्प्रभावसँग जुध्ने योजना छैन ।

नेपाल भित्रै पनि करिब १० लाख निर्माण क्षेत्रमा काम गर्ने कामदार र यातायात र रेष्टुरेण्टमा काम गर्ने २० लाख कामदार बेरोजगार छन् । उनीहरू मध्ये अधिकांश दैनिक ज्यालामा निर्भर थिए । नेपाली अर्थतन्त्रको ६० प्रतिशत हिस्सा पर्यटन र यातायात जस्ता सेवामुखी क्षेत्रले ओगटेका छन् ।

केही विज्ञहरू भने विद्यमान चुनौतीका बीच पनि चाँदीको घेरा देख्छन् । ‘औसतमा करिब ३,००० युवाहरू देशका हरेक ७५३ नगर तथा गाउँपालिकामा फर्केका छन् । उनीहरूलाई खेती गर्नका लागि निर्व्याजी ऋणको व्यवस्था गरिदिए उनीहरूलाई देशमै बस्ने प्रोत्साहन मिल्नेछ । कृषिमा केहि नवीन काम गर्ने र युवा पुस्तालाई सहयोग गर्ने यो राम्रो अवसर हो,’ नेपालको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल भन्छन् ।

तर दक्षिण एसियाभरका आप्रवासी कामदारहरूका लागि जीविकोपार्जनका माध्यमहरूमा अकस्मात् आएको गिरावटले ठूलो दुर्घटना निम्त्याइसकेको छ ।

 


सलह आक्रमणका कारण पाकिस्तान र दक्षिण एसियामा खाद्य सङ्कटको खतरा

$
0
0

पाकिस्तानको दुर्गम भूभागमा पर्ने दक्षिण-पश्चिम बलोचिस्तानमा मरुभूमिमा पाइने सलह कीराहरू बाली खानमा व्यस्त छन् । इरानबाट केही सय किलोमिटर मात्र पर रहेको वासुक जिल्लामा पर्ने एउटा गरिब, कम जनघनत्व भएको गाउँ गराङका बासिन्दाहरूका अनुसार, बोलीचालीको भाषामा मरुभूमि सलह भनिने स्किस्टोसेर्का ग्रेगारिया प्रजातिका सलहहरूको झुण्ड दिन प्रति दिन ठूलो हुँदै गइरहेको छ ।

‘विस्तारै तर निरन्तर सलहहरूले खेती गरेको जमिनमा भएको सबै थोक खाँदैछन् । अब उनीहरू छिमेकी गाउँको अरू खेत तिर सोझिँदै छन्’, एक किसान मौलभी सतरा बलोचले द थर्डपोल डट नेटलाई बताए ।

घाँसे मैदान र खेतहरू भएको छिमेकी जिल्ला खरानमा पनि स्थिति उस्तै छ । किटनासक औषधि छर्किए पनि सलहहरू पात पतिङ्गर खान पाइरहेका छन् र उनीहरूको सङ्ख्या बढ्दो छ । हरियो कुरा त उनीहरूले देख्नै हुँदैन ।

दशकौँकै खराब भनिएको गत वर्ष अफ्रिका, अरब  र दक्षिण एसियामा भएको सलह आक्रमणकै निरन्तरताको रुपमा यो वर्षको सलहलाइ हेरिएको छ । जति खाए पनि नअघाउने कीराको अभूतपूर्व उपस्थितिका ’bout कृषकहरूले बयान गर्दै गर्दा खाद्य तथा कृषि सङ्गठनले गम्भीर हमला भएमा देशको खाद्य सुरक्षामा खतरामा पर्ने चेतावनी दिएको छ ।

हालै प्रकाशित भएको पाकिस्तान ’boutको रिपोर्टमा खाद्य सङ्गठनले सलहको आक्रमणको चेतावनी दिएको छ ।

‘यो जाडो याममा धेरै पानी परेका कारण पनि यी क्षेत्रहरूमा सलहको प्रजनन हुनसक्ने सम्भावना छ र इरान र पाकिस्तान जोखिममा छन् । पाकिस्तानको ३८ प्रतिशत भूभाग ( बलोचिस्तानको ६० प्रतिशत, सिन्धको २५ प्रतिशत र पन्जाबको १५ प्रतिशत भूभागमा मरुभूमि सलहको प्रजनन गर्ने जमिन छ भने प्रजनन क्षेत्रहरूमा सलहहरूलाई सीमित गर्न सकिएन भने पुरै देश नै आक्रमणको जोखिममा छ ।’

मार्च १, २०२० मा खिचिएको तस्विरमा पाकिस्तानको मध्य पन्जाब प्रदेशको खुसाबमा रहेका सलहहरू देखिन्छन् । हालैका दिनमा पाकिस्तान गम्भीर सलह आक्रमणले ग्रसित छ । (फोटोः लिउ तियान /सिन्ह्वा / अलामी लाइभ न्यूज)

यी सलहहरू जति पनि खान सक्छन् । कुनै पनि सलह आफ्नो जिवन चक्रको कुन चरणमा छ भन्ने कुराले त्यसको लम्बाइ निर्धारण गर्दछ । एउटा सलह १० देखि ७० मिलिमीटर सम्मको हुन सक्दछ र एउटा वयस्कले हरेक दिन आफ्नो तौल बराबरको (करिब २ग्राम ताजा घाँस पात ) खाना खान सक्दछ । धेरै पानी पर्ने र हराभरा भएको ठाउँमा सलहहरू फस्टाउँछन् र छिट्टै प्रजनन गरेर आतङ्क सिर्जना गर्ने जत्था बनाउँछन् ।

खाद्य आपूर्तिलाई धक्का

यी कीराहरूले निम्त्याउन सक्ने क्षतिको विस्तार आकलन प्रस्तुत गर्न रिपोर्टमा सलहका कारण सिर्जना हुन सक्ने सबै भन्दा खराब अवस्थाको भविष्यवाणी गरिएको छ । त्यस्तो अवस्थामा गहुँ, चना र तोरी जस्ता हिउँदे बाली लगाइएका क्षेत्रमा ‘गम्भीर असर’ पर्नेछ । यदि १५ प्रतिशत गहुँ, चना र आलु नास भयो भने कृषिमा बेहोर्नु पर्ने क्षति पाकिस्तानी रु २०५ अर्ब (१ अर्ब ३० करोड डलर) पुग्न सक्ने देखिएको छ । तर क्षतिको स्तर २५ प्रतिशत पुग्यो भने खाद्य सङ्गठनको आकलन अनुसार हिउँदे बालीमा मात्रै पाकिस्तानी ३५३ अर्बको नोक्सान हुनेछ र गर्मी याममा रोपिने बालीमा यो आँकडा ४६४ अर्ब पुग्न सक्नेछ ।

‘कोभिड‍-१९ले पाकिस्तानका सबैभन्दा जोखिममा रहेका समुदायहरूको स्वास्थ्य, जिविकोपार्जन, खाद्य सुरक्षा र पौष्टिक तत्वको उपलब्धतामा असर पारिरहँदा, मरुभूमि सलहहरूको आक्रमण सीमित गर्नु र यसको रोकथाम गर्नु अझै महत्वपूर्ण हुन गएको छ,’ सङ्गठन भन्छ ।

अन्तर्देशीय झुण्डहरू खानाको खोजीमा

कीराको रुपमा देशले थुप्रै चुनौतीको सामना गर्नु परेको पाकिस्तानका सलह नियन्त्रण संयोजक तथा खाद्य तथा कृषि सङ्गठनको रिपोर्टका एक लेखक मुबारिक अहमद बताउँछन् ।

कृषकहरूले बताए झैँ पहिलो चुनौती गत वर्ष देखि बाँकी रहेका सलहहरूको स्थानीय प्रजननले पैदा गरेको छ । गत वर्ष सलहले सिन्धमा ४० प्रतिशत बाली सखाप पारेको थियो ।

‘हामीले २०१९ मा देखेको दृश्य १९९३ पछि देखेका थिएनौँ,’ अहमदले भने । दशकौँ पछि पाकिस्तानका हरेक परदेशमा यी किराहरू देखिएको उनले बताए । ‘यो भन्दा पहिले सलहहरू गर्मी महिनामा पन्जाबको चोलिस्तान मरुभूमि वा सिन्धको थरमा स्थानीय रूपमा देखिन्थे । तर गत वर्ष ति सिन्ध, पन्जाब र खाइबर पाख्तुन्वाका उत्तरी क्षेत्रहरूका खेती गरिएका क्षेत्रमा बसाइँ सरे । यस्तो भएको हामीले पहिले कहिल्यै सुनेका थिएनौँ । उनीहरूले नयाँ रुटहरू विकास गरे र अफगानिस्तान छिरे ।’

सन् १९५२ मा पाकिस्तानमा देखिएका सलह । (फोटोः अलामी)

यी सलहहरू ओसिलो जमिन र वर्षको पानी बग्ने भूबनोट भएका ठाउँ मन पराउँछन् । ‘बलोचिस्तानमा यस्तो पानी बग्ने चिराहरूको ठूलो सञ्जाल छ जहाँ २०१९ का कीराहरू प्रजनन गरिरहेका छन् । यसपाटक इरानबाट त सलहहरू आएकै छैनन् ।’

इरानबाट बसाइँ सर्दै आउने सलहको खतरा भने अझै टरेको छैन । अहमद भन्छन् ‘सलहहरू इरानको सिस्तान बलुिचस्तान र बुसेर प्रान्तहरू बाट गत वर्ष आएका थिए र उनीहरू यो वर्ष फेरि फर्कन सक्छन् ।

उनी भन्छन्, उनीहरू जति ढिलो आउँछन् त्यति नै ठूलो झुण्डमा आउनेछन् । समय बित्दै जाँदा उनीहरूको पुस्तान्तरण हुन्छ र प्रजनन गर्ने धेरै मौका उनीहरूले पाउँछन् ।

त्यस्तै गत वर्ष सलह आतङ्क सुरु भएको ओमान र हालैका दिनहरूमा अधिक वर्षाका कारण सलहहरूको सङ्ख्यामा ठूलो वृद्धि भइरहेको पश्चिमोत्तर अफ्रिकाबाट सलहको हमला सुरु हुन सक्ने अनुमान गर्न सकिन्छ।

रिपोर्टले आफ्नो निष्कर्षमा सलहको झुण्ड वसन्त ऋतुमा प्रजनन गर्ने बलुचिस्तान र दक्षिण-पूर्वी इरानबाट गर्मी महिनामा प्रजनन गर्न सक्ने भारत-पाकिस्तान सीमाका दुवै तर्फ सर्न सक्ने जनाएको छ । यस्तो स्थानान्तरण जून महिनासम्म जारी रहनेछ । मनसुन सुरु हुनु ठीक अगावै किट नासक प्रयोग नगरिएका झुण्डहरू सिन्धु उपत्यका पार गरेर थरपर्कर, नारा र चोलिस्तानका मरभूमी क्षेत्रमा आइपुग्ने छन् । रिपोर्टले पूर्वी अफ्रिकामा जूनको अन्त्य र जुलाईमा छुट्टै आक्रमण हुन सक्ने चेतावनी पनि दिएको छ ।

सलहका लार्भाको पखेटा हुँदैन । लार्भाहरू एकै ठाउँमा एकतृत भएर बस्दै गर्दा उनीहरू समूह बनाउँदछन् । लार्भा अवस्था पार गरिसकेपछि नयाँ वयस्कहरूको पखेटा कमलो हुन्छ र उनीहरू उड्न सक्नु भन्दा पहिले उनीहरूका पखेटा सुक्नु पर्छ । वयस्क सलहहरू झुण्ड बनाउँछन् र उनीहरूको यो झुण्डले केही किलोमिटर क्षेत्र ओगट्न सक्छ । (स्रोत खाद्य सङ्गठन)

सन् १९६४ मा दक्षिण पश्चिमी एसियामा मरुभूमि सलह नियन्त्रण आयोग बनाएको खाद्य सङ्गठनले अफगानिस्तान, भारत, इरान र पाकिस्तानको अवस्थालाई नजिकबाट नियाली रहेको छ ।

अहमदले भने, ‘विगतका केही दिनहरूमा, सलहहरू बलोचिस्तानको फजिल्काबाट भारतको राजस्थान तर्फ उडेका छन् । उनीहरू खानेकुरा खोज्दैछन् ।’

भारतमा सलहको खतराका ’bout रिपोर्टहरू आइसकेका छन् र अधिकारीहरू पश्चिमोत्तर अफ्रिकाबाट आउने ठूलो सलह आँधी आउने र यसले खाद्य सुरक्षामा असर पुर्याउने आकलन गर्दैछन् ।

पाकिस्तानसितको सिमानासित जोडिएको जैसलमेर मरुभूमि जिल्लामा गाईवस्तु पालेर बसेका कैलाश मेघवालले भने, राजस्थान सरकारले किटनासक औषधि र यसलाई छर्किने उपकरण सबै किसानहरूलाई वितरण गर्ने बताएको थियो । तर कोभिड-१९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण त्यो कार्यक्रम बिचैमा रोकिएको छ ।

‘हामीलाई पनि किटनासक चाहिएको छ,’ मेघवालले भने । ‘सलहले हाम्रा भेडा बाख्राले खाने सबै घाँस खाइदिन्छ । सबै जनाले सलह आक्रमणका कारण कृषकमा पर्ने मारका ’bout कुरा गर्छन् तर उनीहरूले हामीलाई पनि उत्तिकै असर गर्छन् ।’

कारकका रुपमा जलवायु परिस्थिति

द थर्डपोल डट नेटलाई दिइएको एउटा विवरणमा खाद्य तथा कृषि सङ्गठन कि किथ क्रेसमानले जलवायु परिवर्तनकै कारण सलह आक्रमण भएको हो भनेर भन्न नसकिए पनि जलवायु परिस्थितिहरूले सलहहरूको सङ्ख्यामा असर पार्ने गरेको बताए ।

‘वर्षाले सलहहरूको प्रजनन् मा मद्दत गर्दछ । अनुकूल वातावरण पाएमा हरेक तीन महिना सलहको सङ्ख्या २० गुणा बढ्न सक्छ’, विवरणमा उनले लेखेका छन् ।

‘विगत ३ वर्षहरूमा हिन्द महासागरमा चक्रवातहरूको सङ्ख्यामा वृद्धी भएको छ र यसका कारण सलहहरूको प्रजनन दर बढेको छ,’ क्रेसमानले भने । ‘जलवायु परिवर्तनको सजिलै नदेखिने प्रभाव भने यसले कीराहरू प्रजननमा कसरी असर पार्छ भन्ने पनि हो । मरुभूमि सलहहरूको खतरा पहिले देखि नै रहे पनि यसमा केही परिवर्तन भइरहको हाम्रो आशङ्का रहेको छ ।’

पाकिस्तानको पूर्वतयारी

कृषक हाजी गुलाम हुसेनले कृषकहरूलाई जम्मा गरेर बलोचिस्तानका जिल्लाहरूको अतिक्रमित खेतहरूमा किटनासक छर्ने बताए । ‘मैले आग्रह गरेपछि कृषि विभागले हामीलाई औषधि छर्कन दुईवटा गाडी दिएको छ’, उनले भने ।

देशमा वसन्त ऋतुमा हुने सलह प्रजनन जारी रहँदा थुप्रै लार्भाहरू वयस्क हुँदैछन् र उनीहरूको झुण्डहरू बनाउँदैछन् । मुबारिक अहमदका अनुसार वयस्क सलहहरूले अरू भन्दा धेरै खान सक्छन् र यसै कारण धेरै हानि पुर्याउँछन् ।

बाली कुन चरणमा छ भन्ने कुराले पनि सलहले कति नोक्सानी गर्छ भन्ने निर्धारण गर्छ, अहमदले भने । भर्खरै हुर्कँदै गरेको बाली सलहले पुरै खान्छ भने अलि छिपिसकेको बालीले आफ्नो पातहरू मात्रै गुमाउँछ ।

‘अहिले प्रदेशको नासिरबाद बेल्टमा बाली पाक्न थालेका छन्’, बलोचिस्तानका आर्थिक चुनौतीहरूमा केन्द्रित रहेका अर्थशास्त्री महफुज अलि खानले बताए । ‘बलोचिस्तानका ४० प्रतिशत श्रमिकहरू कृषि क्षेत्रसित सम्बन्धित छन् । सलहहरूले बाली नास गर्दैछन्, अधिकारीहरू कोभिड-१९मा केन्द्रित छन्, र हामी भने सलह नियन्त्रणका लागि केही नगरी बसिरहेका छौँ ।’

कोरोनाभाइरसका कारण लागू गरिएको निषेधआज्ञाका कारण प्रताडित स्थानीयहरू सलहले आफ्नो बाली खाएको हेरेर बस्न बाध्य भएका छन् ।

सलह आक्रमण सुरु भए पश्चात् पाकिस्तानका प्रधानमन्त्री इमरान खानले फेब्रुअरीमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । तर संघिय र प्रादेशिक सरोकारवालाहरू यो विषयमा एकजुट हुन सकेनन् । सिन्ध सरकारले केन्द्रले ‘प्रदेशहरूलाई मरुभूमि सलहसित एक्लै जुझ्न छोडिदिएको’ आरोप लगाएको थियो भने केन्द्र सरकारले यो सलह नियन्त्रण गर्ने जिम्मेवारी प्रादेशिक सरकारको रेहेको बताएको थियो ।

कानुन निर्माताहरू र कृषि क्षेत्रमा काम गरेकाहरू सिन्ध, पन्जाब र खाइबर पाख्तुन्वामा गत वर्ष सलहले गहुँ, कपास र मकै कसरी नास गरेको थियो भन्ने ’boutमा सजग हुँदै गर्दा खाद्यान्न सङ्कटको त्रास अहिलेसम्म कै उच्च अवस्थामा पुगेको छ ।

पन्जाबमा मन्त्रीहरूले सलहको जोखिमका ’boutमा चिन्ता व्यक्त गरे पनि विपक्षी राजनीतिज्ञहरूले सरकारले चाहिने जति काम नगरेको आरोप लगाएका छन् ।सलहका लागी अहिले विशेष गरी दक्षिणी पन्जाबमा अनुकूल मौसम रहेको किसान बोर्डका केन्द्रीय महासचिव  जाम हजूर बक्सले बताए । ‘केही समय अघिसम्म पानी पर्यो अहिले अब गर्मी याम सुरु भएको छ । यो अवस्था सलहका लागि निकै अनुकूल हुन्छ । प्रदेशभरका सबै बाली सखाप हुनेछन्’, उनले भने। कोभिड-१९ को जोखिमका कारण पुरै क्षेत्रमा सलह आक्रमणको समस्या झन् गिजोलिएको खाद्य सङ्गठनका पाकिस्तान विज्ञ सकिल अहमदले बताए ।

चिनियाँ मद्दत

खाद्य सङ्गठन र चिनिया सरकारको सहयोगमा रोकथाम योजना तयार भएको छ र योजना अन्तर्गत कृषकहरूलाई किटनासक औषधि र औषधि छर्कने उपकरण प्रदान गरिएको छ । ‘चीन संसारकै सबैभन्दा ठूलो किटनासक उत्पादक मध्येको एक हो र उसले पाकिस्तानलाई किटनासक दिएको छ,’ अहमदले भने । खाद्य तथा कृषि सङ्गठनले पनि किटनासक छर्कने उपकरण प्रदान गरेको छ र कृषकहरूलाई यस’bout तालिम पनि दिएको छ ।

सलहको आक्रमणको जानकारी लिन एउटा चिनिया टोलीले पनि मार्चमा पाकिस्तानको भ्रमण गरेको थियो ।

पाकिस्तानको पन्जाब प्रदेशमा पर्ने खुसाबमा चिनिया विज्ञ झाङ लोङ मार्च २, २०२० मा सलहको अण्डा खोज्दै । पाकिस्तानमा सलह आक्रमण नियन्त्रण गर्नका लागि चीन सरकारले विज्ञहरूको आपत्कालीन टोली पठाएको थियो । विज्ञहरूले सलह आक्रमणबाट पिडित थरपर्कर मरुभूमि, सिन्ध; दक्षिण पश्चिम बलोचिस्तान र पन्जाबला जस्ता विभिन्न जिल्लाहरूको भ्रमण गरेका छन् जहाँ सलहले अण्डा पारिसकेका छन् । (फोटोः लिउ तियान / सिन्ह्वा / अलामी लाइभ न्यूज )

यस्तो सहयोगको सदुपयोग गरेर सरकारले सरोकारवालाहरूसित समन्वय गर्दै राष्ट्रिय खाद्य सुरक्षाको जगेर्ना गर्न, समयमै स्रोतको परिचालन गर्न, र उचित निगरानी, नियन्त्रण र जनसचेतनाका कार्यक्रम सञ्चालन गर्न ‘मरुभूमि सलह निगरानी तथा नियन्त्रण राष्ट्रिय कार्ययोजना’ तयार पारेको छ ।

राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्रालय अन्तर्गतको बाली संरक्षण विभागका प्राविधिक निर्देशक तारिक खानले भने, ‘सलहको आक्रमणसित जुझ्न एउटा तीन चरणको योजना बनाइएको छ, तर यो नियन्त्रण नभएमा यो अतिक्रमण ‘पुरै दक्षिण एसियाका लागि एउटा गम्भीर खतरा हुनेछ ।’

तिब्बतीहरूले जैविक विविधताको जगेर्ना गरेका थिए, उनीहरूमाथि प्रतिबन्ध लगाइए वनको स्तर खस्कनेछ

$
0
0

चिउचाइगो राष्ट्रिय प्रकृति आरक्ष चीनको सबैभन्दा लोकप्रिय पर्यटकीय आकर्षणमध्यको एक हो । तिब्बती पठारको किनारामा पर्ने र थोरै मानिस बसोवास गर्ने पश्चिमोत्तर चीनको सिचुआन प्रान्तका पर्वतहरूले हरेक वर्ष ५० लाख आगन्तुकहरूलाई स्वागत गर्ने गरेका छन् । अहिले आरक्ष भएको ठाउँमा हजारौं वर्षदेखि कृषक र गोठालाहरू बस्दै आएका थिए । तर यहाँको जैविक विविधता  संरक्षण गर्नका लागि आरक्षले यहाँ खेती गर्न, गाई वस्तु चराउन र काठ काट्न प्रतिबन्ध लगाएको छ ।

के यो संरक्षण गर्ने सहि तरिका हो त ? भूगर्भ विद्, पारस्थितिक प्रणाली विज्ञ, पुरातत्व विद् र सामाजिक मानवशास्त्रीहरूको एक समूहले हालै गरेको एक अध्ययनले त्यो तरिका सहि नहुनपनि सक्ने सुझाव दिएको छ । लामो समयसम्म एकै ठाउँमा रहेको मानव वस्तीले यस क्षेत्रको जैविक विविधता प्रवर्द्धन गरेको थियो र उनीहरूको निर्वाहका लागि गरिने गतिविधिमा रोक लगाउँदा त्यसको असर जैविक विविधतामा परेको छ, अध्ययनको निष्कर्ष छ ।

चिउचाइगोमा तपाईँ दुई तर्फी टिकटका लागि ३१० युआन (४४ डलर) खर्चेर प्राकृतिक ग्याँसबाट चल्ने ‘हरित’ बसहरू चढ्न सक्नुहुन्छ अथवा सफा र चिटिक्क पारिएका बोर्डवाकहरूबाट पर्वतहरू, सङ्लो ताल र हरिया सिमसार र सयौँ मिटर चौडा झरनाहरू अवलोकन गर्न सक्नुहुन्छ । यी सबै वस्तुहरूले शिशिर ऋतुको आगमनसँगै आकर्षक रङ् धारण गर्दछन्; सक्ने त बरफ जम्ने जाडोमा पनि आउँछन् । उपत्यकामा रहेका स-साना शहरहरूमा रोकिएर केही समय अघिसम्म कृषक र गोठाला रेहेका मानिसहरुले सञ्चालन गरेका  पसलहरूबाट तपाईँले स्थानीय कोसेली र सरसामान किन्न सक्नुहुन्छ । बेलुकीपख आरक्ष बाहिर रहेका  रेस्टुरेण्टहरूमा तपाईँ सिचुआन स्टाइल अथवा सुधारिएको तिब्बती स्टाइलको परिकार खान सक्नुहुन्छ र सरकारी कामकाजको चिनियाँ भाषामा प्रस्तुत गरिने तिब्बती सांस्कृतिक झाँकीको अवलोकन गर्न सक्नुहुन्छ ।

चीनका अरू भूभागमा रहेका भिडभाड हुने शहरहरू र अत्यधिक रुपमा मलखाद र मेसिनको प्रयोग गरिने खेतहरूबाट पर रहेकाले चिउचाइगोको प्राकृतिक भूपरिधिको बेग्लै आकर्षण छ । तर आरक्षलाई यस्तो स्थितिमा राखिराख्न स्थानीय अधिकारीहरूले यस क्षेत्रको नामकरण चिउचाइगो (नौ गाँउको उपत्यका) गरेका र यहाँ वर्षौँदेखि बस्दै आएका करिब १,००० अम्दो तिब्बतीहरूलाई आफ्नो निर्वाहमुखी कार्य गर्नमा रोक लगाएका छन् । सन् १९९९ देखि यहाँका स्थानीयले बाँच्नका लागि खाने गरेका जौ, फापर, गेडागुडी र मकै खेतमा लगाउन पाएका छैनन् । सन् २००१ देखि उनीहरूले गाईवस्तुलाई उच्च भूभागमा रहेका घाँसे मैदान वा वस्ती नजिकै वनको भूपरिधिमा पर्ने बाँझो खेतमा चराउन पाएका छैनन् । उनीहरूले घर न्यानो पार्न र खाना पकाउन चाहिने काठ सङ्कलन गर्न र घर बनाउन रुख काट्न समेत पाएका छैनन् ।

अधिकारीहरूले यो भूपरिधिमा जैविक विविधता बचाउने हेतुले यहाँको मानव गतिविधि बन्द गरेको जिकिर गर्छन् । यसो गर्नु सहि पनि लाग्छ । सिचुआनका थुप्रै संस्थाहरूसित आबद्ध भूगर्भ वैज्ञानिकहरूले चिउचाइगोमा गरेका एउटा अध्ययनमा सो क्षेत्रमा १,९५० प्रजातिका बिरुवा र कम्तीमा ५० प्रजातिका दुर्लभ र लोपोन्मख जनावरहरू फेला परेका थिए । यस्तो जैविक विविधता भएको ठाउँलाई त क्षेत्रीय र राष्ट्रिय गौरव घोषणा गरिनु पर्ने हो ।

मानिसहरूले स्थानीय प्रकृतिमा पारेको प्रभाव हेरेर यहाँका अधिकारीहरूले उनीहरू करिब ३०० वर्ष अघि देखि मात्रै यहाँ बस्न थालेका हुन् भन्ने धारणा बनाएका छन् । उनीहरूले अब त्यो बेला देखिएका सबै मानिसहरूको वनमाथीको प्रभाव निमिट्यान्न पार्न चाहन्छन् । सन् १९६० र ७० को दशकमा औद्योगिक स्तरमा रुखको कटान र अन्य स्रोतहरूको दोहनले गर्दा पर्वतीय भूपरिधिमा परिवर्तनहरू आएका छन् । यस्तो समस्याको पारिस्थितिक प्रणालीगत, शास्त्रीय र सौन्दर्यको हिसाबले आधिकारिक समाधान थियोः सबै खालको उत्खनन र निर्वाहमुखी कृषि र चरन बन्द गर्ने र घाँसे मैदानहरूमा वन पुनः स्थापना गर्ने । यसो गर्नाले यहाँको जैविक विविधता अर्को पुस्ताका लागि सुरक्षित राख्ने सकिने अधिकारीहरूलाई लागेको थियो ।

 

 

मानिसहरूले जैविक विविधता बढाउन सक्छन्

हाम्रो हालैको अध्ययनले यो दृष्टिकोणमाथि प्रश्न खडा गर्दछ । पहिलो कुरो त के हो भने यो स्थानमा मानिसहरू पहिले सोचिए भन्दा निकै अघि (कम्तीमा ३,५०० वर्ष अघि) देखि बस्दै आएका थिए । तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने उनीहरूको परम्परागत भूउपयोग गर्ने तरिकाका कारण पत्झर रुखहरू, सदाबहार वनहरू, विभिन्न उचाइमा घाँसे मैदानहरू, खेत र सिमसार क्षेत्रहरू फस्टाए र यसैका कारण सायद जैविक विविधता बढेर गयो । यस्तो क्षेत्रलाई पुनः प्राकृतिक स्वरुपमा फिर्ता गर्नुले यहाँको जैविक विविधता बढाउने भन्दा घटाउने सम्भावना देखिन्छ ।

तिब्बती पठारमा गरिएको पुरातात्त्विक अनुसन्धानले के देखाएको छ भने खानाको खोजीमा निस्किएका मानिसहरूले यहाँका बुट्यानको उपयोग ३०,०००-४०,००० वर्ष अघि देखि गरेका थिए । पठारको पूर्वी किनारमा पाइएका जमिनमुनि फल्ने विरुवाहरू, बदाम, फलफूल र जङ्गली सागपात जस्ता स्रोतहरू पाइन्छन् जसलाई आदिम मानिसहरूले सङ्कलन गरेका हुन सक्छन् । यहाँ पाइने धेरै जसो विरुवाहरू मान्छेले खलबलाएका र आगो लगाएका ठाउँहरुमा पाइने जस्ता छन् । पुरातत्व विद्हरूले चिउचाइगुमा आदिम युगमा मानिसहरू खाना खोज्न हिँड्थे भन्ने विषयलाई सूक्ष्म रुपमा केलाएका त छैनन् तर प्राकृतिक स्रोतमा यति धनी स्थान उनीहरूको नजरमा परेन भन्न सकिन्नँ ।

हामीले चिउचाइगुको वस्ती कति पुरानो हो भनेर भर्खरै बुझ्न थाल्दैछौ । सन २००५ मा पुरातत्व विद्हरूले खालि गरिएका गाउँहरूमा कार्बनका अवशेष फेला पारेका थिए । पहिलो नमुना करिब ८०० वर्ष पुरानो भएको र दोस्रो २,००० वर्ष पुरानो भएको पाइएको थियो । यसले मानिसहरू हान वंशको शासनका बखत नै यहाँ बस्ने गरेको देखिन्छ । सन् २००८ मा सिचुआन विश्वविद्यालयका पुरातत्व विद्हरूले सन् १९९० सम्म खेती गर्ने गरिएको स्थानमा हान वंशको पालाको घर उत्खनन गरेका थिए । यही घरमा भेटिएका जौ र गहुँका अवशेषको रेडियो कार्बन डेटिङ गर्दा यहाँ ३,४०० वर्ष अघि नै खेती गरिन्थ्यो भन्ने पत्ता लागेको थियो । उत्खननका क्रममा अन्वेषकहरूले करिब ६,००० वर्ष अघि फैलिएका कोदो खेती गर्ने मजिआयो जातिले बनाउने हाँडीसित मिल्दोजुल्दो रङ पोतिएको हाँडीको टुक्रा फेला पारेका थिए । नजिकै एउटा कलश भेटिएपछि मजिआयोका मानिस यहाँ बसोवास गरेका थिए भन्ने सिद्ध भयो ।

सन् २०१९ मा सुरु गरिएको उत्खननको प्रारम्भिक नतिजाहरूले पनि नव पाषाण युग र ताम्र युगको सुरुवातमा यहाँ मानिसहरू बस्ने गरेको पुष्टि गरेको देखिन्छ । हालै उत्खनन गरिएको हान वंशको घरमा पाषाण युग र ताम्र युगका भाँडा भेटिएका छन् । जैविक अवशेषहरूको भने कार्बन डेटिङ हुन बाँकी नै छ ।

हामीलाई के थाहा छ भने चिउचाइगोमा मानिसहरू हजारौं वर्षदेखि बसोवास गर्दै आएका छन् । हामीलाई के पनि थाहा छ भने आरक्षमा मनमा छाप पार्ने जैविक विविधता छ ।  पारिस्थितिक प्राणालिको अध्ययनमा प्रयोग हुने ‘इन्टरमिडिएट डिस्टर्ब्यान्स’ हाइपोथेसिस (अनुमान)का मद्दतले यी दुई तथ्यलाई जोड्न सकिन्छ । एक छिनलाई मानौँ मानिसहरूले भूपरिधिलाई एउटा मात्रै बाली लगाउने खेत वा शहरमा रुपान्तरण गर्छन् । त्यसो भए त जैविक विविधतामा ह्रास आउँछ । अर्को चरम अवस्थामा भने मानौँ मानिसले आफ्नो भूपरिधिलाई कुनै पनि रुपमा खलबल्याउँदैन र यस कारण जैविक विविधता युक्त क्षेत्रहरू एकनासको हुन्छन् र बाहुल्यता भएको प्रजातिको सङ्ख्या ह्वात्तै बढेर अरू प्रजातिको सङ्ख्यामा कमी आउँछ । तर चिउचाइगोका मानिसहरूले जस्तो खेती, गाईवस्तु चरण, काठ कटान र आगोको सहि उपयोग जस्ता मध्यम स्तरका खलल पुर्याउने गतिविधि गरिएमा यसले जैविक विविधता अभिवृद्धि गर्न सक्दछ ।

रिमोट सेन्सिनङ, परिमाणात्मक रुपमा गरिएको पारिस्थितिक प्रणालीको अध्ययन र नृजातिवर्णनमा आधारित अन्तवार्ताहरूबाट प्राप्त प्रमाणपत्रहरूले यो अनुमानलाई सहयोग गर्दछन् । पहिलो, आरक्षमा व्यवस्थापनले कृषि, गाईवस्तु पालन र काठ कटान रोकेपछि यहाँ को विविधतामा ह्रास आएको छ । त्यसको असर  सन् २००५ देखि २०१५ को समयमा घाँसे मैदानमा देखिएको छ । गाउँलेहरूले परम्परागत रुपमा चक्रिय रुपमा खेती गर्ने र गाईवस्तु चराउने गरेका यी घाँसे मैदानको क्षेत्रफलमा ह्रास आएको छ । त्यस्तै सदाबहार पात नलाग्ने र आगो बाल्नका लागि उपयुक्त पत्झर रुखहरू र निर्माणमा प्रयोगमा आउने कोणधारी रुखहरू पाइने स्थानहरूमा कोणधारी रुखहरूको बाहुल्यता दखिन्छ ।

दोस्रो, आरक्षका धेरै जसो जनावर तथा विरुवाहरू यस्ता घाँसे मैदान (जङ्गल होइन) मा बस्छन् र उनीहरूको वासस्थान नास भएमा उनीहरूको अस्तित्वमाथि नै खतरा पैदा हुन्छ ।

तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा के हो भने गाउँलेहरू आफूले निर्वाहमुखि गतिविधि रोक्नु अघि आफ्नो जिवनचर्या कस्तो थियो भन्ने अझै सम्झन्छन् । उनीहरूले जानेरै आफ्नो वनमा मिश्रित प्रजातिका रुखहरू रोप्थे, घाँसे मैदान खुला राख्थे । उनीहरूले घाँसे मैदान गाईवस्तु चराउनका लागि मात्र नभएर, जडिबुटी उत्पादन गर्न, सिकार गरि जनावरहरू मार्न र “राम्रोसित उपयोग” भइरहेको भूपरिधि हेर्दा मिल्ने सुख पाउनका लागि खुला राख्थे । अहिले उिनहरु यस्तो मैदानको मृत्युको शोक मनाउँदैछन् ।

छिट्टै नै विलय हुन लागेको चिउचाइगोको विविधता युक्त भूपरिधिसँग उनीहरूको लगाव भए पनि, कोही पनि स्थानीय मानिस आफ्नो अघिल्लो जीविकोपार्जन विधितिर फर्केला भन्नेमा शङ्कै छ । पर्यटनबाट हुने आम्दानी र साना व्यवसाय सञ्चालन गर्ने अवसर पाएका यहाँका मानिसहरू धनी छन् । उनीहरूसित ठूला नव परम्परागत घर र गाडी छन् र उनीहरुका बालबच्चा चेङ्दुसम्मका धनी मानिसका छोराछोरी पढ्ने स्कूलमा पढ्छन् । खेती गर्दा लाग्ने परिश्रमको कसैलाई नियाँस्रो लाग्दैन तर धेरै मानिसहरू यी भूपरिधिका संस्कृतिहरू’bout सम्झेर भावुक हुन्छन् । उनीहरूलाई आफ्ना जनावर (कसै कसैले अझै पनि उच्च भूभागमा रहेका घाँसे मैदानमा चौंरी गाई र भेँडा पाल्छन्)  छाड्नु परेकोमा र आफ्नो परम्परागत खाना पकाउने चुल्हो बाल्न परबाट ऊन किनेर ल्याउनु परेकोमा पछुतो लाग्ने गर्छ ।

हामीले साना तर विविधता भएका पारिस्थितिक प्रणालीहरूबाट के सिक्न सक्छौ ? पहिलो, माओको पालोमा र चीनमा सुधारका सुरुका दिनहरूमा चीन राज्यले स्रोत उत्खननका लागि थुप्रै परम्परागत भूपरिधिहरूको दोहन गरेको थियो । तर अहिले राज्यको नीति पुरै विपरीत दिशामा घुमेको छ हरेक मानव गतिविधिलाई यसले ‘प्रकृति विरोधी ठान्छ । दोस्रो, मानिस र अरू प्रजातिका जीवहरूसँगै प्रयोग गर्ने पारिस्थितिक प्रणालीहरू स्थिर हुँदैनन् । प्रजातिहरूको गणना र दस्तावेजिकरण गर्नु बाहेक व्यवस्थापकहरूले यी प्रजातिहरूलाई पारिस्थितिक प्रणालीहरूको विभिन्न समय र स्थानमा जोडिने अङ्गको रुपमा हर्न जरुरी छ र प्रजातिहरूको विविधतालाई प्रभाव पार्ने प्रक्रियाहरू सिर्जना गर्ने प्रक्रियाहरूका ’bout बुझ्नु पनि जरुरी छ ।

अन्त्यमा, विज्ञान एक किसिमको मात्रै हुँदैन । कहिलेकाहीँ परम्परागत ज्ञानले पनि सहि दिशा देखाउन सक्छ र धेरै अवसरहरूमा त अङ्कको लेखा जोखा गर्ने विज्ञानको परिपूरकको भूमिका निर्वाह गर्न सक्छ । कम्तीमा पनि ६,०० वर्षसम्म सफल र दिगो जीविकोपार्जनको सहायताले जीवित मानिसहरूलाई आफ्नो घरको ’boutमा त पक्कै थाहा होला ।

जेड डेल प्वाइम गेड क्यलिफोर्निया विश्वविद्यालयकी पुरातत्व विद् तथा एथ्नोबायोलोजिस्ट हुन् । उनको अध्ययन जलवायु र पर्यावरणीय परिवर्तनमा मानव समानुकूलनमा केन्द्रित छ ।

स्टेभान हारेल ले हालै मात्र वासिङ्टन विश्वविद्यालयबाट अवकाश पाएको हुन् । जाति र शिक्षामा रूचि भएका उनी ग्रामीण चीनका एथ्नोग्राफर हुन् ।

काएला हागमान वासिङ्टन विश्वविद्यालयसित आबद्ध पारिस्थितिक प्रणाली अध्येता हुन् । उनी इतिहासको सहयोगमा आगोको जोखिममा रहेका पारिस्थितिक प्रणालीहरूको व्यवस्थापन ’boutमा अध्ययन गर्छिन् ।

अमान्डा स्मिट ओबर्लिन कलेजकी भूगर्भ हुन् र उनको उनको रुचि मानव-भूपरिधि अन्तरक्रिया र संसारभरको भूक्षय नियन्त्रणमा छ ।

थमस हिङक्ली ले हालै वासिङ्टन विश्वविद्यालयबाट अवकाश पाए । पारिस्थिक प्रणालीका अध्येताका रुपमा उनी मानव जाति र पर्यावरणका ’boutमा अध्ययन गर्छन् ।

यो आलेख चाइना डाइलग डट नेट बाट साभार गरिएको हो ।

 

 

 

 

दक्षिण एसियामा बीआरआई कोइला प्लान्टहरूको स्थगनले उजागर गरेको जोखिम

$
0
0

इजिप्टमा प्रस्तावित ६.६ गि.वा क्षमताको हामरावेन कोइला उर्जा प्लान्ट माग भन्दा आपूर्ति बढी हुन जाने चिन्ता र नविकरणीय उर्जाको बढ्दो लोकप्रियताका कारण स्थगित गरिएको छ ।हामरावेन आयोजनाको प्रस्तावको नेतृत्व चीनको साङ्घाई इलेक्ट्रिक, डोङफाङ इलेक्ट्रिक र इजिप्ट हशन अल्लाम कन्स्ट्रक्सनको समूहले गरेको थियो ।

संसारकै सबैभन्दा दोस्रो ठूलो कोइला उर्जा प्लान्ट हुने बीआरआई अन्तर्गतको हामरावेन परियोजनाको अनिश्चितकालिन स्थगनले कोइला उर्जामा निर्भरता बढाउने योजना बनाइरहेका देशहरूलाई त्यसो नगर्न सहि समयमा चेतावनी दिएको छ ।

पाकिस्तान र बङ्गलादेशमा माग भन्दा आपूर्ति बढेर जाने आफ्नै चिन्ता छ । भइरहेकै प्लान्टहरू बन्द अवस्थामा भए पनि क्यापासिटी पेमेन्ट (प्लान्ट चले पनि वा नचले पनि तिर्नु पर्ने रकम) को भार बोक्नु परेका यी देशहरू चीनले बनाउने र लगानी गर्ने कोइला उर्जा प्लान्टहरूलाई अझै निरन्तरता दिने पक्षमा छन् ।

कोरोनाभाइरसका कारण सिर्जित आर्थिक मन्दीले उर्जाको माग घटाएको छ भने बीआरई देशहरूमा माग भन्दा बढि उर्जा उत्पादन हुने जोखिम बढ्दो छ । आर्थिक वर्ष २०१८-१९ मा बङ्गलादेशले आफ्नो जडित क्षमता को ४३ प्रतिशत उर्जा मात्र उपयोग गर्न सक्यो । सोही वर्ष उसले उर्जा उत्पादन बन्द गरेर बसेका प्लान्टहरूलाई क्यापासिटी पेमेन्ट स्वरुप १.१ अर्ब डलर तिर्यो ।

बङ्गलादेशको योजनामा रहेका बीआरआई कोइला प्लान्टहरू सबैले उर्जा उत्पादन गर्न थाले भने उसले बेहोर्नु पर्ने क्यापासिटी पेमेन्टको भार पनि बढेर जानेछ । चीनले लगानी गरेको र बनाएको पायरा कोइला प्लान्ट तयार हुने चरणमा छ र यसले उत्पादन गर्न थाले पछि यो बङ्गलादेशकै पहिलो बीआरआई कोइला प्लान्ट हुनेछ । तर एक परियोजनामा भएको ढिलाईका कारण प्लान्टलाई ग्रिडसित जोड्ने प्रशारण लाइनको क्षमता विस्तार भएको छैन । यसका कारण प्लान्टको १,२३० मेवा जडित क्षमता उर्जा प्रशारण लाइन को स्तरोन्नती नभए सम्म प्रयोग गर्न सकिने छैन तर मासिक १ करोड ९० लाख क्यापासिटी पेमेन्टको रुपमा तिर्नु पर्नेछ ।

प्रशारण लाइन निर्माणमा भइरहेको ढिलाई ’bout बङ्गलादेश उर्जा विकास बोर्डका अध्यक्ष भन्छन् , ‘यसो हुने हो भने, पायरा उर्जा प्लान्ट हाम्रा लागि भार मात्र हुनेछ र  सरकारले उर्जामा दिने गरेको अनुदान मात्र बढाउने छ ।’

अन्तराष्ट्रिय मुद्रा कोषले आफ्नो विश्व आर्थिक प्रक्षेपणमा बङ्गलादेशको कुल गाह्रस्थ उत्पादन वृद्धि दर सन् २०१९ को करिब ८ प्रतिशतबाट २०२० मा २ प्रतिशतमा झर्ने बताएको छ । आर्थिक वृद्धिमा कमी आउनुले उर्जाको मागमा समेत असर पर्नेछ ।अहिले नै माग भन्दा बढि उर्जा उत्पादन भइरहेको बङ्गलादेशमा चीनले निर्माण र लगानी गर्ने १४ गीगावाट क्षमताका प्लान्ट समेत गरेर २३ गीवा का नयाँ कोइला प्लान्ट बनाउने योजना छ ।

अन्तराष्ट्रिय मुद्रा कोषको प्रक्षेपणका अनुसार सन् २०२० मा पाकिस्तानको अर्थतन्त्रमा १.५ प्रतिशतको सङ्कुचन आउने छ र यसका कारण मागको वृद्धिदर सोचे भन्दा कम हुनेछ । यसका कारण माग भन्दा आपूर्ति बढी हुने स्थिति र उर्जा उत्पादकहरूलाई बुझाउनु पर्ने क्यापासिटी पमेन्टमा धान्न नसकिने गरि वृद्धि जस्ता समस्या उब्जिएका छन् ।

पाकिस्तान सरकारले कम ब्याजदर र लामो भुक्तानी अवधि पाइएमा लागत पूर्ति गर्ने क्यापासिटी पेमेन्टमा जाने रकम कटौती गर्न सकिने आशा गरेर चीनसित चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपेक) मा रहेका करिब ३० अर्ब डलर लागतका १२ गीवा उर्जा उत्पादन गर्ने प्लान्टहरूको निर्माणमा लागेको खर्च भुक्तानी गर्ने सर्तहरू केही खुकुलो गरिदिन भनेको छ । प्रधानमन्त्री इमरान खानले क्यापासिटि पेमेन्टमा हुने गरेको खर्च धान्न मुस्किल हुने चिन्ता व्यक्त गरेका छन् ।

बङ्गलादेशमा जस्तै पाकिस्तानमा पनि कोरोनाभाइरसको प्रकोप अगाडि चाहिने भन्दा बढी उर्जा उत्पादन क्षमता हुनुले समस्या निम्त्याएको थियो । माग शिथिल भएकाले डिसेम्बर २०१९ मा क्यापासिटी पेमेन्ट नपाउने वायु उर्जाका प्लान्टहरूको स्थापना कटौती गरेर कोइला र ग्यासलाई अघि सारिएको थियो । वायु उर्जा प्लान्टहरूलाई ‘सधैँ चल्नै पर्ने’ भनिए पनि यसो गरिएको थियो । चीनले नविकरणीय उर्जामा लगानी गरेको केही बीआरआई देशहरू मध्ये पाकिस्तान एक हो ।

पाकिस्तान र बङ्गलादेशमा बीआरआई कोइला उर्जा प्लान्टहरू धमाधम बढ्दै गए भने चाहिने भन्दा बढि उर्जा उत्पादन हुने र उर्जा उत्पादन क्षमताका लागि गर्नु पर्ने लगानीको वित्तीय भारसँग सम्बन्धित समस्याहरूलाई अझ चर्काउनेछ । अहिले नै चाहिए भन्दा बढी उर्जा उत्पादन भइरहेको र विश्व अर्थतन्त्र नै सिथिल भइरहेको अवस्थामा ठूला कोइला प्लान्टहरू भन्दा साना नविकरणीय उर्जा आयोजनाहरूले पहिले सोचिए भन्दा सुस्त रुपमा वृद्धि हुँदै गरेको माग पुरा गर्न सक्छन् ।

भारतले जस्तै नविकरणीय उर्जाको घट्दो मूल्यको फाइदा उठाउँदै पाकिस्तान र बङ्गलादेशले पनि उर्जा क्षमता विस्तारमा गर्नु पर्ने ठूलो खर्च र भविष्यमा जिवाश्म इन्धनको मूल्यमा हुने उतारचढाव बाट बच्न सक्छन् ।

बङ्गलादेशले हालै बीआरआई अन्तर्गतको ३५० मेगावाट क्षमताको गजारीया कोइला उर्जा केन्द्र रद्द गरेर त्यसको सट्टामा आफ्नो ग्रामिण प्रशारण पूर्वाधारमा भएको चुहावट घटाउन तर्फ लाग्यो । पाकिस्तानले सन् २०१९ को सुरु तिर १,३२० मेगावाट को सिपेक कोइला उर्जा प्लान्ट स्थगित गरेको थियो ।

यदि सरकारहरूले आफूले नविकरणिय उर्जालाई प्राथमिकता दिएको कुरा सक्रिय रुपमा चीन समक्ष राखे भने प्रस्तावित चिनियाँ लगानीका नचाहिँदा नयाँ कोइला उर्जा प्लान्ट बनाउने प्रस्तावहरू ’bout एउटा लचिलो दृष्टिकोण निर्माण गर्न सम्भव हुने छ ।

उता चीन भने विदेशमा कोइलाबाट चल्ने उर्जा प्लान्टहरूमा लगानी गर्ने अन्तिम देशको रुपमा चिनिन थालेको छ । ऐतिहासिक रुपमा नै विकासशील देशहरूमा कोइला उर्जा प्रवर्तन गर्ने गरेको दक्षिण कोरियाले आफ्नो ‘नयाँ हरित सम्झौता’ अन्तर्गत यस्तो काम छोड्न चाहेको देखिन्छ । जापान पनि त्यसै गर्ने दवाबमा छ ।

कोरोना भाइरस महामारीले चीनले विकासशील देशहरूको कोइलाबाट निकालिने उर्जामा गरेको लगानीको मुद्दालाई अगाडि सारेको छ ।  चाहिने भन्दा बढि उर्जा उत्पादन हुने अवस्था र र हालै देखिएको नविकरणिय उर्जा तर्फको सङ्क्रमणको हेक्का राख्दै ठूलो स्तरको हामरावेइन कोइला उर्जा प्रस्ताव रद्द गरिएको थियो । पाकिस्तान र बङ्गलादेश जस्ता बीआरआई आयोजनामा अग्रसर देशहरूमा सीभीएक्स पावर सिस्टममा देखिएको अधिक क्षमता र गहिरिदो वित्तीय सङ्कट हुने नदिने हो भने अरू थप प्लान्ट बनाउने प्रस्तावहरू स्थगित गर्नु पर्ने हुन्छ ।

साइमन निकोलास इनस्टिच्युट फर इनर्जी इकोनोमिकस एण्ड फाइनान्सियल एनालिसिसका वित्तीय विश्लेषक हुन् । यो आलेख चाइनाडाइलग डट नेटबाट साभार गरिएको हो ।

 

पूर्वोत्तर भारतमा सुँगुरमा स्वाइन फ्लू महामारी

$
0
0

संसारकै ठूलो नदी टापु मजुलीको ’round बग्ने अन्तर्देशीय नदी ब्रह्मपुत्रमा डुङ्गा चलाउँदै गर्दा मुक्ति डोले र उनका तीन साथीहरूले आफ्नो अनुहार छोपेका छन् । तुलनात्मक रुपमा विकट मानिने भारतको पूर्वोत्तर राज्य असमसहित धेरै ठाउँहरूमा मानिसहरूले कोभिड-१९ का कारण मास्क लगाएको देखिन्छ । तर यी माझीहरूले भने अर्कै कारण मुख छोपेका हुन् । उनीहरूले नदीको तट नजिकै पलाएको जलकुम्भीमा फसेका र सडेका मृत सुँगुरहरूको गन्धबाट बच्न मास्क लगाएका हुन् ।

माछा मार्नुको सट्टा डोले र उनका अरू माझी साथीहरू मृत सुँगुरहरू नदीले बगाएर लगोस् भनेर जलकुम्भी हटाउनमा व्यस्त छन् ।

चीनको तिब्बतबाट आउने ब्रह्मपुत्र नदीमा बगेर आएका सङक्रमित मृत सुँगुरहरूबाट फेब्रुअरीमा सरेको अनुमान गरिएको अफ्रिकी स्वाइन फ्लू महामारीले धेमाजी र लखिमपुर जिल्लाहरूमा सुँगुरलाइ सोत्तर बनाएको छ । धेमाजी जिल्लाका ताङ्गोनी, सिमेन, चपोरी, तेलम र जोनाई इलाकाहरूमा सबै भन्दा धेरै सङ्ख्यामा परम्परागत रुपमा पालिएका सुँगुरहरू मरेका छन् ।

अप्रिल २५ मा लखिमपुर जिल्लाको रङ्गानदीमा देखिएको एक मृत सुँगुर । (फोटोः फरहाना अहमद)

विस लाख सुँगुर  र करिब भारू ८० अर्ब-१ खर्ब बराबरको वार्षिक सुँगुर व्यापार हुने असममा १३,००० भन्दा बढी सुँगुर मारिसकेको छ ।

ब्रह्मपुत्रको तटमा हजारौं मृत सुँगुरहरू तैरिरहेका छन् । सुबन्सरी, रङ्गानदी, दिक्रोङ, जियाधल, सिसि-तोङ्गानी, चारीकोदिया, गाईनदी तथा सिमेन जस्ता सहायक नदीहरूमा बग्ने मृत सुँगुरहरू करिब १०० किमी तल पर्ने जोरहाटसम्म पुग्ने गरेका छन् । कुनै कुनै त ३०० किमी तल पर्ने तेजपुर सम्म पनि पुगेका छन् ।

नदीमा बग्ने गरेका मृत सुँगुरहरूले ब्रह्मपुत्र उपत्यकाका धेरै भागहरूमा तनाव सिर्जना गरेको छ । डोले र उनका साथीहरूले माछा मारिनै हालेछन् भने पनि सड्दै गरेको मृत जनावरले माछामा पनि विषादी फैलिएको हुनसक्ने डरका कारण त्यसलाई कसैले किन्ने छैन । सुँगुरको मासु उद्योगलाई यो रोगले असर गरेको त छ नै, मृत जनावरहरूको अव्यवस्थित रुपमा नदीमा गरिने विसर्जनका कारण जैविक विविधतामा धनी नदीहरूमा पनि नराम्रो असर परेको छ । नदीमा रहेका जलचर र नदीको तटमा चर्ने गाईवस्तुका लागि पनि मृत जनावरहरू हानिकारक छन् । अफ्रिकी स्वाइन फ्लूले मानिसमा असर देखाउँदैन ।

नयाँ किसिमको स्वाइन फ्लू

पहिला जनावरहरूको आँखाबाट एक किसिमको पानी बग्छ, त्यसपछि ज्वरो आउँछ र खाना रुच्दैन । अनि जनावर मर्छ,’ २५ वटा जनावर गुमाइसकेका धेमाजीको जोनाई सब डिभिजनमा पर्ने लाईमेकुरी गाउँका सुँगुर कृषक जोगेन ताइडले भने । हामीले सुँगुरमा यस्तो खालको समस्या पहिले कहिल्यै देखेका थिएनौँ ।

अप्रिल २७ मा लखिमपुर जिल्लाको सुबन्सरी नदीको तटमा पर्ने गोगामुखमा देखिएको एउटा रोग ग्रस्त सुँगुर । (फोटोः फरहाना अहमद)

रोगका लक्षणहरूमा अत्यधिक ज्वरो आउनु, बेहोस हुनु, स्वासप्रस्वासमा समस्या आउनु, बान्ता आउनु, पखाला लाग्नु, खाना नरुच्नु, र कान, मुख, खुट्टा, कम्मर र तिघ्राबीचको भाग तिर रातो फोका देखिनु आदि प्रमुख छन् । लक्षण देखिन थालेको २-७ दिन भित्र सुँगुर मर्छ,’ सुँगुर पालेका रमेश कुलीले बताए ।

सिमेन चपोरीका अर्का सुँगुर कृषक फिरोज डोलेले स्वतन्त्र रुपमा हिँडडुल गर्ने र जे पनि खाने जनावरहरू भन्दा थुनुवा जनावरहरूमा मृत्यु दर तुलनात्मक रुपमा कम रहेको बताए ।

महामारी देखिनासाथ असम सरकारको पशु पालन तथा पशु स्वास्थ्य विभागले सुँगुरहरूलाई यस क्षेत्रमा देखिने परम्परागत स्वाइन फ्लू वा झाडापखालाको खोप दिएको थियो । तर खोप लगाएका जनावरहरू बिरामी भएर मर्न थाले पछि, विभागले अप्रिल २९ मा जनावरहरूको रगतको नमुना भोपालमा रेहको राष्ट्रिय उच्च सुरक्षा पशु रोग संस्थानमा पठाएको थियो ।

मे १ मा आएको नतिजाले असम र छिमेकी राज्य अरुणाञ्चलमा सुँगुरहरूमा अफ्रिकी स्वाइन फ्लूको प्रकोप रेहको पुष्टि गरेको थियो । भारतमा यो रोग देखिएको पहिलो पटक हो ।

विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार, अफ्रिकी स्वाइन फ्लू एउटा यस्तो सङ्क्रामक भाइरल रोग हो जसले घर पालुवा र जङ्गली सुँगुर दुवैलाई असर गर्छ । अस्फारभिराडे परिवारको एउटा  डिएनए भाइरसका कारण लाग्ने रोग ओर्निथोडोरोस प्रजातिका कीरामा पनि देखिन्छ । रोग जीवित वा मृत, घर पालुवा वा जङ्गली सुँगुर र यीनका मासुबाट सर्छ, सङ्गठनले भनेको छ । उच्च प्रतिरोधी क्षमता भएकाले सङ्क्रमित खुराक र जुत्ता, लुगा, गाडी, चक्कु र अन्य उपकरण जस्ता निर्जीव वस्तुका कारण पनि यो रोग सर्ने देखिएको छ । यो रोगका विरुद्ध कुनै स्वीकृत खोप छैन ।

पूर्वी र दक्षिण पूर्वी एसियामा स्वाइन फ्लूको कहर

संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संस्थाले सन् २०१८ देखि नै एसियामा अफ्रिकी स्वाइन फ्लूको अनुगमन गर्दै आएको छ । अगस्ट २०१८ मा चीनमा पहिलो पटक देखिए पछि देशमा ११ लाख २० हजार सुँगुर मारिएको छ । रोग मङ्गोलिया, भियतनाम, लाओस्, म्यानमार, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, पूर्वी टिमोर र इन्डोनेसियासम्म फैलिसकेको छ ।

अफ्रिकी स्वाइन फ्लूलाई अभूतपूर्व अन्तराष्ट्रिय खतराखाद्य सुरक्षा र वन्यजन्तु व्यवस्थापन तथा संरक्षणका लागि गम्भीर चुनौतीका रुपमा व्याख्या गर्दै राष्ट्र संघिय खाद्य तथा कृषि सङ्गठनले सेप्टेम्बर महिनामा प्रभावित देशहरूका प्रतिनिधिहरू सम्मिलित एउटा सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । त्यो बेला भारत प्रभावित देशहरू मध्ये पर्दैनथ्यो ।

स्वाइन फ्लू भाइरस लामो समयसम्म बाँच्न सक्छ र यसका कारण यो चाँडै फैलिन सक्छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार सुँगुरको मासुमा यो भाइरस महिनौँसम्म सङ्क्रामक अवस्थामा रहन्छ भने चिसोमा जमाइएको मासुमा १ हजार दिनसम्म बस्न सक्छ । भाइरसलाई लामो र छोटो दुरीमा फैलाउनुमा मानिसहरूको प्रमुख भूमिका रहको सङ्गठनले जनाएको छ ।

जून १०, २०१९ मा भारतको केन्द्रीय कृषि मन्त्रालयले सबै राज्य सरकारहरूलाई अफ्रिकी स्वाइन फ्लू’bout चेतावनी पठाएको थियो । जिउँदो सुँगुर र यसको मासुका प्रोडक्टहरूको भारत र उसका छिमेकी देशहरूबाट ओसारपसार हुने गरेकाले अफ्रिकी स्वाइन फ्लू भारतका लागि चिन्ताको विषय हो, मन्त्रालयले आफ्नो चेतावनीमा भनेको थियो । भारतका राज्यहरू आफ्नो क्षेत्रमा जीवित सुँगुर र मासुको  ओसारपसार गर्दा सजग रहनु पर्छ, मन्त्रालयले भनेको थियो । यस सन्दर्भमा विशेष गरी पूर्वोत्तर भारतसहितका सीमा क्षेत्रमा बस्ने मानिसहरूमा जनचेतना फैलाउन जरुरी छ, मन्त्रालयको कथन थियो ।

चीनसितको सम्बन्ध

धेमाजीका केही बासिन्दाहरूले भारत-चीन सीमामा काम गर्दै गर्दा फेब्रुअरीमा नै तिब्बतमा फैलिएको महामारीका ’bout सुनेका थिए । उनीहरूलाई चीनबाट भारत तर्फ बग्ने ब्रह्मपुत्र नदीको मुख्य सहायक नदी सियाङमा मृत सुँगुर तैरिरहको बताईएको थियो । ब्रह्मपुत्रका धेरै जसो उत्तरी सहायक नदीहरूको उद्गम थलो पनि तिब्बतमै पर्दछ । सियाङमा मृत सुँगुर देखिएको केही दिन भित्रै अरुणाञ्चल प्रदेश र असममा अफ्रिकी स्वाइनफ्लूको महामारी देखा परिसकेको थियो ।

अरुणाञ्चल प्रदेशको पूर्वी सियाङ जिल्लामा पर्ने सिल्ले नदीको माथिल्लो पर्वत श्रेणीमा रहेको लिदोर सोयित जस्ता क्षेत्रमा जङ्गली बङ्गुरको मृत्युका रिपोर्टहरू आउन थाले पछि अन्तर्देशीय नदीको माध्यमबाट रोग सरेको हुन सक्ने अनुमानलाई थप बल पुगेको थियो । रिपोर्ट मे १४ मा आएको थियो ।

अफ्रीकी स्वाइन फ्लू जङ्गली बङ्गुर र उनीहरूमा पर्ने एक प्रकारको जुम्राका कारण पनि फैलिन सक्छ । जङ्गली बङ्गुरहरूको माध्यमबाट सङ्क्रमण फैलिएको पनि हुन सक्छ ।

काजीरङ्गाका लागि खतरा

लिदोर सोइतमा देखिएको सङक्रमणका कारण विश्व प्रसिद्ध एक सिङ्गे गैँडा पाइने काजिरङ्गा राष्ट्रिय निकुञ्जका जङ्गली बङ्गुरहरु खतरामा परेका छन् । ब्रह्मपुत्र निकुञ्ज भएर बग्छ । निकुञ्जको अगोरातिली क्षेत्र वर परका अधिकांश परिवारहरूले सुँगुर पालेका छन् र जङ्गली बङ्गुरहरू यहाँ आवत जावत गर्छन् । बङ्गुरहरूलाई सुँगुरहरूबाट अलग राख्न निकुञ्जका अधिकारीहरूले निकुञ्ज ’round २ किमी लामो र २ मी गहिरो सुरुङ खनेका छन् ।

विचारः भारतले कि हरित नीति अपनाउनुपर्छ कि कष्ट भोग्नु पर्छ

$
0
0

कोभिड-१९ महामारीसित जुधिरहेको देशमाथि पूर्वबाट चक्रवातको र पश्चिमबाट सलहको आक्रमण होला भनेर तीन महिना अघिसम्म कसैले भनेको भए यसलाई हुनै नसक्ने भनेर नकारिन्थ्यो होला । तल अहिले आएर यही नै भारतको वास्तविकता भएको छ ।

भारतका उत्तरी, पश्चिमी र मध्य भूभागमा तापक्रम ४५ डी से नाघ्दै गर्दा हजारौं आप्रवासी कामदारहरू अझै गरिवीले प्रताडितहरु आफ्ना गाउँ तिर लाग्दै छन् । लकडाउनले कोरोनाभाइरस फैलिनबाट रोक्न सक्छ भन्ने सिद्ध भएको छैन । तर विना कुनै योजना लादिएको यस्तो लडकडाउनको सिकार आप्रवासी कामदारहरू भएका छन् । मानिसहरू ठूलो जमातमा गाउँ फर्कँदै छन् र यो भारतको इतिहास कै सबैभन्दा ठूलो स्तरको अस्वेच्छिक बसाईसराई हुन सक्ने आंकलन गरिएको छ । सरकारले देशको सर्वोच्च अदालतलाई दिएको जवाफ अनुसार देशभरका क्वारेन्टिन केन्द्रमा मात्रै ८ करोड मानिस बसिरहेका छन् । त्यो भन्दा धेरै मानिसहरू यस्ता केन्द्र बाहिर पनि छन् । यस्तो स्तरको विपद् आइरहँदा सरकार भने यस्तो बहुआयामिक समस्याको जरोमा रहेका क्षेत्रका उद्योगहरूलाई नै प्रोत्साहन दिँदैछ ।

रोगका कारकहरू

संसार हालको अवस्थासम्म आइपुग्नुमा षडयन्त्रको गन्ध भेट्टाउनेहरूले नमान्लान् तर कोभिड-१९ भाइरस एक वा एक भन्दा धेरै जनावरहरूबाट मानिसमा सरेको कुरा स्पष्ट छ । हामीले यी जनावरहरूको वासस्थान रहेका वन जङ्लहरू मास्दैछौँ र कपोलकल्पित औषधिका लागि उनीहरूको सिकार पनि गर्दैछौँ । आफ्नो बसोवास गुमाएका जनावरहरू हाम्रो सामीप्यमा आउन बाध्य भएका छन् । वर्षौँ देखि विशेषज्ञहरूले जनावरहरूको वासस्थानमा आएको ह्रासले पशुजन्य रोग फैल्याउने बताउँदै आएका थिए । कोभिड-१९ त्यस्तै पशुजन्य रोग मध्येको एक हो ।

मे २० मा पूर्वी भारत र दक्षिण पश्चिम बङ्गलादेशलाई तहसनहस पार्ने गरी आएको चक्रवात अम्पुनलाई सुरुमा एउटा सामान्य चक्रवातको रुपमा हेरिएको थियो । तर जलवायु परिवर्तनका कारण बङ्गालको खाडीको तापक्रम हालसम्मकै उच्च विन्दुमा पुगेका कारण अम्पुन एउटा महाचक्रवातमा परिणत भएको कुरा अझ स्पष्ट छ ।

जलवायु परिवर्तनकै अर्को असरको रुपमा हेरिएको बेमौसमी वर्षाका कारण पूर्वोत्तर अफ्रिका र दक्षिणी यमनमा सलहहरू (एक प्रकारका शत्रु कीरा) पहिले भन्दा ठूलो सङ्ख्यामा प्रजनन गर्दैछन् ।पूर्वी अफ्रिका, अरबी प्रायद्विप, इरान र पाकिस्तानका खेतहरू सखाप पारिसकेका सलहका झुण्डहरूले पश्चिम र मध्य भारतका तीन राज्यहरूमा आक्रमण सुरु गरिसकेका छन् । यो झुण्ड २६ वर्ष यता कै सबैभन्दा ठूलो हो ।

आगोमा घ्यू थपिँदै

धेरै किसिमका प्रकोपहरू एकैसाथ आइ परे के गर्ने ? भन्ने प्रश्नको जवाफमा दुई वटा विकल्प देखिन्छन् । पहिलो – वन क्षेत्र को संरक्षण गर्दै जैविक विविधताको जगेर्ना गर्ने । दोस्रो – लकडाउन पछि उर्जा उत्पादन, पारवहन र उद्योगलाई आक्रामक रुपमा हरित तुल्याउने र जलवायु परिवर्तनका कारक ग्याँसहरूको उत्सर्जन घटाउने ।

भारत सरकारले भने यी विकल्पहरू भन्दा विपरितका काम गरेको छ । लकडाउनको मौका छोपेर सरकारले ‘विकास’को गति सुस्त भयो भन्ने बहानामा वातावरण संरक्षण सम्बन्धी सबै कानुनहरूलाई कमजोर बनाएको छ । वातावरण मन्त्रालयले चाहे जस्तो व्यवस्था हुने हो भने एउटा उद्योगले आफ्नो प्रदूषण कम गर्न चाल्नु पर्ने वाध्यात्मक कदमहरू कम भएर जानेछन् भने उद्योगीले आफूले रोजेको निरिक्षक खटाएर पहिले नै कमजोर बनाइ सकिएको कानुन कार्यान्वयन भएको छ कि छैन भनेर जाँच गराउन पाउनेछन् ।

भारतको केन्द्रमा शासन गर्ने भारतीय जनता पार्टी सन् २०१४ मा सत्तामा आए पछि ठूला वन क्षेत्रहरू बाँध तथा सडकहरू बनाउनका लागि दिइएको छ । आफ्नो विस्तृत रिपोर्टमा डाटा समाचार पोर्टल इन्डिया स्पेन्ड भन्छ, सन् २०१४ देखी हालसम्म भारतका संरक्षित क्षेत्र ’round २७० विकास परियोजनाहरूले स्वीकृती पाएका छन् । अहिले आएर सरकारले कम्पनीहरूलाई वन क्षेत्र भित्र तेल तथा कोइला उत्खनन गर्न समेत अनुमति दिएको छ ।

कालो स्टिमुलस

लकडाउन पश्चात्को आर्थिक गतिविधि प्रवर्द्धन गर्ने योजना (स्टिमुलस) अन्तर्गत सरकाले निजी कम्पनीहरूलाई कोइलाको खोज गर्न र उत्खनन गर्ने अनुमति दिएको छ । शौर्य उर्जा र यसको भण्डारण सस्तो हुँदै गर्दा भारत भने अझै कोइलाबाट बिजुली निकाल्नमा तल्लीन छ । हरित उर्जा उत्पादन सम्बन्धमा अन्तराष्ट्रिय नविकरणिय उर्जा संस्थाले आफ्नो अन्तराष्ट्रिय नविकरणिय अवधारणामा एउटा विस्तृत मार्ग चित्र प्रस्तुत गरेको छ, तर सरकारमा रहेका कसैले पनि यस ’boutमा केही गरेको पाइएको छैन ।

टाटा पावरका प्रमुख कार्यकारी अधिकृत प्रभिर सिन्हा भन्छन्, “आजको वातावरणमा कोइला क्षमताको कुरा गर्नु उपयुक्त छैन … अहिले कुनै पनि नयाँ कोइला प्लान्टलाई आफ्नो पुरा जीवन चक्र पुरा गर्ने समय नै छैन र आर्थिक वृद्धि दर सुस्ताएका कारण अहिले नै हामीसित चाहिने भन्दा बढी जडित क्षमता छ । निर्माणको सुरुवाती चरणमा रहेका कोइला प्लान्टहरूमाथि पुनः विचार गरिनुपर्छ… आर्थिक प्रोत्साहनका प्याकेज लिने राज्यहरूले हरित उर्जा परियोजनाहरू प्रति पूर्वाग्रह नराखून् भन्ने पनि केन्द्र सरकारले सुनिश्चित गर्नु पर्दछ ।”

बाँधहरू उर्जाको माग उच्च रहने चार घण्टाका लागि सञ्चालन गर्दा मात्रै नाफा कमाउने हुने अवस्थामा पुगेका छन् । तर भारत भने थप नयाँ बाँधहरू बनाउने योजना बनाइरहेको छ । प्रस्तावित अधिकांश बाँधहरू हिमालयमा, वनभित्र, प्रचुर जैविक विविधता भएका ठाउँमा र संवेदनशील पारिस्थितिक प्रणाली भएका क्षेत्रमा पर्दछन् । यस्ता बाँधहरूले आफ्नो ’roundको वातावरणलाई त असर गर्छन् नै, तिनले पुरै उत्तर, पूर्व र पूर्वोत्तर भारतको पानीको आपूर्तिमा व्यवस्थामा नै असर पार्ने छन् । जलवायु परिवर्तनका कारण पानीको आपूर्ति अनियमित भइसकेको स्थितिमा यसले समस्यालाई झनै विकराल बनाउनेछ ।

अल्पकालीन सोचले पुर्याएको हानी

यस्तो खालको तात्कालिक नाफा मात्रै हेर्ने र बलियो र दिगो अर्थतन्त्र निर्माणतर्फ ध्यान नपुर्याउने अल्पकालिक सोच देशका नीति निर्माताहरू माझ व्याप्त छ । यस्तो सोचले र यसले पार्ने सक्ने नकारात्मक प्रभाव भारतले गरेको महामारीको व्यवस्थापनबाट स्पष्ट देखिएको छ । विशेष गरी लाखौँ आप्रवासी कामदारहरू आफ्ना काम बाट निकालिने छन् र लकडाउनका बाबजुद उनीहरू आफ्ना गाउँतिर लाग्नेछन् भन्ने कुराको पूर्वानुमान गर्न नसक्ने सरकारले महामारी सित जुध्ने कस्तो तयारी गरेको थियो भन्ने दर्साउँछ ।

सरकारसित लकडाउनका लागि कुनै योजना थिएन भन्ने कुराको अर्को उदाहरण हो लकडाउन विभिन्न चरणमा खोलिँदा भएका दु्र्घटनाहरू । एउटा चरणको लकडाउन सकिएर अर्को सुरु हुँदै गर्दा सरकारले हप्तौँसम्म बन्द बसेका औद्योगिक मेसिनरीले काम गरेको छ कि छैन भनेर जाँच गर्ने समय पनि दिएन । यसका कारण लकाउन आंशिक रुपमा खुलेको पहिलो दिन मै थुप्रै दुर्घटना घटे । आन्ध्र प्रदेशमा पर्ने विशाखापटनम शहरमा रहेको एउटा फ्याक्टरीमा स्टेरिन नाम गरेको एउटा विषाक्त ग्यास लिक हुँदा १२ जना मारिए र ग्याँस ’roundका क्षेत्रमा समेत फैलियो । त्यसै दिन छत्तिसगढ राज्यको रायगढमा पुनः सञ्चालन गर्न लागिएको कागज मिल मा आगो लाग्यो । त्यस्तै तमिलनाडूमा पर्ने एनएलसी (पहिले नेयभेली लिगनाइन कर्पोरेसन भनेर चिनिने)को बोइलर पड्कियो र आठ जना गम्भीर घाइते भए ।

यी घटनाहरू घटिसकेपछि मात्रै भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले एक हप्ता लगाएर चरणवद्ध रुपमा उद्योगहरू खोल्ने विधि अपनायो । यसो हुँदै गर्दा सत्तामा रहेको भारतीय जनता पार्टी शासित उत्तर प्रदेश, गुजरात र मध्य प्रदेश र विपक्षी दल शासित राजस्थान जस्ता राज्यहरूमा श्रम कानुन निलम्बन गरियो । मजदुर युनियनहरूको दवाबमा कुनै कुनै प्रदेशमा हालैका दिनहरूमा ती कानुनहरूको पुनःस्थापना गरिए पनि अन्यत्र भने त्यस्ता कानुनहरू कार्यान्वयनमा ल्याइएको छ ।

त्यस्तै लकडाउन एउटा चरणबाट अर्कोमा प्रवेश गर्दै गर्दा, जडित क्षमताको ५२ प्रतिशत मात्रै उर्जा उत्पादन गर्दै आएका भारतका दुई ठूला कोइला प्लान्टहरूले अहिले आएर आफ्नो पूर्ण क्षमता बराबरको उर्जा उत्पादन गर्दैछन् । भारतका सरकारी थर्मल पावर प्लान्टहरूले आफूसित प्रदूषण नियन्त्रण गर्ने उपकरण जडान गर्ने पैसा नभएको बताएर त्यस्तो उपकरण जडान गर्ने म्याद थप्दै आएका छन् । गत वर्ष नै प्रदूषण नियन्त्रण उपकरण जडान गरिसक्नु पर्ने प्लान्टका सञ्चालकहरू मध्ये कसैकसैले बडो आत्मविश्वासको प्रदर्शन गर्दै महामारीका कारण आफूले प्रदूषणका मापदण्ड पुरा गर्न नसकेको बताएका छन् ।

यी सबै कुरा हेर्दा के लाग्छ भने अर्थतन्त्र जुन पारिस्थितिक प्रणालीमा निर्भर छ त्यसैमा भरमग्दुर प्रयास गरेर हमला गरिँदैछ । तर यो सहि तरिका होइन भनेर भन्दा नेता तथा वरिष्ठ कर्मचारीहरू चिढिएको सङ्केत दिँदै कुम उचाल्छन् । तपाईँले देख्नु भएको छैन लाखौँ आप्रवासी मजदुरहरूले जागिर गुमाएका छन्, उनीहरू भन्छन् । लाखौँ मानिसलाई जीविकोपार्जन दिलाउनका लागि भए पनि फ्याक्ट्रीहरू र पूर्वाधार तथा आवास परियोजनाहरू पुनः सञ्चालन गरिनुपर्छ, उनीहरू भन्छन् । उनीहरू ‘हरित स्टिमुलस’ को नाम नै सुन्न चाहन्नन् ।

नीति निर्माताहरूको यस्ता भाषणहरूलाई औद्योगिक संस्थाहरू र थुप्रै थिङ्क ट्याङ्कहरूले तालीको गनगनाहटले यसरी स्वागत गर्छन् कि यस्ता कदमहरूको विकल्पहरूका ’boutमा गरिएको चर्चा कसैले सुन्दैन।

नयाँ अवसर

हरित स्टिमुलसलाई एउटा अबोध प्रस्तावको रुपमा हेरिने गरिएको छ । तर के हरित स्टिमुलस त्यस्तो हो त ?

कि लकडाउन खुकुलो बनाउने भारतको नीति यति खतरनाक र अदूरदर्शी छ कि यसले अबको दश वर्ष भन्दा कम समयमा देशमा काम नलाग्ने भौतिक सम्पत्ति, प्रदूषित आकाश, पिउन अयोग्य पानी र विषाक्त माटो मात्रै छोडेर जानेछ ?

हामीले अपनाएको आर्थिक मोडलको मौलिक समस्या के हो भने कुनै पनि योजना वा परियोजनालाई स्वीकृती प्रदान गर्दा ती योजना तथा परियोजनाहरूका कारण स्वास्थ्य र वातावरणसम्बन्धि क्षेत्रहरूले चुकाउनु पर्ने मूल्यको लेखा जोखा गरिँदैन । कोभिड-१९ ले यस्तो दृष्टिकोण कति अदूरदर्शी छ भन्ने छर्लङ्ग पारिदिएको छ । अन्तराष्ट्रिय नविकरणिय उर्जा संस्था जस्ता संस्थाहरूले भने न्यून कार्बन उत्सर्जन गर्ने परियोजनाहरूमा गरिने लगानीले कार्बन उत्सर्जन गर्ने परियोजनाहरूमा गरिने लगानीको तुलनामा स्वास्थ्य र वातावरण सम्बन्धी मूल्य ८ गुणा कम हुने देखाएको छ ।

अर्थशास्त्रमा नोबेल पुरस्कार जितिसकेका जोसेफ स्टिगलिच र अग्रणी जलवायु अर्थशास्त्री निकोलास स्टर्नले आफ्नो अध्ययनमा के पाएका छन् भने नयाँ हरित परियोजनाहरूमा गरिने हरेक १ डलर बराबरको लगानीले जैविक इन्धनमा आधारित परियोजनाहरूको तुलनामा दुई गुणा बढी रोजगारीको सिर्जना गर्दछ ।

एउटा हरित उर्जा आयोगको रुपमा काम गर्ने संस्थाहरूको समूहले लकडाउन पछि अपनाइने आर्थिक प्रोत्साहन कार्यक्रमलाई कसरी हरित बनाउने भनेर एउटा विस्तृत मार्ग चित्र नै प्रस्तुत गरेको छ । मार्ग चित्रका प्रमुख सुझावहरू यस्ता छन्ः

  • नविकरणिय उर्जा प्रणालीहरूमा व्यापक लगानी गर्ने
  • जैविक उर्जामा आधारित उद्योगहरूलाई हरित उर्जामा परिवर्तन गर्ने गतिलाई बढाउने
  • कार्बनको मूल्यलाई घट्न नदिने

देशमा यस्ता योजनाहरूको कमी छैन । भारत सहित संसारका ठूला २० अर्थतन्त्रका अर्थ मन्त्रीहरूले कोभिड-१९ का कारण जारी गरिएको लकडाउन पश्चात् ‘पर्यावरणीय दृष्टिकोणले दिगो आर्थिक पुनः उत्थान’ मा ध्यान केन्द्रित गर्ने बताएका छन् । तर भारतको आर्थिक प्रोत्साहन प्याकेजमा यस्तो प्रतिबद्धताको कुनै झल्को देखिन्न ।

गाउँमा आएको बदलाव

सरकारका अगाडि रहेका ठूला समस्याहरू मध्येको एक हो आफ्नो घर फर्किसकेका लाखौँ आप्रवासी कामदारहरूलाई रोजगारी दिलाउनु । सरकारले उसित अहिले उपलब्ध विकल्प महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगारी ऐन अन्तर्गतका कार्यक्रमहरूमा सबैलाई समेट्न खोजेको छ । तर थुप्रै मानिसहरूलाई यो योजना अन्तर्गत काम दिने हो भने उपलब्ध कार्यक्रमहरूको सङ्ख्या उल्लेख्य रुपमा बढाउनु पर्नेछ । माटोको गुणस्तर सुधार र भूमिगत पानीको सञ्चयमा केन्द्रित जलाधार क्षेत्रहरूको विकास कार्यक्रम यसको पहिलो विकल्प हुन सक्छ । यसका लागी जलाधार संस्था कोष को संयोजकत्वमा महाराष्ट्रको अहमदनगर जिल्लाको भोजदारीमा गरिएको कामलाई राम्रो उदाहरणका रुपमा लिन सकिन्छ । यस्तो खालको कार्यक्रमलाई स्थानीय परिस्थिति अनुकूल ढालेर वृहत् रुपमा लागू गर्न सकिन्छ ।

भारतमा पहिलो चरणको बन्दाबन्दी चलिरहँदा देखिएको सफा हावाले धेरैलाई चकित पारेको थियो । केही मानिसहरूले त व्यङ्ग्य गर्दै आफूले हिमाल हेर्न पाइराख्न औद्योगिकरण पूर्वको समयमा फिर्ता जान चाहेको बताएका थिए । उनीहरूलाई उद्योगहरू बन्द भएका कारण धेरै मानिस भोकै छन् भन्ने कुराको हेक्का रहेन । यस्ता तर्कहरूले औद्योगिक युग पश्चातका ’boutमा हुने बहसलाई मोड्ने काम गरेको छ । खासमा  औद्योगिक युग पश्चातको समयका द्योतक भनेका हामीले प्रयोग गर्ने घरेलु सुविधाका उपकरणहरू मात्र होइनन्, स्वच्छ हावा, पानी र माटो अनि स्वस्थ्य जनता पनि हो । त्यसैले यो छलफललाई पनि सहि दिशा दिन जरुरी छ ।

 

 

 

Viewing all 314 articles
Browse latest View live


Latest Images